करुणा अस्पताल बुढानिलकण्ठ द्वारा महाराजगंज प्रहरी वृत्तलाइ व्यक्तिगत सुरक्षा सामग्री (PPE) प्रदान

करुणा अस्पताल बुढानिलकण्ठ द्वारा महाराजगंज प्रहरी वृत्तलाइ व्यक्तिगत सुरक्षा सामग्री (PPE) प्रदान

कपन अनलाइन 

काठमाडौं,बैशाख ४ ।कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न स्वास्थ्यकर्मी सँगै सुरक्षाकर्मी फ्रन्टलाइनमा खटिएका छन् । सरकारले घोषणा गरेको लकडाउन कार्यान्वयमा नेपाल प्रहरी अग्रपङ्तिमा छन् ।

सुरक्षाकर्मीहरु व्यक्तिगत सुरक्षा उपकरणको नाममा सर्जिकल मास्क समेत नलगाई कार्यक्षेत्रमा खटिएका छन्। भोक, तिर्खाको समेत पर्वाह गरी नागरिकको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुको स्वास्थ्य उच्च जोखिममा रहन्छ। सोहि जोखिमलाइ ध्यानमा राखेर लकडाउनको शुरुवात देखि नै बूढानीलकण्ठ नगरपालिका वडा १३ मा रहेको करुणा अस्पतालद्वारा नगरपालिका तथा अन्य अत्यावश्यक व्यक्तिहरुलाई ब्यक्तिगत सुरक्षा सामग्री Personal Protective Equipment (PPE) को व्यवस्था गर्दै आएको छ।

सोहि अनुरुप महाराजगञ्ज स्थित प्रहरी वृत्त तथा त्यस स्थानमा सुरक्षाका लागि खटिइरहेका सुरक्षाकर्मीहरुका लागि पनि करुणा अस्पतालद्वारा PPE प्रदान गरेको छ। सो वृत्तको आवश्यकताका अनुसार विशेष गरि २ जना सुरक्षाकर्मीहरुका लागि PPE प्रदान गरिएको  सरोज श्रेष्ठले कपन अनलाइन लाइ  जानकारी दिएका छन्। उक्त PPE महाराजगञ्ज वृत्तका प्रमुख डिएसपी उमेश लम्साललाई  हस्तान्तरण  गरिएको थियो । अहिलेको यस्तो आपतकालिन समयमा निकै जोखिम रुपमा खटिरहेका सुरक्षाकर्मीहरुका लागि PPE प्रदान गरेकोमा वृत्तका प्रमुख लम्सालले अस्पताललाई धन्यवाद समेत ज्ञापन गरेका  छन ।

तपाइँको प्रतिक्रिया ।