काठमाडौं प्रवेसको नाकामा रहेको वडा भएकोले उच्च सतर्कता अपनाएका छौ : उत्तम बहादुर राउत

काठमाडौं प्रवेसको नाकामा रहेको वडा भएकोले उच्च सतर्कता अपनाएका छौ : उत्तम बहादुर राउत

कपन अनलाइन

काठमाडौं ,बैशाख २।

विश्व कोरोन भाइरसको महामारी जुधिरहेछ र यस वेला नेपालका ७५३ वटै स्थानीय तहका जनप्रतिनिधिहरु जोखिम मोलेर जनताको सेवामा सक्रिय रहेका छन। यहि सन्दर्भमा    चन्द्रागिरी नगरपालिका वडा न. १५ का वडा अध्यक्ष उत्तमबहादुर राउत संग कपन अनलाइनका बामदेव भट्टले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ।

कपन अनलाइन : यो महामारिमा तपाँइले कसरी आफ्नो वडाबासीलाई आत्मबल उच्च राख्न कस्तो पहल  गर्नुभएको छ ?

उत्तमबहादुर राउत:म र मेरो वडाको जनप्रतिनिधीको टिम जुनसुकै समयमा पनी जनताको घर आगनमा छौं ।

केन्द्र सरकारले कोरोना बिरुद्धको कार्य संचालन गरेदेखिनै हामीपनी सक्रीय रुपले लागी परेका छौं। आफ्नो वडाबासीलाई सुरक्षीत राख्न । सुरुमाहामीले जनचेतनाजगाउने कामगरीयो ।

प्रत्येक  चोकमा साबुनपानीको ब्यबस्थामिलाएर हात धुने जनचेतना जगायौं ।
विदेश बाट आउनुभएका नगरिकको खोजीगरी उहाँहरुको शरिरमा कोरोन भाइरस  संक्रमण  परिक्षण गर्ने काम भयो ।सार्वजनिक स्थलहरुमामानिसको भिडभाड लाइ ब्यबस्थित बनाइएको छ  । जस्तो की तरकारी पसल,डेरी, किराना पसल जस्ता ठाँउहरुमा सामाजिक दुरी कायम गर्ने चेतना जगाउने काम गरियो ।
कपन अनलाइन :राहात बितरण प्रक्रिया कसरी संचालन गर्नु भएको छ ?
उत्तमबहादुर राउत:चन्द्रागिरी नगरपालिका ले १७ टन उपभोग्य सामाग्री अफर लेटरको आधारमा खरिद गरेको छ। त्यसैबाट हाम्रो वडा लाई आबश्यकखाद्यान्नलिने गरेका छौं । वडा भित्रबसोबास गर्ने नागरिक लाइआवस्यकताको आधारमा निश्चित मापदण्डको आधारमा बितरण कार्य संचालनभएको छ ।
कपन अनलाइन : अहिले सम्म  कती परिवारलाई राहत  बितरण गर्नु भयो?
उत्तमबहादुर राउत: आजको मिति सम्ममा ९५८ परिवारलाई दैनिक उपभोग्य सामाग्री(चामल, दाल,नुन,तेल,आदी) बितरण गरिएको छ। यसमा स्थानिय वासिन्दा  र  भाडामा बस्ने परिवार रहेका छन् ।
कपन अनलाइन :लकडाउन बढ्दैजाने क्रममा छ, यसको  व्यवस्थापन  गर्ने योजना के छ ?
उत्तमबहादुर राउत:हमिले केन्द्र सरकार लाई भनेका छौं, अबको योजना कसरी नागरीकलाई भोक बाट टाढा राख्ने विषयमापनि योजनाबनाउन जरुरी छ ।

आफ्नो नागरीक लाइ जसरी भएपनीभोको नराख्ने मेरो योजना छ । यसको लागी मैले चिनेको सबै देसि बिदेसी संग संस्थाहरुमापत्राचार गरेको छू । तत्कालचिन बाट मेरोपहलमाकेहि सामान हरु आउदै छ ।
कपन अनलाइन : तपाँइलाई स्थानियवासिन्दाको कस्तो सहयोग रहेको छ ?
उत्तमबहादुर राउत:मेरा सहकर्मी जनप्रतिनिधीहरु संगै संधै खटिइराखेका छौं । यसमाहामीलाई स्थानिययुवाहरुले ठूलो सहयोग गर्नूभएको छ । सुरक्षाकर्मी, स्वास्थ्याकर्मीको पनीउच्च सहयोग रहेको छ ।

केही महानुभाबले  जिन्सी,नगद दिएर पनि सहयोग गर्नु भएको छ । कलकारखाना, पसल ,कार्यलय बन्द गरिदिएर पनिहामिलाइ सहयोग गरेको बुझीन्छ ।म उहाँहरु सबैलाइधन्यवाददिन चाहन्छु ।
कपन अनलाइन :अन्तमा  वडाबासीलाई के सन्देस दिन चाहानु हुन्छ ?
उत्तमबहादुर राउत:यो वडा उच्च जोखीममा रहेको वडा हो । किनभने काठमाडौं भित्रिने मुखमा पर्छ । त्यसैले म मेरा वडा वासीदाजुभाई, दिदीबहिनीहरुलाई विनम्र अनुरोध गर्दछु सकेसम्म घर बाट बाहिर ननिस्कनु निस्कनु परेमा सामाजिकदुरि कायम राख्न र  यदि कुनै अप्ठ्यारो परेमा हामी जनप्रतीनीधीलाइ सम्पर्क गर्न अनुरोध गर्दछु  ।

तपाइँको प्रतिक्रिया ।