बुढानिलकण्ठ -९ मा राहतको राजनीति ,छानविनका लागि समिति गठन

बुढानिलकण्ठ -९ मा राहतको राजनीति ,छानविनका लागि समिति गठन

कपन अनलाइन

काठमाडौं ,बैशाख १।

बुढानिलकण्ठ नगरपालिका वडा नं ९ मा राहत वितरणको क्रममा खाद्य सामाग्रीको चामल लुकाएको आरोप वडा सदस्य माथि लागेपछी  नेकपा बुढानिलकण्ठले छानविन समिति बनाएको छ।

यस  बिषयमा तिन दिन भित्र प्रतिवेदन बुझाउने गरि  नेकपा नगर कमिटि सचिव प्रदिप डंगोलको नेतृत्त्वमा  रबिन्द्र थापा र कुमार प्रसाद खरेल रहेको ३ सदस्यीय समिति गठन गरिएको हो ।

२०७६ शाल चैत २७ गते वडा नं ९ का विभिन्न स्थानहरुमा राहत वितरण गर्ने क्रममा  वडाको बिजी ड्राइभिङ स्कुलमा  वितरण गरेर बाँकी रहेको ६  वोरा चामल लगेको प्रकरणमा वडा सदस्य पर्शुराम कार्कीको नाम आए संगै छानविन गर्न समिति बनाइएको हो।

बुढानिलकण्ठ नगरपालिकाले सम्पूर्ण वडाहरुको राहत वितरण प्रतिवेदन र आवस्यक कागजात बुझाए पश्चात मात्र भुक्तानी दिने निर्णय गरे पछी वडा नं ९ नयाँ कोलोनीको मिलन खाध्य स्टोरका मिलन कार्कीको नाममा नेपाल इन्भेस्टमेन्ट बैंकको चेक १ लाख ५०  र नगद ५० हजार  बाट आफ्नो निजि खाता बाट रकम भुक्तानी गरेर वडामा राहत वितरण गरेका सदस्य कार्की अहिले त्यहि राहत घर लगेको विषयले  चर्चामा रहेका छन।उक्त चेक पर्शुराम कार्कीका छोरा निभेश कार्कीको खाता बाट भुक्तानी गरिएको थियो।

चैत २७ गते  बिजी  ड्राइभिङ स्कुलमा वितरण पश्चात बचेको ६ बोरा चामल घर लगेको आरोप लगे  संगै कार्की  र बुढानिलकण्ठ नगरपालिका अहिले विविध चर्चा परिचर्चाको केन्द्र बनेको हो।

कार्कीले  खाध्य स्टोरमा भुक्तानी गरेको चेक :

यस विषयमा के भन्छन पर्शुराम कार्की ?

राहतको चामलले चर्चा कमाइरहेका कार्कीले सो दिन वितरण पश्चात बचेको ६ वोरा मध्ये १ बोरा चामल राहत वितरणमा सहयोग गर्ने स्वयंसेवकलाई दिएको र ५ बोरा चामल आफुले लगेको स्वीकार गरेका छन।

चैत २७ गतेको राहत वितरण पश्चात बाँकी रहेको खाद्यान्न मध्ये वडा समितिका सबै प्रतिनिधि ,राजनीतिक दलका प्रतिनिधि र स्वयंसेवक सहितको छलफल पश्चात १ बोरा चामल स्वयंसेवकलाई दिएको र बाँकी ५ बोरा चामल आफ्नो क्षेत्रका अपांगता भएका र अशक्तहरुलाई वितरण गर्न लगेको कार्कीले बताए।

नगरपालिकाले सामाग्री खरिद गर्न रकम उपलव्ध नगराए पछी आफ्नो व्यक्तिगत खाता बाट १ लाख ५० हजार र  बाँकी रकम नेकपा बुढानिलकण्ठ -९ का सचिव घमराज सुवेदीले व्यवस्थापन गरेर भुक्तानी गरेको उनले  बताए।तर अहिले जटिल परिस्थितिमा वडालाई सहयोग गर्न  व्यवस्थापन गरेको चामलले आफैलाई चर्चा केन्द्रमा पुर्याएको  कार्कीले  बताउछंन ।

बिजी ड्राइभिङ स्कुल क्षेत्रमा २७ गते दिनभर कुपन प्रदान गरिएका राहत प्राप्त गर्ने व्यक्तिहरुलाई राहत वितरण पश्चात बाँकी रहेको चामल वडा कार्यालय पुगी  सबैको उपस्थितिमा आफुले लगेको दावी गर्दै  कार्कीले घटनाको सत्य तथ्य छानविन बाट आएको परिणाम स्वीकार गर्ने बताए।

राहतमा राजनीति 

यो प्रकरण २७ र २८ गते भएको भए पनि दुई दिन आन्तरिक छलफल र बैठकमा सिमित बनेर  त्यस पश्चात संचार माध्यम बाट बाहिर आएको थियो। संचार माध्यममा  समाचार आए संगै यसले  बुढानिलकण्ठ नगरपालिकामा थप तरंग पैदा गर्यो।

संचार माध्यम बाट सामाजिक संजालका भित्ता तर्फ यो मुद्दा मोडिए पस्चात यसले राजनीतिक रंग लियो र आन्तरिक छलफलमा रहेको मुद्दा सार्वजनिक भयो।  यस विषयमा विभिन्न अडकल,अनुमानका साथमा आग्रह पूर्वाग्रह प्रकट हुन थालेपछी वडा अध्यक्ष राजेन्द्र सापकोटाले कार्की संग स्पष्टीकरण मागेका  छन।

अध्यक्ष सापकोटाले कार्की संग वडामा भण्डारणका क्रममा  कम भएको चामलका वारेमा २४ घण्टा भित्र आफ्नो मत प्रस्तुत गर्न निर्देशन दिएका छन।

वडाको सूचना :

त्यस्तै आफ्नो वडामा यस्तो प्रकरण उठे संगै प्रदेस सभा सदस्य कुसुम कुमार कार्कीले छलफल तीव्र बनाएका छन भने नेकपा नगर कमिटि अध्यक्ष रबिन अधिकारीले नगर कमिटिका सचिव प्रदिप डंगोलको नेतृत्वमा छानविन कमिटि बनाएका छन ।

पटक पटक वडाका प्रतिनिधि र अन्य पक्ष संग छलफल गरेका कार्कीले यस विषयमा नगरपालिका र नेकपा बुढानिलकण्ठले छानविन गरि सत्य तथ्य बाहिर ल्याउनुपर्ने बताएका छन।

नेकपाको पत्र  :

त्यस्तै नेपाली कांग्रेस बुढानिलकण्ठले वडा कार्यालयमा ध्यानाकर्षण गर्ने र मुद्दा चर्काउने संकेत केहि नेता तथा कार्यकर्ताले सामाजिक संजाल मार्फत आव्हान गरेर दिएका छन।

नेपाली कांग्रेस बुढानिलकण्ठ -९ का सभापति शंकर आचार्यले यस घटनाको वारेमा सत्यतथ्य बाहिर ल्याउनु पर्ने आफ्नो माग रहेको बताएका छन।

यस विषयमा के भन्छन नगर प्रमुख खरेल ?

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलले राहतको चामल वडा सदस्यले लगेको प्रसंगमा प्रश्न उठे संगै यसको छानविन गरिने  बताएका छन।

नगर प्रमुख खरेलले कसैले गलत गरेमा सजायको भागिदार हुनुपर्ने बताउदै वडा नं ९ को अनुसन्धान पश्चात  निर्णय गर्ने बताएका छन।नगर प्रमुख खरेलले अहिले सम्म नगरपालिकाले कुनै पनि वडाको भुक्तानी नदिएको जानकारी गराउदै वडा नं ९ लाई पनि सम्पूर्ण अभिलेख र कागजात उपलव्ध गराउन निर्देशन दिएको बताए।

विषम परिस्थितिमा रहेको समयमा आएको यस विषयका वारेमा नगरपालिका गम्भीर रहेको बताउदै प्रमुख खरेलले यसको सत्य तथ्य सार्वजनिक गर्ने बताएका छन।

उनले  वडा नं ९ को सम्पूर्ण कागजात र दावी गरिएका प्रमाण, वडामा रहेको कुल खाद्यान्न ,मौजात र र वितरणको पूर्ण विवरणको अध्ययन गरे पश्चात यस वारेमा पूर्ण जानकारी गराउने बताए।

कोरोना प्रकोप संग लड्नु पर्ने विषम परिस्थितिमा यस्तो संवेदनशील मुद्दा उठ्दा यसमा राजनीतिका जोड घटाउ र आग्रह पूर्वाग्रह प्रकट  हुने र मुद्दा राजनीतिक बन्ने एक बुद्दिजीवीले प्रतिक्रिया दिए। अव यस विषय आगामी दिनमा कसरि अगाडी बढ्ने छ भन्ने कुरा भने समितिको छानविन प्रतिवेदन आए संगै प्रस्ट हुने उनको विश्लेषण रहेको थियो।

तपाइँको प्रतिक्रिया ।