कोरोना भाइरस (Covid -19 ) र सम्भावित आर्थिक मन्दी

कोरोना भाइरस (Covid -19 ) र सम्भावित आर्थिक मन्दी

कपन अनलाइन

काठमाडौं ,चैत १८/शंकर प्रसाद आचार्य 

विश्व अहिले ठुलो माहामारी कोरोना भाइरसको संक्रमण बाट गुज्रिरहेकोछ।जसका कारण एशिया ,सिंगो यूरोप र अमेरिका प्रभावित भइरहेका छन।भाइरस संक्रमणको पूर्वसन्ध्यामा छिमेकी मुलुक चीनले अत्यन्त होसियारी र साबधानी अपनाई ठुलो क्षति र संक्रमण बाट जोगाइ आफ्नो मुलुकलाई बिनाशकारी माहामारी बाट जोगाउने प्रयास गरेको छ।

यस अवस्थामा इटाली लगायत कतिपय यूरोपेली मुलुक र अमेरिकाले शुरुवाती अवस्थामा यो भाइरस संक्रमणलाई गम्भीर रुपले नलिदा अधिक नोक्सानी बहन गर्नुपरिरहेको अवस्था छ।

समाजबादी अर्थतन्त्रको प्रणाली अबलम्बन गरेको चीनले बैज्ञानिक पद्धतिको उच्चतम उपयोग गरेको तथा पहिला जनता त्यसपछि अन्य बिषय भन्ने प्रमुख मान्यता (जुन समाजबादी अर्थतन्त्रले अबलम्बन गर्दछ ) आत्मसात गरेको हुनाले चीन एक हदसम्म यो माहामारी नियन्त्रण गर्न सफल भएको देखिन्छ।

पुजीबादी अर्थव्यवस्था बाट अघि बढिरहेका कतिपय यूरोपियन देशहरु र विश्वको सर्बाधिक शक्तिशाली मुलुक अमेरिकाले राष्ट्रिय पुजी निर्माणमा अबरोध नगर्ने तथा पुजीबादी अर्थव्यवस्थाको मर्म भनि स्वतन्त्रता र खुलापनलाइ यथाबत छोड्दा उक्त माहामारीको संक्रमणले ठुलो आकार लिइसकेको थियो। यद्धपि पछिल्लो समय उनीहरुले रणनिती परिवर्त नगरि कोरना भाइरस माहामारीको संक्रमणलाइ नियन्त्रण गर्ने प्रयास गरेका छन्। यसरि कोरोना भाइरस संक्रमणले विश्वनै प्रभावित भईरहेको बर्तमान परिप्रेक्ष्यमा नेपालमा पनि यसको गम्भीर असर पर्ने देखिन्छ।

कोरोना भाइरस संक्रमणले विश्वलाई आर्थिक मन्दीमा प्रवेश गराउने प्रबल सम्भाबना रहेको देखिन्छ। आर्थिक मन्दी भनेको अर्थतन्त्रमा आउने संकुचन हो। आर्थिक मन्दीमा बस्तुको उत्पादन र बिक्रि घट्छ। रोजगारी घट्छ।उपभोगको मात्रा घट्छ। उपभोक्ताहरुको आम्दानी घट्छ। समग्र बचत घट्छ भने समग्र लगानी पनि घटन जान्छ।

अर्थतन्त्रमा आउने यस्तो प्रतिकुल चक्रिय अवस्थालाई आर्थिकमन्दी भनिन्छ। आर्थिक मन्दीमा उत्पादकहरुले उत्पादन घटाउदै जाने गर्दछन। बजारमा बस्तु तथा सेवाको मागमा कमि आउदछ। बस्तुको उत्पादन घटाउने प्रक्रिया संगै उद्योग संचालकहरुले कारखानामा काम गरिरहेका अस्थायी कर्मचारीहरुलाई रोजगारीबाट हटाउनेछन्।

त्यसैगरि कुलग्राहस्थ उत्पादन ,प्रतिव्यक्ति आम्दानी ,लगानी ,नाफा सबैमा गिरावट आउनेछ। बेरोजगारीको संख्या अत्यधिक बढ्ने छ।उपभोक्ताहरुको क्रय शक्ति कमजोर हुनेछ।

आर्थिकमन्दीमा उद्योग ,ब्यापारको संकुचन हुनासाथ सम्बन्धित ब्यबसायिक कम्पनीहरुको आम्दानि घट्छ। उक्त कम्पनीहरुले आम्दानी घटेसंगै तत्काल पुजीगत खर्च घटाउन सक्दैन न्भने संचालन खर्च घटाउन तिर लाग्छन।

उत्पादित बस्तुबिक्रि गर्न नसक्दा कम्पनीले बैंकको ऋण र ब्याज भुक्तानी गर्न सक्दैनन्। यसबेला कम्पनीको शेयर मुल्यमा समेत भारि गिरावट आइ लगानीकर्ताहरु कम्पनीमा थप लगानी गर्न अनिच्छुक हुन्छन र अन्तमा बजारमा बस्तु तथा सेवाको क्रय बिक्रयमा शिथिलता आइ अर्थतन्त्रमा समस्त माग घटी आर्थिकमन्दीले प्रवेश पाउछ।

जतिबेला अर्थतन्त्रमा सबल पक्षहरु रहन्छन त्यतिबेला बैंकहरु कर्जा लगानी गर्न तयार हुन्छन।रोजगारी ,उत्पादन र निर्यात बढ्छ। समग्र अर्थतन्त्र वृद्धितर्फ उन्मुख हुन्छ।

तर अर्थतन्त्रमा मन्दी र गिरावटका संकेत देखिना सा थ्लगानीकर्ताहरु आफ्नो लगानी फिर्ता लैजान चाहन्छन। बैंक र बित्तिय संस्थाहरुमा तरलता अभाव हुन जान्छ। बचतकर्ताहरु बैंक र बित्तिय संस्थाहरुमा बचत झिक्न जान्छन। यसरी अत्यधिक बचत फिर्ता हुदा बैंक तथा बित्तिय संस्थाहरु समेत आर्थिक मन्दीको चपेटामा पर्न सक्छन।

महामारीको रुपमा आएको कोरोना भाइरस (covid 19 )ले नेपालमा आर्थिक मन्दी हुन सक्ने भनि पूर्वानुमान गर्न सकिन्छ।  यस माहामारीको प्रकोपबाट सिंगो मुलुक लक्डाउन गरिएको छ।सम्पूर्ण उद्योग ब्यबसायहरु बन्द गरिएका छन्।निश्चय पनि यसबाट नेपाली अर्थतन्त्रमा मन्दीको सम्भावना तर्फ सबैको ध्यान जानु जरुरि छ।

मुख्यत नेपाली मुद्रा विनिमयको दर भारत संग स्थिर रहेको छ। बिस २०१७ साल बैशाख १ गते बाट लागु मुद्रा विनिमय दर हाल सम्म पनि स्थिर रुपमा रहेको छ। जसको कारण बाट भारतीय मुद्रा कमजोर भयो भने नेपाली मुद्रा पनि कमजोर हुन जान्छ।

यसको प्रत्यक्ष्य उदाहरण डलर मूल्य संग हेर्न सकिन्छ।  पछिल्लो समय डलरको मूल्य बढ्दै जानु भनेको भारतीय मुद्रा कमजोर हुनुहो जसको असर नेपाली मुद्रामा समेत परिरहेको छ। यस अवस्थामा कोरोना भाइरसको प्रभाव भारतीय अर्थतन्त्रमा पर्दा त्यसको असर नेपालमा समेत पर्ने देखिन्छ। नेपालको बैदेशिक व्यवसायमा करिब ७०% हिस्सा भारतको रहेको छ। निर्यात भन्दा आयात अधिक भएको हुदा भारतीय मन्दीको प्रभाव नेपालमा सिधापर्न जाने देखिन्छ।

बिशेशत भारत र नेपाल व्यपार ,उद्योग ,रोजगारी जस्ता बिसयमा अन्तर सम्बन्धित रहेकाले भारतीय अर्थतन्त्रमा आउने परिवर्तनले नेपाली अर्थतन्त्रलाइ समेत प्रभावित बनाउने छ।

सन् १९५० को नेपाल भारत सन्धि पछि खुल्ला गरीएको नेपाल भारत सिमानाका कारण करिब ४० लाख भन्दा बढी नेपालीहरु भारतका विभिन्न स्थानमा रोजगारी गरिरहेकाछ न्भनि अनुमान गरीएको छ। यदि भारतमा आर्थिकमन्दी भएमा उक्त रोजगारी गुम्ने खतरा रहन्छ। त्यसको असर सिधा नेपालको अर्थतन्त्रमा समेत पर्न जान्छ।

नेपाल सरकारले उल्लेखित मन्दीको अवस्थालाइ सुक्ष्म विश्लेषण गरि उचित आर्थिक नीति ,मौद्रिक नीति ,आयात –निर्यात नीति ,उत्पादन नीति लगायत आबस्यक अन्य नीतिहरुलाई रणनीतिक हिसाबबाट लागु गरेमा सम्भावित आर्थिकमन्दीलाइ न्यूनीकरण गरि  अर्थतन्त्रमा सन्तुलन कायम गर्न बल पुग्नेछ।

तपाइँको प्रतिक्रिया ।