शंखरापुर नगरपालिका वडा नं ९ को इन्द्रायणी स्वास्थ्य चौकी क्वारेन्टाइन स्थलको रुपमा तयार

शंखरापुर नगरपालिका वडा नं ९ को इन्द्रायणी स्वास्थ्य चौकी क्वारेन्टाइन स्थलको रुपमा तयार

कपन अनलाइन

काठमाडौं चैत्र १८ ।शंखरापुर नगरपालिकाले कोरोना भाइरस संक्रमणको आशंका गरिएकाको उपचारका लागि वडा नं ९ स्थित इन्द्रायणी स्वास्थ्य चौकीलाई क्वारेन्टाइन स्थलको रुपमा तयार  पारेको छ ।उक्त स्वास्थ्य चौकीको माथिल्लो  तल्लालाइ  ५ बेडको  क्वारेनटाइनको रुपमा तयारी गरिएको हो ।आइतबार शंखरापुरका नगर प्रमुख  सुवर्ण श्रेष्ठ, उप प्रमुख  शुक्र लक्ष्मी श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत भोजराज खतिवडा र महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी प्रमुख गोबिन्द पन्थी लगायतको टोलीले उक्त क्वारेन्टाइन स्थलको निरीक्षण गरेका थिए।

उक्त क्वारेनटाइन निर्माणको  लागि शंखरापुर नगरपालिका वडा नं. ९ निवासी समाज सेवी धर्म राज कार्कीले बेड तथा अन्य आवश्यक  सामग्रीहरू सहयोग गरेका हुन् । एउटा बेड करिब १२ हजारमा तयार भएको  र बेडमा राखिने प्लाई महानगरीय प्रहरी प्रभाग साँखुबाट सहयोग प्राप्त भएको  समाज सेवी  धर्मराज कार्कीले बताए ।

त्यसै गरि आइतबारनै नगर प्रमुख  सुवर्ण श्रेष्ठ र उपप्रमुख  शुक्र लक्ष्मी श्रेष्ठले वडा नं.  ६ र ७ को  स्वास्थ्य चौकीहरुको निरीक्षण गर्नुको साथै गरी स्वास्थ्य चौकी बाट प्रदान  हुदै आएको सेवा र समस्या बारे जानकारी लिएका थिए ।

फोटो शंखरापुर न्युज

तपाइँको प्रतिक्रिया ।