विश्व सामाजिकरणमा महामारीको प्रभाव : आवश्यक दुरदर्शिताको खाँचो

विश्व सामाजिकरणमा महामारीको प्रभाव : आवश्यक दुरदर्शिताको खाँचो

कपन अनलाइन

काठमाडौं ,चैत १६ /सम्झना शर्मा ढकाल

इतिहासलाई एकपल्ट पल्टाएर हेर्दा अहिले देखिएको महामारी नैविश्वले भोगेको पहिलो र घातक महामारी भने पटक्कै होइन रहेछ भन्ने थाहा लाग्छ  । मानव सभ्यताले बिगतमा यो भन्दा अत्यन्तै ठूला र दर्दनाक महामारीको सामना गरिसकेको छ ।

विश्वमा कैयौँ त्यस्ता महामारी भए होलान्, तर केही महामारी मात्र  इतिहासमा अभिलिखित छन् । इतिहासका पानामा पढ्दासमेत मुटु चिसो हुने त्यस्ता त्रासदीपूर्ण  महामारी त्यसवेलाका मानिसहरुले  कसरी सामना गरे होलान्, कल्पना गर्न  पनि गाह्रो हुन्छ ।ती मध्ये सबैभन्दा विनाशकारी महामारी कसरी सुरु भए, तिनले कस्तो विनाशलीला मच्चाए र तिनले समाजमा कस्तो परिवर्तन ल्याए भन्ने नै आजको चर्चाको विषय हो ।

प्राचीन  युगमा देखिएका महामारी मध्ये एन्टोनाइन प्लेग ,जस्टिनियन प्लेगहरु ले पनि मानव क्षतिधेरै भएको थियो भन्ने चर्चा पाइन्छ |यी दुई महामारी ई .सन् १६५ देखि ५४२ सम्ममा फैलिएको  थियो ।

केही अभिलेख बाहेक यस विषयमा धेरै चर्चा गरिएको पाइँदैन। यसपछि सम्पूर्ण विश्वलाई नै त्राही त्राही मचाउने महामारी थियो बुबोनिक प्लेग |मानव सभ्यताकै सबैभन्दा विनाशकारी मानिएको यो महामारी सन् १३४७ मा सुरु भएर १३५३  मा सकिएकोथियो |यसलाई ब्ल्याक डेथ अर्थात कालो मृत्युको संज्ञा दिइएको छ ।यसले चार वर्षकोअन्तरालमा संसारका२०करोड मानिसको ज्यान लिएकोथियो ।

योमहामारी सिसिली (इटाली)को  मेसिन बन्दरगाहबाट मुसोबाट झिंगामा फैलिदै एसिया सम्म पुगेको थियो । यो महामारीले युरोपमा मात्रै दुई करोड मानिसको ज्यान लियो , जुन त्यो महादेशको कुल जनसंख्याको एकतिहाइ थियो ।

यसपछि युरोपको जनसंख्या पहिलेकोअवस्थामा पुग्न दुईसय वर्ष लागेको तथ्य फेला पर्छ| यसरी नै विभिन्न कालखण्डमा यस प्रकारका महामारीहरु देखापरेका पाइन्छन्| कहिले बिफर ,कहिले स्पेनिस फ्लु त कहिले येल्लो फीभर आदि ।

इतिहासमा फर्केर हेर्दा ब्ल्याक डेथ अर्थात कालो मृत्युको महामारी पश्चात युरोपेली देशहरुमा पुनर्जागरणको युग शुरु भयो भन्न अत्युक्ति नहोला |महामारी पछि जनसंख्या ह्वात्तै घटेर गयो ,अशिक्षा , गरिबी ,भोकमरी जस्ता पीडाले जीवित मानिसहरु पनि मरे तुल्य हुन लागे । धर्मको नाममा पादरीबाट नै धर्मभिरुहरु लुटिन थाले । अन्धविश्वासले दह्रो जरो गाडेको थियो |

“ अति सर्वत्र वर्जयेत्” भनेजस्तै   यी असामाजिक तत्वका विरुद्ध केही क्रान्तिकारी व्यक्तिहरु युरोपेली भूमिमा देखिए।  इटालीका कवि एलिगरी दाँतेले ‘डीभाइन कमेडी’ लेखेर स्थानीय भाषा टस्कनमा  काव्य लेख्ने चलन चलाएर ग्रीसेली र लेटिन भाषालाई बिस्तारै छेऊ लगाए । उनले उक्त पुस्तकमा  त्यसबेलाका अभिजात्य बर्गको धज्जी उडाएका थिए | सामन्ती समाजलाई नरकमा उभ्याएर उनले त्यतिबेलाको समाजलाई ब्यङ्ग हाने ।

यस युगमा विभिन्न बैज्ञानिक अनुसन्धान खोज गर्न थालियो अन्धपरम्परामा जकडिएको जनसमुदायलाई बैज्ञानिक युगमा प्रवेश गराउनु त्यस युगको आवश्यकता थियो।

न्युटनको गुरुत्वाकर्षणको सिद्धान्तले विश्वलाई नै चकित ।| यसरी नै निकोलस कोपर्निकसको  खोज सुर्यको वरिपरी ग्रहहरु घुम्छन् भन्दा त त्यसबेलाका मानिसले पत्याएनन् बरु उल्टो तिनलाई प्रकृतिको नियम विपरित जाने भनेर विभिन्न लान्छना  लगाए। यसैगरी अमेरिकाको खोजी कोलम्बसले गरे भने भारतको खोजी भास्को डा गामाले गरे ।

मार्कोपोलोले चाइना देशको पत्तो लगाए | यसरी भूगोलका दृष्टिले विश्व अझ फराकिलो बन्यो । सेक्सपियर,लेलिओनर्दो दा भिन्ची , लगायत अन्य महान व्यक्तित्वको यसै युगमा जन्मभयो जसले विभिन्न विधामा आ-आफ्नो दक्षता हासिल गरेर आजको विश्वलाई अतुलनीय योगदान दिन सफल भए ।

१३औं शताब्दिको उत्तरार्धमा इटालीबाट शुरुभएको पुनर्जागरण युग १७औं शताब्दि सम्म रहेको र त्यसपछि आधुनिक युगको शुरुवात भएको पाइन्छ ।यसबीच कति युद्ध भए कति रोगव्याधिले मानिसको ज्यान गयो तै पनि  इतिहास साक्षी छ मानवजातिले विकासको क्रमलाई निरन्तरता दिन  बिर्सिएनन् बरु विकाशको पथ अझ फराकिलो बनाउदै गए|यो कुराको पुष्टि १८औं  शताब्दिमा भएको औद्योगिक क्रान्तिबाट हुन्छ ।

यस औद्योगिक क्रान्तिले जहाँ आधुनिक युगको प्रतिपादन गर्यो त्यहि सामाजिक विचलन पनि पर्याप्त मात्रामा  लिएर आयो | कल कारखानाबाट उत्पादन हुन थालेपछि धेरै मानिसहरु बेरोजगार भए | धनी र गरीब बीच ठुलो खाल्डो बन्यो ।

आफ्नो अधिकारको सुरक्षाका लागि मानिसहरु  एकजुट  भएर  तत्कालिन व्यवस्थाको विरोधमा आन्दोलन  गर्न थाले ।उनीहरुमा बिस्तारै  जागरुकता फैलिन थाल्यो | सामाजिक मूल्य-मान्यताको विकास  हुन थाल्यो।

युरोपियन मुलुकहरु बिस्तारै विस्तारवादी नीतिको अवलम्बन गर्दै ससाना र कमजोर मुलुकहरु लाई आफ्नो वशमा गर्न थाले ।उनीहरुले एक अर्को युरोपेली मुलुकसंग सहकार्य गर्न थाले।

यस प्रकारको सहकार्य  प्रत्यक्ष रुपमा राजनीतिक देखिए तापनि समाजमा यसको प्रभाव अवस्य पनि परेको थियो । यसले मानिसको जीवनशैली, भाषा तथा संस्कृतिमा प्रत्यक्ष प्रभाव परेको थियो |

यस अवधिमा पनि तेस्रो प्लेग भनेर चिनिने महामारीबाट विश्व पुनः आक्रान्त ।|ई .सन् १८५५ मा देखापरेको यो महामारीमा ज्यान गुमाउनेको संख्या १ करोड २० लाख थियो। चारैतिर हाहाकार मच्चिएको थियो तै पनि मानवसभ्यता गतिशील नै रह्यो ।एक पछी अर्को मुलुक आधुनिकीकरणतिर लगातार लम्की रहेका थि।|ग्रीस सभ्यता र रोमन सभ्यताबाट पाठ सिकिसकेका  युरोपेलीहरु चुप लागेर बस्न किन्चित तयार थिएनन्।

संबिधानको निर्माणसंगै राजनीतिक क्षेत्रमा नयाँ युगको शुरुवात भयो |त्यो थियो परोक्ष  प्रजातन्त्रको युग | यो शुभ कार्य अमेरिकाले “वी द पिपल “ नामको  संविधान लेखेर शुरु गरेको थियो।|

हुनत प्रजातन्त्र शब्दको प्रतिपादन अरस्तुले आफ्नो पुस्तक ‘ द रिपब्लिक’मा पहिले नै गरेका भए तापनि  राजनितिक क्षेत्रमा मतदान गर्ने प्रक्रिया शुरु भए पश्चात प्रजातन्त्रको  महत्व बढ्दै गएको पाइन्छ।यसपछि राज्यको बागडोर बिस्तारै जनप्रतिनिधि अर्थात् नेताले सम्हाल्न थाले । जनधनको सुरक्षा को जिम्मा सम्बन्धित निकायले लिन थाल्यो ।

जनसमुदायले पनि आनन्दकोको सास फेर्न  पायो , केही पर्यो भने उनीहरुको हेरचाह र सुरक्षा गर्ने अभिभावक  सरह सरकार छ भन्ने जनविश्वासको  विकास भयो ।

बिगतमा दुइवटा विश्वयुद्ध झेलिसकेका देशहरुले  अझै पनि महामारीको प्रकोप भोगीनै रहेका थिए |सन् १९१४मासुरु भएको पहिलो विश्वयुद्धका कारण चारवर्षमा एक करोड ६० लाख मानिसको मृत्यु भएको थियो ।स्पेनिस फ्लुका कारण एक वर्षमै पाँच करोड भन्दा धेरै मानिसको मृत्यु भयो  ।यो रोगका कारण सबैभन्दा धेरै मानिस भारतमा मरेकोअनुमान गरिन्छ ।भारतमा मात्रै एक करोड ७० लाख देखिए ए  ककरोड८०लाख सम्म मानिसको मृत्यु भएको अनुमान छ ।

भारतले कुल जनसंख्याको ६प्रतिशत स्पेनिस फ्लुका कारण गुमाएको थियो।खासगरी गरिब महिलाको मृत्यु धेरैभएको थियो ।चीनमा ४०लाख देखि ९४लाख सम्म मानिसको मृत्यु भएकोअनुमान गरिएको छ ।इन्डोनेसियामा१५लाख, इरानमा नौ लाखदेखि २४ लाखसम्म तथा जापानमा करिब चार लाख मानिसको मृत्यु भएको अनुमान गरिन्छ ।

सन् १९३८ मा मात्रै यो फ्लु रोक्ने खोपको विकास गरियो, जुन दोस्रो विश्वयुद्धमा जाने अमेरिकी सैनिकलाई सुरुमा दिइएको थियो।

यसरी महामारीले विश्वमा सामाजिक , आर्थिक र राजनीतिक  क्षेत्रमा प्रभाव पार्यो । पश्चिमी मुलुकमा महिलाहरु घरभित्र रहेर चुलोचौकोमा व्यस्त रहन्थे भने पुरुषहरु घरबाहिरको काममा लाग्थे ।

युद्ध र महामारी पछि पुरुष जनशक्ति न्यून भयेपछि महिलाहरु नै आर्थिकोपार्जनका निम्ति घरबाट बाहिर निस्किन बाध्य भए |यसले उनीहरुको काम गर्ने क्षमता बढ्न थाल्यो , आत्मविश्वास दह्रो बन्दै गयो |

यसै कालखण्डमा द्वितीय विश्वयुद्धका बेला शक्तिसत्ताले विश्व हल्लाउने नेताहरुको उदय भयो।जस्तै एडोल्फ  हिटलर , मुसोलिनी , फ्रान्सिस्को आदि । तिनीहरुले आ –आफ्ना तरिकाले जनसमुदायको मन जितेर शासन गरे। ति नेताका नजिकका कार्यकर्ता खुसी थिए भने केही दुखी पनि थिए। तत्कालिन समाजको , वर्गको प्रतिनिधित्व गरेर उनीहरुले कति राम्रा काम गरे कति नराम्रा काम गरे त्यो पनि चासोको  विषय रहेको छ।

वर्तमान अवस्थामा आइपरेको महामारी, कोरोना भाइरसले विश्वलाई पुनः एकपल्ट हल्लाएको छ । महामारीको प्रकोपमा परेका जनतालाई दह्रो संरक्षकको आवश्यकता  छ । हालसम्म संक्रमितको संख्या ६,५०,००० को हाराहारीमा पुगेको छ भने मर्नेको संख्या २९,९७१ र  रोग निको भएर घर फर्किएकाहरु पनि ढेडलाखको हाराहारीमा छन्  ।

यस अवस्थामा राज्यसत्ताको बागडोर सम्हालेका नेताहरुले आफ्नो जिम्मेवारी बुझेर मर्यादाभित्र रही जनताको हितको लागि काम गर्न आवश्यक छ ।चीन सरकारले महामारी काबुमा ल्याउन जसरी आफ्नो जिम्मेवारी वहन गर्यो त्यो कुरामा इटाली पछि पर्यो ,फलस्वरूप धेरैले ज्यान गुमाउनु पर्यो ।

हालमा इन्डोनेसियालाई पूर्वको इटाली मान्न थालिएको छ ।महामारीले  जुन प्रकारको विध्वंस निम्त्याउने आशंका गरिएको छ  त्यसले धेरै क्षति गर्नसक्ने विश्लेषकहरुको  भनाइ  छ ।अहिलेको अवस्थामा राज्यसत्ता नै जनताको अभिभावक हो ।

यस्तो भयावह स्थितिमा राज्य सत्ताले जनतामा चेतना जगाउने,  मानिसहरुलाई निश्चित दूरीमा रहेर सुरक्षित रहनका लागि प्रेरित गर्ने काम गर्नुपर्छ ।

त्यस्तै, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका लागि सुरक्षित भएर काम गर्नसक्नेगरी आवश्यक सामग्रीको विशेष प्रबन्ध मिलाइदिनु पर्छ, उपचारका लागि आवश्यक पर्ने सामग्रीहरु पर्याप्त उपलब्ध गराउन पहल गर्ने काम सरकारले गर्नुपर्छ ।

मेक्सिकोमा  महामारी फैलिन नदिन सरकारले कुनै गहकिलो कदम चाल्नुको सट्टा मानिसहरुलाई अंकमाल गर्ने, भीडभाडमा पनि जाने अनुमति दिएको थियो तर जब संक्रमण फैलिन थाल्यो तब बल्ल चेतना खुल्यो अनि जनतालाई त्यसो गर्न प्रतिबन्ध लगायो तर त्यति बेला सम्म ढिलो भैसकेको थियो ।

हाल मेक्सिको  कोरोना भाइरसको प्रकोपमा आइसकेको छ | यसैले राज्यसत्ता चलाउने नेताको दुरदर्शिताको खाँचो अहिले अवस्थामा अत्यधिक छ ।

अमेरिका विश्वमा सर्वाधिक शक्तिशाली मुलुक भनेर चिनिएको छ ।विभिन्न संचारमाध्यमले समाचार सम्प्रेषण गरे अनुसार अमेरिकी प्रधानमन्त्रीको दम्भी स्वभावले मित्रदेशसंग उचित सर- सल्लाह लिन मानेनन् र आवस्यक चेतना र पुर्वतयारीका कमीका कारण त्यहाँ महामारीले उग्र रुप लियो।नेतृत्व पक्षको चौतर्फी आलोचना हुन थाल्यो ।

जब समस्याको कुनै समाधानको सम्भावना निक्लने देखिएन तब मात्र उनले मित्रराष्ट्रसंग  वार्तालाप गर्ने विचार लिए ।यदि उनी अलिकति  दूरदर्शी भएको भए समस्या पर्नु भन्दा अगावै समाधान खोज्न सकिने सम्भावना प्रबल हुन्थ्यो।

यसर्थ ,देश र जनताको सामाजिक ,आर्थिक अनि राजनीतिक परिवर्तनका लागि राज्य संचालनको अभिभारा लिएका नेताको ठुलो भूमिका हुन्छ |हिन्दु धर्ममा गणेशलाई गणपति,गणनायक भनेर पुजिन्छ ।

उनको स्वरूप झट्ट हेर्दा अप्राकृतिक र बेमेल देखिएता पनि प्रतीकात्मक छ | उनी हिन्दुधर्मका ३३ कोटी देवताका नेता हुन् ।उनको वाहन मुसोले पनि उत्तिकै महत्वपुर्ण भूमिका खेलेको छ । भगवान गणेशमा नेतृत्व गर्ने क्षमता छ।उनको कार्य दक्षता उनको शारीरिक बनावटको महत्वले पनि  प्रष्ट पार्दछ।

सबैकुरा सही बेला र सही ठाउँमा गर्ने नै असल नेता मानिन्छन्। नेतालाई  मथिंगल मन्थन गर्ने पर्याप्त स्थान चाहिन्छ।धेरै सकारात्मक सोचहरूलाई एक ठाउँमा राख्न सकियोस् भन्ने उद्देश्यले  गणेशको टाउको ठुलो देखाइएको छ ।

नेताले दुरदर्शी भएर जनताका राम्रा नराम्रा , आवश्यक अनावश्यक पक्षलाई केलाउन सक्नुपर्छ , उनीहरुको  समस्यालाई सम्झेर बुझेर लैजान सक्नुपर्दछ र उही अनुरुप कार्यान्वयन गर्दै लैजानु पर्दछ ।अहिलेको महामारीमा  नेतृत्व पक्षले दुर्दर्शी भएर काम गर्न आवश्यक छ ।

गणेशका आँखा साना छन् यसको अर्थ नेताले  जहिले पनि सुक्ष्म द्रष्टा हुनुपर्छ । अरुले नदेखेको समस्या नेताले देख्नु पर्दछ । हात्तीले टाउको घुमाउन सक्दैन ।

पछाडि हेर्नुपर्यो भने एउटा आँखाले १८० डिग्री र अर्को आँखाले १८० डिग्री हेर्दा पछाडिको दृश्य छर्लङ्ग हुन्छ। त्यसरीनै  नेताले पनि कार्यकर्ताको मात्र कुरा सुन्ने बानीमा सुधार ल्याएर आफ्ना आँखा पनि वरिपरी घुमाउन आवस्यक छ।

आफ्नै आँखाले हेर्दा देश र जनताको सत्य यथास्थिति छर्लंग हुन्छ | सबैको नेतृत्व गर्ने नेता हुन्। उनमा संयम , निष्ठा ,बल , बुद्धि ,विवेक सबै चाहिन्छ र यो गुणले सम्पन्न गणेश छन् ।

गणका ईश अर्थात भगवान नै गणेश हुन् । उनको वाहन मुसो हो अर्थात उ गणेशको कार्यकर्ता हो | कार्यकर्तामा  जहिले पनि चुस्त दुरुस्त , हरेक ठाउँको खोज खबर राख्ने , विवेकी , उचित सर-सल्लाह दिने गुण हुनुपर्छ भन्ने भाव मुसोको गतिविधि र हावभावले बुझिन्छ।

गणेशले आफ्नो अत्यन्तप्रिय मित्र कार्यकर्ता मुसोको सल्लाह मानेर ब्रह्माण्डको परिक्रमा गर्ने विचार छोडेर आफ्ना माता –पिताको परिक्रमा गरे र उनै माता –पिताको आशिर्वाद पाएर नै गणपति भए , सर्वपूजित भए ।

यसैले नेतासंगै कार्यकर्ता पनि ज्ञानी र दूरदर्शी हुनुपर्छ भन्ने मान्यता सबै राजनीतिक दलको रहन आवस्यक छ । देश बनाउने उनै नेता हुन् । मौकाको सहि सदुपयोग गर्न र राजनीतिमा सतचरित्रको परिचय दिन देश र राज्यको बागडोर सम्हालेका नेतालाई  आह्वान गरिन्छ र उचित् सरसल्लाह दिएर देश र जनताको हितमा काम गर्न सहयोग पुर्याउन कार्यकर्तालाई पनि सुझाव दिइन्छ।

सबैमा आजको महामारीसंग भिड्न सक्ने क्षमतामा वृद्धि होस् ।आज विश्व रोएको छ । धर्ति  आमाका भिजेका आँखा ओभाउन् त्यस्ता सपुत नेता देशले पाओस् । यसैले एकपल्ट भन्न चाहन्छु हे नेता ! तिमी गणपति बन |राजनीतिको गरिमालाई मर्यादित बनाउ र सबैलाई यस महामारीबाट बचाउने माध्यम बन ।

यो महामारीले पनि बिगतमा जस्तै विश्वमा  आर्थिक र  सामाजिक परिवर्तन ल्याउने प्रबल सम्भावना राखेको छ। हिजोसम्म ‘म खाउँ, मै लाउँ ‘भन्नेहरुको शेखी झर्न थालेको देखिन्छ ।

धेरै सहयोगी हातहरु अघि सरेका देखिन्छन्| म भन्दा माथि उठेर हामी भन्न रुचाउनेको संख्या बढ्दो छ | यसले ‘वसुधैव कुटुम्बकम  ‘ को भावना यसरी नै जागृत भैरहे  विश्वमा शान्ति स्थापित हुन्थ्यो ।

यो महामारीले जे जति क्षति गर्यो अब यतिमै रोकियोस्  , कसैले ज्यान गुमाउन नपरोस् ।सामाजिकीकरण को पाठ विश्वले सिकिसकेको छ | यसको नियन्त्रणका लागि  दुरदर्शी , चिन्तनशील नेताको आवस्यकता छ जसको छत्र-छाँयामा समस्त देशवासी स्वस्थ ,निरोगी र दिर्घजिवी  बनुन् भन्ने कामन यो लेखको आशय हो ।

(लेखक बुढानिलकण्ठ -९ निवासी हुन् )

तपाइँको प्रतिक्रिया ।