लकडाउनको समयमा कुनै समस्या आए मलाई सम्पर्क गर्नु :नेपाली कांग्रेस महासमिति सदस्य बिमल ठकुरी

लकडाउनको समयमा कुनै समस्या आए मलाई सम्पर्क गर्नु :नेपाली कांग्रेस महासमिति सदस्य बिमल ठकुरी

कपन अनलाइन

काठमाडौं चैत्र १६। काठमाडौं निर्वाचन क्षेत्र नं ३ का जनताहरुलाई  लकडाउनको समयमा कुनै  समस्या आए सीधै आफूलाई सम्पर्क गर्न नेपाली  कांग्रेस महासमिति सदस्य बिमल ठकुरीले  आग्रह गरेका छन् । उनले सामाजिक संजाल बाट उक्त आग्रह गरेका हुन् । उनले आज बिश्वभरी फैलिएको कोरोना भाइरस को प्रभाव ले जुन महामारीको रुप लिदैछ  त्यसले हाम्रो देशमा पनि  प्रभाव परेको   हुनाले आज हामिहरु लक डाउनको स्थितिम छौ  भन्दै उनले लेखेका छन् यो  बेला तपाई हामी एक जुट  भइ यो महामारिको विरुद्ध लड्नु पर्ने बेला आएको   हुँदा यो विषम परिस्थितिमा जो कसैलाई समस्या पर्न सक्ने भन्दै उनले लकडाउनको यस कठिन स्थितिमा कुनै गम्भीर समस्या आएमा आफुलाई सोझै सम्पर्क गर्न सकिने बताएका छन।

 उनले आफुलाई  ९८५१०५७२०३ नं मा सम्पर्क गर्न पनि अनुरोध गरेका छन्। उनले अत्यावश्यक काम बाहेक घर बाहिर नजान पनि अनुरोध गरेका छन्। कपन अनलाइन संग संक्षिप्त कुरा गर्दै नेपाली कांग्रेस महासमिति सदस्य बिमल ठकुरीले लकडाउनले श्रमजीवी तथा विपन्न वर्गलाई दैनिक गुजारा चलाउन कठिनाइ भएको भन्दै उनले राहत प्याकेज ल्याउन पनि सरकारसँग माग गरेका छन् । उनले दैनिक उपभोग्य वस्तुहरुको अभाव हुन नदिन औषधि उपकरणहरूको पर्याप्त व्यवस्था, उपचारमा संलग्न चिकित्सक तथा सम्पूर्ण टिमको लागि अत्यावश्यक सुरक्षा उपकरण र उनीहरुको हौसला बढाउने खालका निर्णय लिन सरकारलाई  सुझाब दिएका छन्।

तपाइँको प्रतिक्रिया ।