क्रान्तिकारी भूमिसुधार

क्रान्तिकारी भूमिसुधार

कपन अनलाइन

काठमाडौं, फागुन २७ । राजु श्रेष्ठ
भूमिसुधारको अर्थ र महत्व : साधारण अर्थमा भूमिसुधार भन्नाले जमिनको उर्वराशक्ति वढाउन आवश्यक गरा सम्याउने वा चक्ला मिलाउने प्रकृयालाई वुझाउछ । कुनै पनि देशको अर्थतन्त्रमा भूमिसुधारको अत्यन्त महत्व हुन्छ झन नेपाल जस्तो कृषि प्रधान देशमा यसको महत्व अझ वढी छ । कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व वढाउने, न्यायोचित समाजको सिर्जना गर्ने, आर्थिक असमानता हटाई न्यायपूर्ण वितरणको परिपाटी वसाउने, सर्वसाधारणको जीवनस्तर उकास्ने जस्ता उदेश्य परिपूर्तिका लागि भूमि व्यवस्थापनमा सुधारको आवश्यकता पर्दछ । पुरानो मान्यता तथा परम्परामा आधारित भूमिव्यवस्थाले दीर्घकालिन आर्थिक विकासको आधार तयार पार्न नसक्ने हुनाले यसमा समसामयिक सुधारको आवश्यकता रहन्छ । भूमिको वितरण, जोत जोताहाको अधिकार, हदवन्दी सम्वन्धी व्यवस्थापन, सामाजिक सुधार तथा यी कार्य संग सम्वन्धीत प्रयासहरु नै सम्रग रुपमा भूमिसुधार हो ।
नेपालमा भूमिसुधार गर्नुको मुख्य उदेस्य : नेपालमा भूमिसुधार गर्नुको मूख्य उदेश्य भनेको राष्ट्रिय विकास प्रकृयामा कृषि उत्पादनको क्षेत्रवाट पनि सहयोग पुराउन हो । कृषि उत्पादनमा वृद्धि गर्नु, भूमि वितरणमा सामाजिक न्याय कायम गर्नु , जमिनमा मात्र आश्रित हुने प्रवृतिलाई निरुत्साहित गरेर गैरकृषि क्षेत्रमा जनताको आकर्षण वढाउनु आदि भुमि सुधारको उदेश्यहरु हुन ।
कान्त्रीकारी भूमिसुधार के हो र कसरी : नेपालको सन्र्दभमा क्रान्तीकारी भूमिसुधार लागु गर्नुको मूख्यकारणहरु मध्ये महत्वपूर्ण कारण जमिन माथि जोत्नेको स्वामित्व कायम गर्नु हो । उत्पादनमा भाग नलिने जमिन्दारहरुको हातवाट जमिन जफत गरेर भुमिहिन किसानहरुमा वितरण गरिनु हो । कान्त्रीकारी भूमिसुधारको लागि हामीले यी तलका कार्यक्रमहरु संचालन गर्न आवश्यक हुन्छ ।
जग्गाको हदवन्दी घटाएर : नेपालमा क्रान्तीकारी भुमिसुधार लागु गर्नको लागि जग्गामा हाल भएको हद वन्दी घटाउन पर्दछ । नेपालमा पंचायती व्यवस्थामामा भूमि सम्वन्धी ऐन २०२१ ल्याई जग्गाको हदवन्दी तोक्ने काम भएको थियो जस अनुसार एक घर परिवारले तराई र भित्रि मदेशमा २५ विघा, काठमाण्डौ उपत्यकामा ८० रोपनी जमिन खेतवारी प्रयोजनको लागि राख्न पाउने व्यवस्था गरेको थियो । जून अव्यवहारिक तथा अन्याय पूर्ण भएकोले नेपाल कम्यूनिष्ट पार्टी नेकपा एमालेको ९ महिने सरकारको पालामा वडाल आयोग निर्माण भइ जमिनको नया हदवन्दी तय भएको थियो जस्मा तराई र भित्री मधेसमा ३ हेक्टर अथवा ४.५ विगाहा मध्य पहाडी क्षेत्रमा २ हेक्टर वा ४० रोपनी हिमाली क्षेत्रमा ४ हेक्टर वा ८० रोपनी, काठमाण्डौ उपत्यकामा १ हेक्टर वा २० रोपनी शहरी क्षेत्र ( काठमाण्डौं, ललितपुर र भक्तपुर नगरपालिका ) ०.५ हेक्टर वा १० रोपनी उपत्यकाको वाहिरी नगरपालिकाहरुमा १ हेक्टर वा २० रोपनी हदवन्दी तोकेको थियो जुन हाल सम्मको वैज्ञानिक जमिन माथिको हदवन्दी भएता पनि यो हदवन्दी लागु भने भएको छैन ।
गयल जमिन्दारीको अन्त्य : नेपालमा धेरै जस्तो जमिन आफै नजोत्ने, जमिन जोत्ने मुख्य विषयमा गयल रहने तर जमिनको स्वामित्व भने आफैमा राखी रहने प्रचलन व्यापक छ । कान्त्रीकारी भूमिसुधार लागु गर्नको लागि गयल जमिनदारीको कानुनी रुपमा अन्त्य गर्नु पर्दछ । जमिन त्यस्को हुनु पर्दछ जस्ले जमिनमा आफनो रगत र पसिना वगाएर जोत्छ । वैकल्पीक रोजगारी भएर जमिन नजोत्नेलाई हदवन्दी लागु गरि जमिनको मालिक वनाउन हुदैन ।
जमिन वांझो राख्न वन्देज : नेपालमा कान्त्रीकारी भूमिसुधार सम्पन्न गर्नको लागि जमिन वांझो राख्न सख्त निषेध गरिनु पर्दछ । १ वर्ष भन्दा वढी समय सम्म जमिन वाझो राख्नेको जमिन जफत गर्ने नियम कानुन वनाउनु पर्दछ । नेपालमा अहिले पनि ५ भाग जमिनको १ भाग जमिन वांझो छ यस्ले गर्दा नेपालको धेरै सम्पती वाहिरीएको छ गएल जमिनदारीको कानुनी मान्यता हटाएर जमिन वांझो राखे जफत गरिने कानून निर्माण गरि जमिन जोत्नेको हातमा पुराउने कानुनी व्यवस्था गर्नु पर्दछ ।
जमिन खण्डीकरणको समस्या रोक्ने : नेपालमा कान्त्रीकारी भूमिसुधार सम्पन्न गर्नको लागि सर्वप्रथम जस्को जोत उसको पोतको व्यवस्था गर्नु पर्दछ । २०२१ सालमा भूमिसुधार गर्दा धेरै मोहीहरुले मोहीको रुपमा आफनो नामा दर्ता गर्न सकेनन । सवभन्दा पहिला दर्ता र वेदर्ता मोहीहरुलाई जोतको मालिक वनाउने काममा लाग्नु पर्दछ । नेपालको वहुसंख्यक किसानहरुको समस्या भनेको सानो जोतको हो, त्यसमा पनि पूस्तै पिच्छि हुने जमिनको खण्डिकरणको समस्या हो । परिवारको अंशवण्ड हुदा सामाजिक क्रियाकलाप विहे वर्तवन्ध आदि गर्न पर्दा जमिन वेच्न पर्ने वाध्यताले जमिनको खण्डिकरणको समस्या देखिएको छ । नेपालको सन्र्दभमा भन्ने हो भने हरेक किसानको जोत लगभग ४ कित्तामा खण्डीकरण भएको र हरेक टूक्रा जमिन आधा हेक्टर भन्दा कम भएको रेर्कड छ । नेपालमा जमिनमा सघन खेती हुन नसक्ने र सिचाइ हुन नसकने सानासाना जोत भएका किसानहरु खेती पेशा छाडेर, पेशा परिवर्तन गर्न वाध्य भएका छन । जमिन खण्डीकरणको समस्या हल गर्नको लागि हाल खेती भई रहेको जमिन अव कानुनी रुप्मा टूक्रा हुन रोक्नु पर्दछ । वैज्ञानिक खेती गर्न र यान्त्रिीकरण गर्न किसानहरुको आफसी सहमतिमा जमिनको सहकारीकरण र चक्लावन्दी गर्न सरकारी तर्फवाट प्रोत्साहित गर्नु पर्दछ, त्यस्तो चक्लावन्दी भई खेती किसानी गर्ने किसानहरुलाई रासायनिक मल , कृषि औजार, लगायत विना व्याजको सहुलियत पूर्ण कृषि ऋणको व्यवस्था समेत गर्नु पर्दछ ।
अन्तमा क्रान्तीकारी भूमिसुधारको कुरा गर्दा भूमिमाथिको स्वामित्वको प्रश्नले विशेष महत्व राख्दछ । जमिनदारहरुको हातमा रहेको जमिन जफत गरेर भुमिहिन किसानहरुलाई विना शुल्क वितरण गर्ने, भूमिको राष्ट्रियकरण, सहकारीकरण गर्ने, जमिनमा हुने खण्डीकण प्रकृया रोक्ने जमिन चक्लावन्दी गर्ने विषयमा विशेष प्रोत्साहन गर्ने जमिनवाट हुने उत्पादन र उत्पादकत्व वढाई किसानहरुको जीवनमा परिवतर्न गरि राष्ट्रिय अर्थ तन्त्रमा कृषि क्षेत्रको महत्वपूर्ण भुमिका वनाउने विषय नै क्रान्तीकारी भूमिसुधारको विषयको कुरा हुन ।

 

तपाइँको प्रतिक्रिया ।