एन प्याब्सन काठमाडौँको पदस्थापन

एन प्याब्सन काठमाडौँको पदस्थापन

कपन अनलाइन

काठमाडौं, फागुन २७। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) काठमाडौँको सातौँ जिल्ला अधिवेशनबाट नव निर्वातित समितीले आयोजना गरेको पदस्थापन तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न भएको छ ।

फागुन २६ गते बानेश्वर स्थित अल्फाविटा हलमा भव्य कार्यक्रमको आयोजना गर्दै पदस्थापन तथा धन्यवाद कार्यक्रम सम्पन्न गरिएको हो ।

एन प्याब्सनका केन्द्रिय महासचिव सुवास न्यौपानेका प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा एन प्याब्सनका केन्द्रिय निवर्तमान अध्यक्ष कर्ण बहादुर शाही, निवर्तमान बरिष्ठ उपाध्यक्ष सुर्य बहादुर अधिकारी, एन प्याब्सन प्रदेश कमिटीका पदाधिकारी, एन प्याब्सन काठमाडौँका निवर्तमान अध्यक्ष विष्णु पराजुली लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा फागुन६ गते होटल हायातमा सम्पन्न एन प्याब्सन काठमाडौँको सातौँ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई प्रमाण–पत्र वितरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि महासचिव न्यौपानेले उक्त प्रमाण–पत्र प्रदान गरेका हुन् ।

उक्त अवसरमा एन प्याब्सन काठमाडौँका निवर्तमान अध्यक्ष विष्णु पराजुलीलाई सम्मान गरिएको सञ्चार विभाग प्रमुख राजन श्रेष्ठले बताए । निर्वाचन आयुक्तको भुमिका निर्वाह गर्ने एन प्याब्सन काठमाडौँका पूर्व अध्यक्ष सिपी आचार्यलाई पनि उक्त अवसरमा सम्मान गरिएको थियो ।

कार्यक्रममा एन प्याब्सन काठमाडौँका नव निर्वाचित अध्यक्ष तथा कार्यक्रमका सभापती खडक बस्नेतले आफ्नो ३ वर्षे कार्यकालमा गर्ने मुख्य योजनाका बारेमा समेत जानकारी गराएका थिए । संस्थागत विद्यालयको हक, हित तथा शिक्षाकर्मीको पहुँचमा रहेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै सातौँ जिल्ला अधिवेशनलाई सफल बनाउँन भुमिका निर्वाह गर्ने सम्पुर्णमा अध्यक्ष बस्नेतले धन्यवाद ज्ञापन गरेका थिए ।

सातौँ जिल्ला अधिवेशनबाट निर्वाचित एन प्याब्सन काठमाडौँका पदाधिकारीः

अध्यक्षः खडक बहादुर बस्नेत
उपाध्यक्षः श्याम योञ्जन
हिक्मत दाहाल
होम बहादुर अधिकारी
सचिवः अमृत खड्का
कोषाध्यक्षः गेन्द्र लामा
सह–सचिवः समिर वास्तोला
राम बाबू सेडाईं
सह–कोषाध्यक्षः प्रेम कुमार भुजेल
बिनय श्रेष्ठ सह
सदस्यः
शक्तिराज नेपाल
राजन श्रेष्ठ
सम्झना लामा
माधब प्रसाद अधिकारि
टंक बहादुर थापा
उत्तम वाग्ले
बिनोद बाबु ढकाल
भोज कुमार धमला
पबित्र थापा
प्राप्ती मल्ल राना
निर्मल पोख्रेल
अरुण प्रधान
दिनेश कुमार उप्रेती

तपाइँको प्रतिक्रिया ।