हाडीगाउँमा कुमार कात्तिकेय भगवती मन्दिर पुनःनिर्माण कार्यको शिलान्यास

हाडीगाउँमा कुमार कात्तिकेय भगवती मन्दिर पुनःनिर्माण कार्यको शिलान्यास

कपन अनलाइन

काठमाडौं ,फागुन २५।

राजधानीको हाडीगाउँ स्थित कोटाल टोलमा कुमार कात्तिकेय भगवती मन्दिर पुनःनिर्माण कार्यको शिलान्यास सम्पन्न भएको छ । शनिवार नेकपा केन्द्रिय सदस्य एवम् बाग्मति प्रदेशसभा सदस्य नारायण सिलवालले सो मन्दिर निर्माण कार्यको शिलान्यास गरेका हुन् ।

परापूर्वकालदेखिको कलात्मक शैलीमा रहेका मठ, मन्दिर, देवल जस्ता सांस्कृतिक सम्पदाले भरिपूर्ण क्षेत्र हाँडीगाउँमा भूकम्पपछि क्षति भएका र वर्षौ पुराना जीर्णोद्वार संरचनाहरुको पुनःनिमार्णको कार्य अगाडी बढिरहेको बेला कात्तिकेय भगवती मन्दिरको पनि पुर्णता पाउँदै छ ।

पुरातत्व विभागको समन्वयत्मक भूमिकामा रु. १ करोड ९ लाख बजेटमा निर्माण हुन लागेको त्यस मन्दिर आ.व. २०७७ पुस मसन्ताभित्र सम्पन्न गराउनुपर्ने छ ।

लिच्छवीकालिन मठ, मन्दिरहरु रहेको त्यस क्षेत्रमा विशेष मेला, पर्व तथा जात्राहरु भइरहने प्रचलन छ । जात्रा पर्वहरुमा आफ्नो मनो कामनासहित पूरा हुने गरेको स्थानीयहरुको भनाई छ । काठमाडौँ महानगरपालिका वडा नं. ५ मा रहेको त्यस मन्दिरको शिलान्यास कार्यक्रममा सोही वडाका अध्यक्ष रमेश डंगोल, संविधानसभा सदस्य रत्न गुरुङ, नेकपा स्थानीय नेता गणेश श्रेष्ठ लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।