नेपाल तरुण दल काठमाडौं क्षेत्र नं ३ द्वारा स्व. गोपाल श्रेष्ठको १३ दिनको पुण्य तिथिमा आयोजित शोक सभा सम्पन्न

नेपाल तरुण दल काठमाडौं क्षेत्र नं ३ द्वारा स्व. गोपाल श्रेष्ठको १३ दिनको पुण्य तिथिमा आयोजित शोक सभा सम्पन्न

कपन अनलाइन

काठमाडौं फागुन २५ ।नेपाल तरुण दल काठमाडौं क्षेत्र नं ३ ले शनिबार शोक सभा सम्पन्न गरेको छ । नेपाल तरुण दल गोकर्णेश्वर नगर समिति काठमाडौंका अध्यक्ष गोपाल श्रेष्ठ हृदयाघातका कारण असामयिक निधन  भएको १३ औं पुण्य तिथिमा मृत आत्माको चीर शान्तिको कामना गर्दै  शोक सभा गरिएको  हो।

जोरपाटी स्थित नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ को क्षेत्रीय कार्यालय प्रांगणमा भएको उक्त शोक सभामा नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महत , नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ का सभापति एवम गोकर्णेश्वर नगरपालिका नगर प्रमुख सन्तोष चालिसे, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत, नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं २ का सभापति उपेन्द्र कार्की , नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ कि सचिव एबम गोकर्णेश्वर नगरपालिकाकी उप प्रमुख शान्ति नेपाल ,

महासमिति सदस्य बिमल ठकुरी, नेपाली कॉग्रेस काठमाडौं क्षेत्र नं ३ का पूर्व क्षत्रीय सभापति एवं वी.पी संग्रहालयका संस्थापक अध्यक्ष परशुराम पोखरेल  नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ क्षेत्रीय कोषाध्यक्ष एवम नेपाल मेडिकल कलेज आधिकारिक ट्रेड युनियनका अध्यक्ष किरण केसी , समाज सेवी एबम नेपाल भलिबल संघका केन्द्रीय  उपाध्यक्ष कुमारराज सुवेदी,  यज्ञडोल जगडोल सामुदायिक बनका अध्यक्ष सुदर्शन सिग्देल, नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ क्षेत्रीय प्रतिनिधि पुर्व जोरपाटी इकाई सभापति लाल बहादुर लामा,

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ गोकर्णेश्वर नगर पालिका वडा नं ८ इकाइ सभापति एवम् वडा अध्यक्ष मनोज कुमार ढुंगाना,नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि एबम गोकर्णेश्वर नगरपालिकाका सल्लाहकार दिपक रिसाल , नेपाल तरुण दल क्षेत्रीय अध्यक्ष संजय लामा,  गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल, स्व. गोपाल श्रेष्ठका परिवारजन आफन्त  लगायत नेपाली काग्रेसका कार्यकर्ता तथा सुभेच्छुकहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता नेपाल तरुण दल क्षेत्रीय अध्यक्ष संजय लामाले गरेका थिए भने भने कार्यक्रम संचालन जयराम भण्डारीले गरेका थिए।  कार्यक्रममा एक मिनेट स्व. श्रेष्ठ प्रति मौन धारण गरिएको थियो । श्रेष्ठको गोकर्णेश्वर नगरपालिका अत्तरखेल स्थित नेपाल मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो  । स्व. श्रेष्ठ नेपाल तरुण दल गोकर्णेश्वर नगर समिती अध्यक्ष हुनुको साथै नेपाल मेडिकल कलेज प्रा.लि., शिक्षण अस्पतालको सि.एम.आई. शाखामा कार्यरत रहेका थिए।

  विभिन्न् सामाजिक कार्यमा समेत अग्रणी भूमिका खेल्दै आएका उनि श्री कान्ति भैरबनाथ धिमे खल: को स्थापनाकाल देखि सल्लाहकारको रुपमा महत्वपूर्ण योगदान दिदै आएका थिए। उनले नगरमा इ भिलेज लगायतको कार्यक्रम सहित बिभिन्न कार्यमा सहयोगी भूमिका खेल्दै आएका थिए ।

कार्यक्रममा बोल्दै काग्रेसका सहमहामन्त्री डा. रामशरण महतले स्व.श्रेष्ठप्रति श्रद्धाञ्जलि दिँदै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् । उनले श्रेष्ठको निधनले राष्ट्र र पार्टीलाई अपूरणीय क्षति पुगेको बताएका थिए ।शोक सभामा बोल्दै  काठमाडौं क्षेत्र नं ३ का सभापति एवम गोकर्णेश्वर नगरपालिका नगर प्रमुख सन्तोष चालिसेले स्व.श्रेष्ठको निधनले काठमाडौं क्षेत्र नं ३ ले कर्मठ व्यतित्व र एउटा तारा गुमाएको बताउदै  , क्षेत्रमा उनले देखेका  बाकी अधुरा सपना पुरा गर्न नेपाली कांग्रेस हरदम साथमा रहने प्रतिवद्दता समेत व्यक्त गरेका थिए ।

स्व श्रेष्ठले  समाजिक, ,राजनीति स्वास्थ ,सूचना प्रबिधि क्षेत्रमा पुर्याएको योगदान सदा स्मरणीय रहेको भन्दै उनको छोरालाई नेपाल मेडिकल कलेजमा रोजगारी प्रदान गरिने पनि जानकारी गराएका थिए।  श्रेष्ठको निधनले सिंगो क्षेत्रलाइ  मर्माहित तुल्याएको बताउँदै राजनीतिक र सामाजिक क्षेत्रमा गरेको योगदानका कारण उनको सधैँ चर्चा हुने उल्लेख गरेका थिए ।

अल्पायुमै निधन भएका श्रेष्ठले आफ्नो जीवनकालमा गरेका राजनीतिक र सामाजिक योगदान अविस्मरणीय रहेको  बताए ।कार्यक्रममा, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत, नेपाल तरुण दल क्षेत्रीय अध्यक्ष संजय लामा लगाएतले शोक  मन्तव्य राखेका थिए ।

तपाइँको प्रतिक्रिया ।