सांग्रिला र मनकामना स्कुल आरुबारी युवा क्लब द्वारा आयोजित प्रथम अन्तर बिध्यालय सेभेन ए साइड फुटसल प्रतियोगिताको फाइनलमा प्रवेश

सांग्रिला र मनकामना स्कुल आरुबारी युवा क्लब द्वारा आयोजित प्रथम अन्तर बिध्यालय सेभेन ए साइड फुटसल प्रतियोगिताको फाइनलमा प्रवेश

कपन अनलाइन

काठमाडौँ फागुन २५।गोकर्णेश्वर नगरपालिका वडा नं ८ आरुबारीमा रहेको श्री आरुबारी युवा क्लब द्वारा विकास, अनुशासन  र गतिशिलता खेलाडीको पहिचान ,आपसी सदभाब,  भातृत्व र सदाचार हाम्रो अभियान , राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद भन्ने मूल नाराको साथमा  आयोजित  प्रथम अन्तर बिध्यालय सेभेन ए साइड नक आउट मेयर कप फुटसल प्रतियोगिताको शनिबार सेमीफाइनलका खेलहरु सम्पन्न भएको छ।

गोकर्णेश्वर माकलबारी स्थित मनकामना फुटसलमा जारि उक्त प्रतियोगिताको पहिलो सेमीफाइनल खेल जीवन तारा एकेडेमी बि  र सांग्रिला पब्लिक स्कुल बीच भएको  थियो। निकै नै प्रतिस्पर्धात्मक बनेको सो खेलमा जीवन तारा बि लाइ सांग्रिला पब्लिक स्कुलले ४-१ गोल अन्तरले पराजित गर्दै उपाधिको लागि आफुलाई सशक्त दाबेदारको रुपमा प्रस्तुत गरेको छ ।

सांग्रिलाको जितमा जर्सी नं२१का सान्गेल लामाले तीन गोल गरेका थिए भने जर्सी नं १० का राहुल तामाङले थप गोल गर्दै सांग्रिला पब्लिक स्कुललाई फाइनल को यात्रा तय गराए। जीवन ताराको लागि जर्सी नं ११० का राजेश केसीले सान्त्वना १ गोल गरेका थिए ।

त्यसै गरि शनिबार नै कान्ति भैराबलाइ प्रोटेस्ट परे पछि मनकामना स्कुल र समता शिक्षा नेकेतन बीच सेमी फाइनल खेल भएको थियो।  उक्त खेलमा मनकामना स्कुलले समता शिक्षा निकेतनलाइ ५-२ गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। मनकामना स्कुलका लागि जर्सी नं४ का रोजन खड्का जर्सी नं ५का अंकित केसी जर्सी नं  १० का मनोज मगर र जर्सी नं९ का सुबिन गुरुङले गोल गरेका थिए भने एक गोल समता बाट आत्मघाती गोल हुँदा  मनकामना स्कुल फाइनलमा प्रवेश  गरेको छ ।

समताको लागि जर्सी नं१ का पासाङ गोले र जर्सी नं७ का सुनिल तामाङले गोल गरे पनि जितका लागि त्यो गोल पर्याप्त हुन सकेन। अन्तत मनकामना स्कुल संग ५-२ गोल अन्तरले पराजित भएको थियो सेमिफाइनल खेलका निर्णायकका रुपमा आशिस सिलवाल रहेका थिए ।

फागुन २२ गते बाट शुरु भएको सो प्रतियोगिताको फाइनल खेल फागुन २५ गते हुने आयोजकले बताएको छ ।कुल  १२ बिध्यालयका १५ वटा टिमले सहभागिता जनाएको उक्त प्रतियोगितामा प्रथम दितीय हुनेले नगद पुरस्कार क्रमश रु २५ हजार र १५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरेको आयोजक संस्थाका अध्यक्ष फुर्साङ तामाङले  बताए ।आज फाइनलमा मनकामना स्कुल र सांग्रिला पब्लिक स्कुल उपाधिका लागि भिड्नेछन  ।

तपाइँको प्रतिक्रिया ।