प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै नेकपा बुढानिलकण्ठ -९ को   दीप प्रज्वलन

प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै नेकपा बुढानिलकण्ठ -९ को   दीप प्रज्वलन

कपन अनलाइन

काठमाण्डौ ,फागुन २१ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै नेकपा बुढानिलकण्ठ -९ ले  दीप प्रज्वलन गरेको छ ।

प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यका लागि सबै नेपालीको तर्फबाट दीप प्रज्वलन गरिएको  अध्यक्ष गोविन्द कटवालले   जानकारी दिए । प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन । उनको आज  बुधबार मिर्गौला प्रत्यारोपण गरिँदै छ ।

सो दिप प्रज्वलनमा नगर कार्यपालिका सदस्य सुमित्रा पाण्डे ,वडा सदस्य लड्डु खड्का सहित नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

 

तपाइँको प्रतिक्रिया ।