काठमाडौंको हाँडीगाउँमा फुड फेस्टिबल सम्पन्न
कपन अनलाइन
काठमाडौं ,फागुन २०। काठमाडौंको हाँडीगाउँमा फुड फेस्टिबल सम्पन्न भएको छ।टंगाल स्कुलमा होटल म्यानेजमेन्ट पढेका विद्यार्थीको आयोजनामा फागुन १९ गते सोमबार फुड फेस्टिबल गरिएको हो ।
उक्त फुड फेस्टिबलमा होटल म्यानेजमेन्ट पढेका विद्यार्थीहरूले बनाएका विभिन्न खानाका परिकार राखिएको थियो । फेस्टिबलमा २० भन्दा बढी स्कुल र कलेजले सहभागिता जनाएका थिए । ‘विद्यार्थीको क्षमता अभिवृद्धिका लागि फेस्टिबल आयोजना गरेका हौँ’, स्कुल व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र प्रजापतिले भने, ‘पढ्दापढ्दै विद्यार्थीले काम पनि सिकुन भन्ने उद्देश्य हो ।’ फेस्टिबलमा २ हजारभन्दा बढी विद्यार्थी सहभागी थिए ।