कविता !

कविता !

कपन अनलाइन

काठमाडौं ,फागुन २०। नवराज न्यौपाने ‘मौन’

एक: मनको वह

बाँस फुलेपछि तामा टुसाउदैन भन्छन्
पात झरेपछि सल्ला सुसाउदैन भन्छन्
पाखो नै छोडेपछि
बाँस फुले पनि के नफुले पनि के
आफ्नै आँखामा बादल लागेपछि
आकाश खुले पनो के नखुले पनि के
अनि, मनभित्रै घ्रिणा भएपछि
आफन्त होस् या पराइ
जसलाई भुले पनि के नभुले पनि के

दुई: आफ्नोपन
फेरिदै गर्छन् पातहरु
आखिर व्रिक्ष त एउटै हुन्छ
मोडिदै गर्छन्\ यात्रााहरु
आखिर लक्ष्य त एउटै हुन्छ
शुभकामना शुभचिन्तकहरुको हुन्छ
आखिर दृढता र अठोट त आफ्नै हुन्छ
सहयात्री हजारौं हुन सक्छन्
आखिर सिङ्गो यात्रा त आफ्नै हुन्छ

चुँदी ,तनहुँ ( हाल:- कपन्,काठ्माण्डौं )

 

तपाइँको प्रतिक्रिया ।