मोलुङ गाउँपालिकामा आयोजित बृहत कृषि प्रदर्शनी मेला – २०७६ सम्पन्न
कपन अनलाइन
काठमाडौं, फागुन २०। ओखलढुंगाको मोलुङ गाउँपालिकामा आयोजित बृहत कृषि प्रदर्शनी मेला – २०७६ सम्पन्न भएको छ।
वार्षिक स्वीकृत कार्यक्रमअनुसार गाउँपालिकास्थित प्राप्चाको सोमबारे हाटमा सो मेला आयोजना गरिएको हो ।
सोमबार आयोजना गरिएको मेलामा किसानहरुले खाद्यान्न वाली, तरकारी बाली, फलफूल बाली, दलहन बाली, नगदे बाली, मसला बाली, जरेबालीलगायतका कृषि उपज प्रदर्शन गरेको गाउँपालिकाका सूचना अधिकारी गोपाल नेपालले बताए ।
प्रदर्शनीमा सहभागी उत्कृष्ट किसानहरुलाई गाउँपालिकाले पुरस्कार र प्रमाणपत्र समेत प्रदान गरेको छ । गाउँपालिकाले प्रत्येक उपजमा प्रथम हुनेलाई ४ हजार, द्वितीय हुनेलाई ३ हजार, तृतीय हुनेलाई २ हजार र चौथो हुनेलाई १ हजारका दरले पुरस्कार वितरण गरेको छ ।
मोलुङ गाउँपालिकाले ‘कृषि पर्यटन हरियाली वन, समृद्ध मोलुङको खुसियाली मन’ भन्ने नारा लिएको छ ।