डाँडागाउँका दिदीबहिनीलाई क्षमता  विकास र सीप अभिबृद्धिका तालिम आबश्यक: उपप्रमुख रमा राई

डाँडागाउँका दिदीबहिनीलाई क्षमता  विकास र सीप अभिबृद्धिका तालिम आबश्यक: उपप्रमुख रमा राई

कपन अनलाइन

काठमाडौं ,फागुन २०।बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख रमा राइले  शहरका महिला दिदीबहिनीहरुलाई मात्र नभई माथि माथि गाउँका  महिला दिदीबहिनीहरुलाई पनि क्षमता  विकास र सीप अभिबृद्धिका तालिम आबश्यक रहेको बताइन।

उनले पेन्देलगाउँ  तामांग सामुदायिक होम स्टेको प्रथम वार्षिक साधारण सभामा सम्बोधन गर्दै  यस्तो बताएकी हुन् ।

उक्त कार्यक्रममा बोल्दै उनले  होम स्टेले आश गरेको अनुरुप विस्तार हुन् नसके पनि बिस्तारै विस्तार हुने आफु बिश्वस्त रहेको बताइएकी थिइन् । यहाँ सामुदायिक भवनको समस्या छ, होम स्टेको लागि बजेट मागेको वा नमागेको , दर्ता भए नभएको आफुलाई थाहा नभएको,  यति हुँदाहुँदै नि विभिन्न समस्याका बाबजुद सो होम स्टेले १ बर्ष पुरा भएको शुभकामना ब्यक्त गरेकी थिइन्।

उक्त स्थानमा आमा समूहले सामूहिक कृषि खेति गरेतापनि यस ठाउँमा आफुले हरियाली नदेखेको  बताइन।  यहाँका समस्याहरुलाई लिएर नगरपालिका छलफल गर्न तयार रहेको र विभिन्न समस्याहरुलाई लिएर नगरपालिका आउन आग्रह गरेकी थिइन्। नगरपालिकाले बीउ,  बिरुवा,माटो , मल बितरण गरिरहेको हुन्छ त्यस प्रति चासो देखाउन आग्रह गरेकी थिइन्।

आफुले  वडा अध्यक्षसंग डाँडागाउँका महिला दिदीबहिनीहरु शिक्षाको कमी भएको हुदा अनौपचारिक शिक्षा र साक्षात्कार कार्यक्रम संचालन गरी शिक्षामा आगाडी बढाउन आग्रह गरेकी थिइन् ।

उक्त क्षेत्रमा आफ्नु धेरै पटक आएको स्मरण गर्दै त्यस क्षेत्रका महिला दिदि बहिनीको क्षमता

विकास र आर्थिक समृद्धिका योजना लिएर आउन आव्हान गरेकी थिइन् ।

तपाइँको प्रतिक्रिया ।