गोकर्णेश्वर लाइट एकेडेमीको १२ औं अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

गोकर्णेश्वर लाइट एकेडेमीको १२ औं अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौँ, फागुन १८। गोकर्णेश्वर नगरपालिका वडा नं ४ माकलबारी स्थित गोकर्णेश्वर लाइट एकेडेमीले १२औं अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। शनिबार बिद्यालय प्राङ्गणमा भएको सो कार्यक्रमका प्रमुख अतिथिको रुपमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे प्याब्सन केन्द्रिय महासचिव कुमार घिमिरे महासचिव गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा सदस्य जयराम महत, इसान अध्यक्ष एबम होली एन्जल्स स्कुलका राजकुमार श्रेष्ठ, निसानका अध्यक्ष एबम लिबर्टी एकेडेमीका प्रिन्सिपल ओम प्रसाद ढकाल, भेनस नेसनल कलेजका क्याम्पस चिफ कृष्ण गौतम, नेसनल प्याब्सन गोकर्णेश्वर अध्यक्ष मोहन अधिकारी भेनस स्कुलका प्रिन्सिपल नेत्र दाहाल,जीवनतारा एकेडमीका प्रिन्सिपल अमर गिरि, भाइस प्रिन्सिपल नवराज सापकोटा बिभिन्न बिध्यालयका शिक्षक प्रतिनिधि शिक्षक अभिभावक र बिद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमका अध्यक्षता गोकर्णेश्वर लाइट एकेडेमीका प्रिन्सिपल सौर्य नाथ आचार्यले गरेका थिए भने कार्यक्रम संचालन चिरञ्जीवी नेपाल, पशुपति सापकोटा र बिद्यार्थीहरुले गरेका थिए ।राष्ट्रिय गान संगै शुरु भएको सो कार्यक्रममा बिद्यालयका डाइरेक्टर पुस्करराज नेपालले स्वागत मन्तब्य राख्दै विद्यालयले अहिलेसम्म गरेका संघर्ष, सफलता र आगामी योजनाका बारेमा जानकारी गराएका थिए। उल्लेख गरेका थिए ।

उनले बालबालिकालाई आधुनिक प्रविधिसँगै खेल्दै रम्दै सिक्ने वातावरण गोकर्णेश्वर लाइट एकेडेमीले सिर्जना  गरेको बताए ।  उनले शैक्षिक र अतिरिक्त विधामा बिद्यालयले हरेक वर्ष फड्को मार्दै गरएको पनि बताए। उनले बिध्यालयको शैक्षिक अभियानमा अभिभावकको साथले थप सहज भएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराईले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए।कार्यक्रममा स्कुलका विद्यार्थीहरूले विभिन्न जातीय सांस्कृतिक परम्परा झल्कने नृत्य,  देश प्रेम प्रकृति र वातावरण जोगाऔं भन्ने सन्देशमूलक नृत्य, गीत   लगायत शैक्षिक कला प्रतिभा प्रदर्शन गरेका थिए । कार्यक्रममा बिद्यार्थीहरुले चिनिया गीत समेत प्रस्तुत गरेका थिए ।कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराईले सबै अभिभावकहरुको आफ्ना बच्चाहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा अब्बल र सक्षम हुन् भन्ने चाहाना हुने भन्दै बालबालिकाहरुलाइ घरबाटै सिकाइको उपयुक्त वातावरण बनाइदिन अनुरोध गरेका थिए  ।

उनले बालबालिकाहरुलाइ उपयुक्त वातावरण बनाउन र प्रयाप्त समय दिनको लागि अभिभावकहरुलाइ अनुरोध गरे । भट्टराईले विद्यार्थीहरुको सिकाइ र बिकासका लागि अभिभावक र विद्यालय बीच समन्वय हुन आवश्यक भएको र दुबैको समन्वय र प्रयासबाट नै बालबालिकाहरुको बिकास हुने बताए ।कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्दै गोकर्णेश्वर नगरपालिका प्रमुख  सन्तोष चालिसेले पछिल्लो समय बालबालिकाहरुमा पश्चिमी संस्कृतिको मोह बढेकाले मौलिक संस्कृतिहरु हराएकोमा चिन्ता व्यक्त गरे ।  बिद्यालयले  बिद्यार्थीलाइ संस्कारको कुरा पनि सिकाउनु पर्नेमा जोड दिदै बिद्यार्थीको मनोभावना बुझेर घोकन्ते  बिद्या भन्दा व्यवहारिक शिक्षा दिनु पर्ने बताए।

 उनले बिध्यालयमा छोरा छोरि पठाएर मात्र अभिभावकको जिम्मेवारी पुरा भएको ठान्ने सोचको अन्त्य गर्नुपर्नेमा जोड दिदै अहिलेका बिद्यार्थीलाइ  प्रबिधि र नेपाली संस्कृति दुवैलाइ जोडेर शिक्षा दिनु पर्ने बताए ।विद्यार्थीहरुमा एउटा तह पुरा गरेपछि देशमा भन्दापनि विदेश जाने लहड चलेको भन्दै विद्यालयहरुले विद्यार्थीहरुलाइ मौलिक संस्कृति तर्फ केन्द्रित गराउँदै देशप्रती जिम्मेवारीबोध गराउन अनुरोध गरे ।उनले गोकर्णेश्वर नगरपालिकाको बारेमा जानकारी गराउने उदेश्य सहित स्थानीय पाठ्यक्रम निर्माण गरि लागु गरेको पनि बताए ।

कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्दै प्याब्सन केन्द्रीय  महासचिव कुमार घिमिरेले विद्यार्थीहरुलाइ अनावश्यक दबाब नदिन अभिभावकहरुलाइ अनुरोध गरेका थिए।  विद्यार्थीहरुलाइ पढाइमा अभिभावकहरुले दबाब दिने गरेको भन्दै घिमिरेले विद्यार्थीहरुको इच्छा र चाहना बुझेर व्यबहार गर्न अनुरोध गरे ।

सभाध्यक्षको आसन बाट बोल्दै गोकर्णेश्वर लाइट एकेडेमीका प्रिन्सिपल सौर्य नाथ आचार्यले उपस्थित सबैलाइ धन्यबाद दिएका थिए  । उनले शिक्षाको उज्यालो दिन बिध्यालय तयार रहेको बताउदै बिद्यार्थीको चौतर्फी बिकासमा बिध्यालय लागेको बताए। उनले बिध्यालय, पढाई संग बिद्यार्थी संग भएको फरक क्षमताको बिकासमा समेत लागेको बताए । उनले गोकर्णेश्वर लाइट एकेडेमीले  विशिष्ट पहिचान बनाउनुमा शिक्षक कर्मचारीको अथक मेहनत को साथै आम अभिभावकको माया र सहयोग  रहेको  बताउदै आगामी दिनमा पनि सबैको साथ र सहयोगको अपेक्षा गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।