नेसनल युनाइटेड स्कुल बुढानिलकण्ठ- ८ को अभिभावक दिवस तथा शैक्षिक प्रदर्शनी सम्पन्न

नेसनल युनाइटेड स्कुल बुढानिलकण्ठ- ८ को अभिभावक दिवस तथा शैक्षिक प्रदर्शनी सम्पन्न

कपन अनलाइन

काठमाडौँ फागुन १८ ।  बुढानिलकण्ठ नगरपालिका वडा नं—८ गणेशचोकस्थित नेसनल युनाइटेड स्कुलको अभिभावक दिवस तथा शैक्षिक प्रदर्शनी विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।  फागुन १७ गते शनिबारका दिन विद्यालय प्राङ्गणमा  उक्त कार्यक्रम सम्पन्न भएको हो
कार्यक्रमका प्रमुख अतिथी बृ्ढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख उद्धव प्रसाद खरेल, कार्यक्रमका सभापति एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सह–प्राध्यापक रेवती प्रसाद दाहाल तथा स्कुलका संस्थापक जे.बी. हमालले कार्यक्रमको संयुक्त रुपमा उद्घाटन  गरेका थिए ।

स्थानीय, समाजसेवी तथा अभिभावक सहित १००० जनाभन्दा बढीको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा नर्सरीदेखि कक्षा दशसम्मका विद्यार्थीहरूले तयार पारेका शैक्षिक तथा विज्ञानका सामाग्रीहरूको प्रदर्शनी गरिएको थियो भने सांस्कृतिक कार्यक्रम तर्फ नृत्य, गायन, नाटक, गीति नाटकका साथै वक्तृत्वको माध्यमबाट विद्यार्थीहरूले आफ्नो कलालाई उत्कृष्ट ढङ्गबाट प्रस्तुत गरेका थिए ।

कार्यक्रममा शैक्षिक सत्र २०७६ मा विभिन्न विधामा उत्कृष्ट हुन सफल शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई प्रमुख अतिथी, कार्यक्रमका सभापति लगायतले पुरस्कार वितरण गरेका थिए । सोहि कार्यक्रममा २०७५ सालको वार्षिक परीक्षामा प्रत्येक कक्षामा उत्कृष्ट तीन स्थान हासिल गर्न सफल विद्यार्थीहरू, वार्षिक अतिरिक्त क्रियाकलाप तथा खेलकुद कार्यक्रम—२०७६ मा उत्कृष्ट खेलाडी हुन सफल एकजना छात्र तथा एकजना छात्रा साथै प्रथम, द्वितीय र तृतीय हुन सफल हाउसहरूलाई समेत पुरस्कृत गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी खरेलले विद्यालयलाई उत्कृष्ट बनाउनको लागि अभिभावकहरूको भूमिकामाथि चर्चा गर्दै विद्यालय र समुदायको सहकार्यबाट समय सापेक्ष जनशक्ति निर्माण गरी समग्र विकासमा टेवा पुर्याउन सकिने कुरा बताए । नगरपालिकाभित्र सरसफाइको लागि उपस्थित सम्पूर्णमा अपिल समेत गरे ।

त्यसैगरि संस्थापक हमालले प्रविधिमैत्री शिक्षण विधिद्वारा सिकाइलाई अझै बढी प्रभावकारी बनाउन प्रतिबद्ध रहेको र आगामी दिनमा अझै बढावा दिदैँ जाने कुरा बताए ।
कार्यक्रममा अभिभावक तथा अन्य अतिथी वक्ताहरुले शैक्षिक तथा अतिरिक्त क्रियाकलापको माध्यमबाट दक्ष—जनशक्ति निर्माण गरी सुन्दर समाज निर्माणमा नेसनल युनाइटेड स्कुलले पुर्एयाएको योगदानको प्रशंसा गर्दै निरन्तरताको लागि शुभकामना व्यक्त गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।