नचाहदा नचाहदै !

कपन अनलाइन 

काठमाडौं ,फागुन १६ । गङगा अभिलाषी

२०७६ साल कात्तिक २९ गते शुक्रबार बिहान ९ः३० बजे संयोगले रेडियो नेपालमा फर्केर हेर्दा कार्यक्रम सुन्ने अवसर जुट्यो । यस कार्यक्रममा माइतीघरको हिरो सिपी लोहनीसँग कुराकानी थियो । मन अत्यन्तै प्रकफुल्ल भयो । कारण माइतीघरको हिरो मात्र होइन कुनै समय मेरो ठूलो दाजु यम ब रसाइली र भाउजु कान्ता रसाइली बसेको ठाँउ रघुपति जुटमिल जोगबनी क्वाटरमा सँगै बसेको र उहाहरुसँग नि राम्रै चिनजान आउजाउ थियो । भाउजुले कुनै समय भनेको झल्यास्स याद आयो । साथै म सानो हुँदा माइतीघर फिलिम हेरेको नि याद आयो । म त खुब खुशी हुँदै उहाँको बुढौली बोली सुने । उहाँको आवाज पूर्वका मोती चुडामणी रेग्मी स्रष्टा बोले झैँ लाग्यो । उहा त्यो समय गीत रेकर्ड गरेर गायकार भइसक्नु भएको र गीत रेकर्ड गर्न बम्बैै जाँदा अचानक त्यो फिलिममा खेल्ने अवसर पाउनु भएको रहेछ । उहाँ गायक, हिरो मात्र नभएर राम्रो खेलाडी नि भएको थाहा पाइयो । साथै डुब्न लागेको रघुपछि जुटमिललाई नि उहाँले नै उकासेको थाहा पाइयो । विराटनगर जुटमिल जुन हडताली हाट जोगबनिमा छ त्यो मिल उहाँको पिताजीले स्थापना गर्नुभएको
रहेछ । उहाँको अतितका मीठा कुराहरु सुने पछि माइतीघरको हिरोसँग बोल्न मनले घचघचायो । केहिछिन पछि रेडियो नेपालमा फोन गरे उठेन । प्रस्तोता नबिन दहाललाई फोन गरे अफिसमा हुनुहुँदो रहेनछ । मधुवन कार्यक्रम सुनेपछि प्रस्तोता नवराज लम्साललाई फोन गरे ।
“पmर्केर हेर्दा” को प्रस्तोता सन्तोष रेग्मीको नम्बर मागे खुशी हुदै नम्बर दिनु भयो । त्यसपछि रेग्मी सरलाई फोन गरेर सिपी लोहनी सरको फोन नम्बर मागे । “आज मसँग उहाँको नम्बर छैन भोली दिन्छु ११ बजेतिर फोन गर्नुस न” भन्नुभयो । शनिबार म घर भइँन । आइतबार फोन गरे । उहाले सिपी सरको फोन नम्बर दिनुभयो । मैले खुशी हुँदै सरलाई फोन गरे । छोटो परिचय दिए । “फर्केर हेर्दा” कार्यक्रममा तपाईको कुराकानी सुनेको थिए । रघुपति जुटमिलमा तपाईसँग कार्यरत यमबहादुर रसाईली हुनुन्थ्यो नि म उहाँको बैनी हो मैले नि रघुपति जुटमिल देखेको बसेको ठाँऊ हो नि” भने । “त्यसैले फोन गरेको” भने । “यम बहादुर चिन्नु भो” भनेर सोधे “अ अ याद आयो” भन्नुभयो ।
रेडियोमा उहाको कुराकानी सुन्दा माला सिंहा साथमा हुनुहुन्छ हुनुहुन्न थाहा पाउन सकेकि थिइन र सोधे “मेडम साथै हुनुहुन्छ ?” अ छिन् भन्नुभयो । खुशी लाग्यो । अनी छोरा छोरी सोध्न मन लाग्यो । एउटी छोरी हो ।साथै हो ? सोधे । “छैन विवाह भयो बम्बैतिर बस्छे कहिलेकाँही उ आउछे, कहिले हामी जान्छौ उतै” भन्नु भयो । “यमबहादुर रसाइली दाजुले भैरहवामा ३५ सालमा प्राइभेट स्कुल चलाएर बस्नु भो सन्चै राम्रै छ उहाहरुलाई नि” भने । “तपाईको
कुराकानी सुने राम्रो लाग्यो भने । फोनवार्ता बन्द गरे । दाइ म उता आए भने भेट गर्छु ल” भन्न भ्याए । मंसिर ५ गते धरान निवासी मेरी भाउजु गीता रसाईलीको देहान्त भयो । ठूलो दाजु भाउजुसँग धरान गए । सीपि सर सँग कुराकानी गरेको बताए ।
त चिता म पु¥याउँला भनेको त्यसै भनिएको होइन रहेछ । मंसिर २६ गते छोरी विदेशबाट आउने लिन जानपर्ने भयो । म काठमाण्डौ २४ गते हिडे । कारण २५ गते सीपि लोहनी र माला सिंहालाई भेटन जाने हो भनेर । २४ गते साँझ साहित्यक मित्र सीता विष्ट कार्कीसँग भेट भयो । उहाँलाई मेरो कुरा बताए । “अहो साथी २६ गते जाउन मलाई नि भेटन मन लाग्यो” भन्नुभयो । २६ गते जाने निधो भयो । २५ गते वरिष्ठ गीतकार सुरेन्द्र राना र वरिष्ठ लेखक सूव सेनसँग भेट गरेर समय व्यतित गरे । उहाँहरुले भेटने अवसर दिनुभयो ।
२६ गते बिहान भतिज सरद गहतराज र फोनमा कुरा भएको साथी सीता ढुङगानासँग कुरा हुँदा त म त आज माला ंिसंहा र सीपि लोहनी माइतीघरको हिरो हिरोइन सँग भेट गर्न जाने हो नि भनि हाले ।
२६ गते मलाई साँझ ३ बजेपछि छोरीलिन एयरपोर्ट जान थियो २ बजेसम्म घर आइन्छ भनेर सिपि सरलाई भेटन जाने योजना बनाए । दाजु म हजुरलाई भेटन आउछु घर कता हो बताइदिनु न भनेर घरको ठेगाना त अघिल्लो दिनै लिए कि थिए । फेरी मनले नमानेर विहान १० बजेतिर फोन गरे “दाजु हामी ११ बजेतिर हजुरको घर आउछौ ल” भने “ए आज नआउनु ल मलाई त कस्तो गाह्रो भएको छ । हस्पिटल जादैँ छु भोली पर्सितिर आउनु ल” पो भन्नुभयो । म त वाल्ल जिल्ल र ट्वाल्ल परे । हुन्छ भन्दै फोन राखे । बिहान धक्कु लगाको खिस्रिक्कै भए । यता साथीसँग हिड्ने कुरा छ कसो गर्ने दुइ तिन बजे सम्म समय बिताउनु छ । के गर्ने सोचेर नियात्राकार चन्द्रप्रसाद भट्टराइलाइ फोन गरे आज त भेट हुदैन नि गङ्गा जी भन्नु भयो । अभिवयक्ति र रचना सम्पादकको फोन नम्बर मागे । नगेन्द्रराज शर्मालाई फोन गरे । हुन्छ २ बजे सम्ममा आउनु भन्नुभयो । हामी दुई १२ बजे भित्रमा नै पुग्यौ । त्यँहा संयोगले आदरणीय स्रष्टा धुर्व गौतमसँग परिचित हुने मौका पाए । हामी क्षणिक भेट पछि गीतकार रत्न शमशेर थापालाई भेटन जाने योजना बनायौ । उहाँहरुलाई सोधेर फोन नै नगरी गयौ । कमलादी पुगेर कृष्ण पारोटी भण्डार खोज्दै गयौ । त्यहाँ सोध्यो भने जसले नि बताइ दिन्छ भनेर रतन दाईसँग फोनमा पहिलो पटक जन्म दिनको शुभकामना यसै वर्ष दिदा थाहा पाए कि थिए । केहि समयपछि सोध्दै केन्द्रविन्दुमा पुग्यौ । कस्तो संयोग त्यो दिन उहालाइ पोखरा जान पर्ने थियो तर गइन भन्दा, अहो हामीलाई भेट हुन जुरेको रहेछ नि दाई भनेर खशी व्यक्त गरियो । क्षणिक भेटघाटमा उहाँसँग रमाउदै क्यामेरामा कैद भइयो । स्रष्टा हजुरले पुस्तक पढनु हुन्छ सोधे अ पढछु नि भन्नुभयो । मेरो कथा संग्रह दिन्छु भनेर नाम लेखे । उहाँले नि आफनो कृति कविता संग्रह २०३६ सालमा प्रकाशित कृति चकलाभरिको घाम सप्रेम उपहार दिनुभयो । कठै बरी मैले त भेरो पुस्तक दिनै पो बिर्सेछु । आधा बाटो आएपछि थाहा भयो । २९ गते पुरानो बानेश्वर निवासी भदैनि ज्वाइ चन्दन शंकरद्वारा पुस्तक पठाइदिए । सहयोगको लागि धन्यवाद । यसो घढि हेरियो दुइ बजेको थियो । जे सुकै होस हामी सिपी सरलाई भेटन जाउ है भनियो र रतन दाइलाइ उहाँको घर सोधियो । डिल्लि बजार यहाबाट हिडेरै पुगिन्छ भन्नुभयो ।हामी हतारिदै डिल्लिबजार हिडियो । बाटोमा एकजना उभिएको व्यक्तिलाई डिल्लिबजार कता हो भनेर सोध्ने क्रममा माला सिंहा र सिपी सरलाई भेटन हिडेको बतायौ । खुशी हँुदै उहाँले ए म उहाँको घर ३० वर्ष अगाडी बसेको हो फलाना ठाँउमा छ भनेर बताइ दिनुभयो । अनि उहाँको नाम सोधे माधव तिमिल्सिना रहेछ । हामी त्यो ठाँउमा त पुगियो तर घर पहिल्याउन सकेनौ । अनि फोन गरे सिपी सरले नै फोन उठाउनु भयो । दाइ म त हजुरको घर आए कुन घर होला सोधे । “ए…. निलो गेट खुल्ला छ नि त्यहा भित्र छिर्नु” अरु घर भएकोले अलमल पर्दै थियौ एकजना बैनि हामीलाइ लिन आउनु भयो । हामी उहाको घर मान नमान मे तेरा मेहमान भने झै टुप्लक्क पुगियो । दाइ नमस्कार नआउ भन्दा भन्दै पो आइयो क्षमा चाहन्छु है भने । ल ठिकै छ भन्दै हल्का मुस्कुराउनु भयो । म मात्रै बोले उहा खास बोल्नु भएन । केहि बेर पछि सीता जीले माला सिंहा संग भेटछौ नि भन्नु भयो । उसलाइ संचो छैन सुति राखिछिन् भन्न भयो । पुनः आग्रह गरियो हन्छ त भन्दै माथी जानु भयो । हामी कोठामा फोटो खिच्न रमायौ फिलिम स्टाइलको घर थियो । माइतिघर फिलिमको तस्बिर थियो । क्यामरामा कैद गरियो । माला जीलाइ सरले ल्याउनु भो । म त छक्क परे मैले त धेरै बुढि नै सोचेको थिए । कस्तो फ्रेस अनुहार देखेर अचम्म लाग्यो । नमस्कार भन्दै माथि उल्लेखित दाजु भाउजुको नाम लिए । म उहाको बैनी हो छोटो परिचय दिए । म भैरहवाबाट आएको बुद्ध जन्मेको ठाँउ लुम्बिनीको नजिकबाट भने । मैले लुम्बिनी जानु भाको छ ? सोधे । गएको छैन भन्दा मलाइ अचम्म लाग्यो । अब लुम्बिनी घुुम्न आउनु होस है एकपटक भने ।सीताजीले गोंगबुबाट आएको जानकारी दिनु भयो ।
सीता जीले कतिवटा फिलिम खेल्नु भो सोध्दा अछामी बंगाली हिन्दि नेपाली गरेर यस्तै दुइसय वटा जति खेलियो जवाफ पायौ । दाजु दशैमा यो घर कति रमाइलो हुन्छ होला नि बुडाबुडि भएकोले यो जिज्ञासा राखे अ हुन्छ भन्नुभयो । “अनी छोरी ज्वाइ दशैमा आउनु हुन्छ ?” सोधे । छोरीले छोराछोरी नपाउने भनेर जन्माइन घर भरी कुकुर पालेर बसेकि छ खासै आउदिन पो भन्नुभयो । छोरीले फिलिम खेल्नु भो कि नाइ मलाइ थाहा नभएर सोधे । अ खेली पछि मन नपरेर आफै छाडि भन्नु भयो । अब सम्झनाको लागि फोटो त खिच्न प¥यो भनेर अनुमति मागियो । खशी हुदै साथीको मुबाइलमा कैद भइयो । म त फोटो बनाएर राख्ने होनि मनको कुरा नि राखे । माला जीले खै कस्तो आउछ फोटो खुशी हुदै हेर्नुभयो । “अ राम्रै आको रहेछ हेर्नु त” भन्दै सबै फोटो हेर्दै जानु भयो । त्यही मौकामा अपठ्यारो मान्दै उहाहरु तीन जनालाई मेरो मोबाइलमा कैद गरे । म तीन बजे एरपोर्ट पुग्न पर्ने भनेर हतारिदै त्याँहाबाट विदा लियौ । विदा लिने क्रममा “दाजु म हजुरलाई दाजुको साथी मानेर नै भेटन आएको अन्यथा नमानिदिनु होस् गल्ति भए माफ पाउ है” भन्दै विदा भए । “अहो धन्न भेट हुन पायौ नि पुरानो फिलिमको हिरो हिरोइनसँग” भनेर आफै गमक्क परियो । यता म सिधै एयरपोर्ट नगएर गोंगबु ठूलो ज्वाइसँग जाने भएर छोरीलाई लिन जान भने ढिलो भयो छोरी पाउँ है ।
साँझ छोरी लिएर आएपछि “सीता जी सिपी सरको घर खिचेको फोटो चाहियो नि फोटो पठाउनु होस् न” भन्दा त “ए साथी उहाँहरुसँग खिचेको फोटो नै पो छैन” भन्दा म त अचम्मै भए । अहिलेको युगमा उहाँहरुसँग भेट गरेको कुरा समाजिक संजालमा राख्न नपाएको खिस्रिकैकै परियो । मनले चाहेको व्यक्तिलाइ भेटन पाइयो आफु भन्दा ठूलोलाइ आदर गरियो । जे होस उहाँले नचहँदा नचाहँदै भेटन गइयो समयलाई धन्यवाद छ । रेडियो नेपाल प्रस्तोता सनतोष रेग्मीलाई धन्यवाद ।

तपाइँको प्रतिक्रिया ।