लाग्दैन निद्रा कसै !
कपन अनलाइन
काठमाडौं ,फागुन १६ । चन्द्र वदना घिमिरे/ कविता
सानो हो तर विश्वकै छ गुण यो भूगोलको चित्रमा
यो नेपाल बिशाल शान्त सुन्दर भनी चर्चा थियो विश्वमा
भत्केला कि अखण्ड खण्डित हुँदै पर्दै चिरा पो जसै
सम्झ्यो चस्कन थाल्छ भित्र मुटुमा लाग्दैन निद्रा कसै ।
भाषा जात र धर्मका विविधता यो राष्ट्र आभुषण
मिल्दै आपसमा परस्पर गर्यौं सत्कार्य सम्पादन
के भो उल्टिगो सबै विथोलियो सम्झन्छ राती जसै
अत्तालिन्छु प्रयत्न सुत्न तिर खै लाग्दैन निद्रा कसै ।
मान्छे क्रुर र निर्दयी हुन गयो भै स्वार्थ लिप्सासित
पापी तस्कर लोभ दुर्गण मिलि बन्दो भयो विकृत
हत्या निर्मम विभत्स शवको देखेर टुक्रा जसै
प¥र्यो चोट हरे म भित्र गहिरो लाग्दैन निद्रा कसै ।
कठै मनावता गयो अव कता ? हत्या र हिंसादिका
चोरी औ लुटपाट या हरणका बढ्दै गए श्रृङ्खला
मान्छे डर्दछ आज मानिस सँगै सन्त्रासभै मृत्यु कै
कस्तो आउँछ भोलिको दिन भनी लाग्दैन निद्रा कसै ।
टुक्रेला कि कतै कठै मुलुक यो जातिय भाषागत
आफ्नै देश पराइ हुन्छ कि भनी रुदै रहेकी म त
खै के भो किन यो कहाँ र कसले हानी पुर्योया उसै
भित्रै देखि फतक्क भै तन गल्यो लाग्दैन निद्रा कसै ।