जीवनको स्वाससँगै
कपन अनलाइन
काठमाडौं ,फागुन १६ । बिक्रम श्रेष्ठ “सागर”
जाँदै छु म फेरि आउने छैनँ !
सुनिदेऊ बेलिबिस्तार,
मेरो कोही छैन !!
घडीको पला म गनिरहेछु !
मुटुको ढुकढुकी छामिरहेछु !!
अन्तिम हो आज जीवनको स्वास !
नकहलिऊँ म बेवारिसे लास !!
मधुर कण्ठ म हराइरहेछु !
व्यथाले स्वयं पिल्सिरहेछु !!
सास रहे आश भनी बाँचिरहेछु !
कथा बनाई सुनाउन चाहिरहेछु !!
जाँदै छु म फेरि आउने छैनँ !
सुनिदेऊ बेलिबिस्तार,
मेरो कोही छैन !!
तपाइँको प्रतिक्रिया ।