हत्केलामा संसार !
कपन अनलाइन
काठमाडौं ,फागुन १६ । सुशीला देउजा
हो, आज चमत्कारिक बैज्ञानिक आविष्कारले गर्दा साघँुरिदै गएर संसार हत्केलामा अटेको छ । हात हातमा भएको यो यन्त्रले संसारमा तहल्का मच्चाएको छ । ‘खुलजा सिमसिम’ भने जस्तै संसारका हरेक कुरा हेर्न सकिन्छ । बुझन सकिन्छ । सुक्ष्म भन्दा सुक्ष्म कुरा पनि पत्ता लगाउन सकिन्छ । आज नभई नहुने जीवनको एउटा अभिन्न अंग जस्तै बनी सक्यो । कुनै वेला सोच्न पनि नसकिने असम्भव जस्तो लाग्ने कुरा कुनै कल्पनाशील मानिसको दिन रातको मेहनत बुद्धि र प्रयासले यो सम्भव हुन गयो । हो यो युगको सबै भन्दा आश्चर्यजनक महत्वपूर्ण उपलब्धीमा गनिन्छ । यो हो ‘मोवाईल फोन’ । आइफोन, स्मार्टफोन कम्पनि पिच्छे अलग अलग सुविधायुक्त छन । दिनपर दिन विकसित हुँदै हँुदै यसमा संसार नै अटेको छ । हातमै अटने यो जहाँ जुनसुकै बेलामा पनि सजिलैसित प्रयोगमा ल्याउन सकिन्छ । ‘जाने श्रीखण्ड नजाने खुर्पाको बीड’ भने जस्तै बुद्धिमानले यसबाट मनग्गे फाईदा उठाएका छन् भने मुर्खले दुर्घटना निम्ताएका पनि छन । संसारमा दुष्टहरुको कुनै कमि छैन ।
कुनै वेला अमेरिका फोन गर्नु प¥यो भने कति दिन अघि समय लिएर फोन गर्न सुन्धारा जानु पथ्र्याे । निकैवेर कुरेर उताकोसँग लाईन मिलाएर बल्ल हामीलाई बोल्न दिन्थे । त्यहि पनि राम्रोसँग बुझिदैनथ्यो त्यसवेला जम्मा तिन मिनेटको बा¥ह सय रुपिया लाग्थ्यो । तर आज पृथ्वीको पल्लो छेउका सँग पनि सित्तैमा अगाडि बसी अनुहार हेरी– हेरी कुरा गर्न पाईन्छ । प्रबिधि कति अगाडि बढीसक्यो । अझ कहा पुग्ने हो । संसारको कुनै घटना पलभरमै भाईरल बनी सर्बत्र फैलन्छ ।
धेरै अघि एउटा देवताको जस्तो लाग्छ सिनेमा हेरेकि थिए ।
जसमा मायावी जादुले कहाँको दृश्य हेर्न मन लाग्यो हत्केलामा हेरेको देखाईएको थियो । अचम्म लागेथ्यो यस्तो पनि हुन सक्छ र ? उसबेला कसको कल्पना होला ? कसको दिमागको उपज होला ? के सोचेर त्यस्तो दृश्य राख्न लगाए होलान । जसले आज साकार रुप लिएको छ । सर्बत्र फैलिएको छ । तर आज मायावी जादु जान्ने हुनु पर्दैन । एउटा साधारण मानिसले पनि चलाउन सक्छ । आज हात हातमा भएको मोवाईल फोनमा जसले जहाँको जे हेर्न चाहे पनि हेर्न सक्छन । प्रविधीको कमाल हत्केलामा नै संसार अटेको छ । यसमा जे खोजे पनि पाईन्छ । यसका अनगिन्ती फाईदा छन । जस्तै हालसालै यहि फोनकै मद्दतले हेलिकप्टर एक्सीडेन्टमा घाईते एक यात्रुलाई उद्दारकर्ताहरु बचाउन सफल भए ।
यस्तै यसको गलत प्रयोग पनि अति भएको छ । आज समाजमा बलात्कारका घटना दिनो दिन बढदै जानुमा यो पनि प्रमुख कारक तत्व हो । शैतानी दिमाग भएकाहरुको केवल अपराधी कार्य प्रति नै ध्यान केन्द्रीत हुन्छ र यस्ता दुर्घटनाहरु बढ्दै जान्छ । सरकारले यसवारे छनविन गर्दै रोकथामको लागि कडा भन्दा कडा मार्ग अपनाउनु पर्छ ।
कुनैबेला नेपालमा फोन जरुरत हैन सौखको रुपमा हेरिन्थ्यो । फोनको घन्टी बज्दा पनि रमाईलो लाग्थ्यो । समयले कसरी फड्को मारी सक्यो । आज सर्बसाधारणको हातमा पनि महङ्गा महङ्गा फोन देखिन्छ । यो जरुरत हो वा फेसन ? साधारण फोनले पनि काम चल्ने ठाउमा महङ्गा फोन बोक्ने होडबाजी नै चले जस्ता लाग्छ । अझ यसको अर्काे विशेषता बनेको छ सेल्फी । को कहाँ घुम्न गयो । आज कसले के खायो के लायो दिनभर के के ग¥यो सबै सेल्फी खिचेर फेसबुकमा राख्छन । यसैबाट सबै कुरा थाहा हुन्छ । सेल्फी खिच्दै फेसबुकमा राख्ने चलन पनि एउटा सरुवा रोग जस्तै अत्याधिक बढेको छ । सेल्फी खिच्दा धेरै दुर्घटना भएको छ । आज सेल्फीको दुरुपयोग पनि त्यत्तिकै बढेको छ । सेल्फी खिच्ने धुनमा कतिले अरुको भावना संवेदना र मर्मको ख्याल नराखेको पनि देखिएको छ । केही समय अगाडिको कुरा हो बंगलादेश विमान दुर्घटना हुँदा जम्मा भएका मानिसहरु घाईतेको उद्ददार गर्नु साटो सेल्फी खिचेर फेसबुकमा राख्न हतारिएर । बचेका एक यात्रुको भनाई थियो ‘अब नेपालीको संवेदनशिलता सहयोगी भावना मरे छ की क्या हो घाईते यात्रु बचाउनुको साटो सेल्फी खिच्न हतारिएको देखेर चित्त दुख्यो’ । हुन पनि हो सेल्फी खिच्ने भन्दैमा जस्तो ठाउमा पनि खिच्ने ? ठाउ र परिस्थिती पनि त हेर्नु प¥यो विचार गर्नु प¥यो । अस्ति भर्खरको कुरा हो एक जना आफन्तको अन्त्येष्टिमा घाटमा पुगेकी थिए । सबैका हात हात महङ्गा महङ्गा फोन थिए । संवेदनशील अवस्था परिवार सबै दुखमा डुबेका थिए । संवेदना ब्यक्त गर्दै दुःख मनाउनुको साटो हरेक पलपलको दृष्य मोवाईलमा कैद गर्दै थिए । चिनोको रुपमा एउटासम्म फोटो लिनु त ठिकै थियो । सिनेमा खिचे जस्तो वरिपरिका दृष्य । मलामी सबै तिर घुमाउँदै कुनै दृष्य पनि बाँकी नराखी खिच्दै थिए । कस्तो परिस्थिति कस्तो अवस्थामा फोटो लिदै छु भन्ने हेक्का नभएको हो कि उ वा आफनो हमङ्गो फोनको प्रदर्शन हो छक्क परे दुखमा पनि उनीहरुलाई देखेर मन कुडीयो । भन्न मन लाग्यो ‘नपाउनेले केरा पायो बोक्रासितै खायो।’