मौसम !

मौसम !

कपन अनलाइन 

काठमाडौं ,फागुन १६ । पवनकुमार बुढाथोकी/ कविता

खोई
यो मौसमको चाला
बुझ्दै बुझिएन
रातभर आकाश खुलेर
त होला
चिसोले गर्दा
सिरकबाट निस्कनै
मन मानेन !
बल्ल बल्ल सिरकबाट उम्कियो
नित्य कर्मको लागि
एक आधा घण्टा बिताए पछि
कलेज जाँदा
चिसो स्याँठले गर्दा
हात पाउ ठिराएको
अझैसम्म सकिनँ बिर्सन !
आकाश खुलेपछि
बिहान सबेरै
ठिहिराउनसम्म ठिराए पछि
दिँउसो घाम रन्कनसम्म पनि
रन्कनु पर्ने हो
तर
मौसमले यो स्वभाविक प्रक्रिया पनि
थालेछ बिर्सन
जसरी,
अरूको मत साथ र सहयोग पाई
अगाडि बढेका प्रतिनिधि पात्रहरुले
फस्ल्याङ्गफुस्लुङ्ग पारि
पदमा पुगिसके पछि
शक्ति र घमण्डले मात्दछ्न
त्यहि दुःखी गरिब असहायका
क्रन्दन र पीडा सुन्दा
उनैका कम्पारा तात्दछ्न !
त्यस्तै प्रकारले
अस्वाभाविक चरित्र
मौसमले पनि देखाउन थाल्यो
जाडो ल्याइ ल्याइ फुर्किन थाल्यो !
रातभर नाङै बसेको आकाशले
दिउँसो भएपछि
बादलको घुम्टो ओढेर बसिदियो
सिधा सुर्यबाट आउने तातो किरण
आजको कालो बादलले
आउरे भाउरेले आफू बाहेक
अरूलाई मान्छेनै नगनी
आफ्नो बढाएर
अरुको अधिकार हनन गरेझैं
हडपिदियो !
न्यानो घाम पनि रोकिदियो !
यस्तो चरीत्र पनि
सकिएन है बुझन्
आखिर
सुबिधा बिमुख
हामीहरुले माघको
आधाआधी कटिसक्दा पनि
जिउ तात्ला कि भनेर
पाईएन है रमाउन !
के हो ? किन हो ?
नेपालीलाई पश्चिमी वायूले
भूमध्य सागरदेखि
मध्य पूर्व हुँदै अरब सागर
कास्मिर छिचोल्दै
बिन सित्तिमा दूख दिन
किन पो थालेको हो
बारम्बार पानी पारी पारी
वातावरण नै हिलो बनाउने गरि
खोजिरहेको हो पच्छ्याउन !

तपाइँको प्रतिक्रिया ।