अपरिपक्व बजेटले असन्तुष्टि बढायो

कपन अनलाइनबद्रि भट्टराई०७० पौष २८
परम्पराको निरन्तरता संगै कपन गाविसको ०७१ ÷७२ को बजेट पारित भएको छ । एकिकृत योजना तर्जूमा समित नामको समितिले छनौट गरेको बजेटलाई कपन गाविसले ढाँटेर गाउँ परिषद् भन्दै बजेट सार्वजनिक गरेको हो । राजनीतिक दलका २ दर्जन कार्यकर्तालाई मञ्चमा राखेर सार्वजनिक गरिएको बजेट अत्यन्तै अपरिपक्व भएको टिप्पणी चारैतिर फैलिएको छ । योजना छनौट तथा कार्यनीतिलाई नियाल्ने हो भने कपन गाविसमा पहँुच नपुग्ने स्थानीय जनताहरुलाई यस बजेटले छुन सकेको छैन । कार्यका आधारमाभन्दा पनि दलहरुको निकटताका आधारमा बजेटको बाँडफाँड हुने प्रशस्त आधारहरु योजनाहरुमा भेट्न सकिन्छ । तथापि विकासका कामहरुलाई सकारात्मक रुपमा लिनु पर्नेहुन्छ ।

 

यस पटकको बजेटले पनि पहिलो प्राथमिकता बाटोलाई नै दिएको छ तर विगतमा विनियोजित बजेट तथा बाटाघाटोको कमजोरी लाई ढाक्दै सम्पूर्ण बजेट सहि सदुपयोग भएकोसमेत निर्णय गरेको छ । बाटो विस्तार तथा नयाँ सम्भावना बोकेका स्थानहरुको चयनमा भने बजेट मौन छ । ०७१÷७२ को बजेटले कपन गाविसलाई नाममामात्र पर्यटकीय स्थान बनाउने निश्चित भएको छ । यस बजेटमा कपनका मठ मन्दिर कहिकतै समिटिएको पाईदैन । कला साहित्य र संस्कृतितर्फ रु १,००००० (एक लाखको बजेट) विनियोजनले राजनैतिक दलका अहिलेका प्रतिनिधीहरु योजनाविहिन भएका स्पष्ट देखाउँछ । जब कि केही समय अघि कपन अनलाइनले गरेको सार्वजनिक बहसमा कपनलाई पर्यटकीय क्षेत्र बनाउने उद्घोष राजनैतिकदलहरुको गरेका थिए । कपन प्रवेश गर्ने मूख्य नाकाहरु निलो पुल, ढलाने पुल , तेन्जिनचोक(ढुंगेन चोक), चुनिखेलजाने मार्गलगायतका स्थानहरुमा केही नयाँ योजनाहरु बजेटमा आउन सकेनन् ।

 
०७१÷७२को बजेटले कपनमा यूवाहरुको अवस्था अत्यन्त कमजोर बनाएको छ । विगतमा यूवा सचेतनामार्फत २,००००० ( दुईलाख) विनियोजन भएकोमा हाल सो शीर्षकसमेत हटाइएको छ । यस बजेट निर्माणमा राजनैतिकदलहरुले युवालाई प्रयोग गर्ने साधानमात्र बनाएको पाइन्छ । कपनमा सामुदायिक भवनको संख्याभन्दा धेरै गुणा बढी क्रियापुत्री भवन भएको तथा त्यसको निर्माणमा गाविसले लागानी भएको देखिन्छ । कपन ह्याण्डबल मैदान संगै रहेको सार्वजैनिक शौचालय र ह्याण्डबल भवनलाई यस वर्षको बजेटले सम्झिए पनि सो भवन संगै ६ वर्ष अघि देखि निर्माणधिन अवस्थामा रहेको खेलकुद योजना बोकेको संस्थालाई पूर्णतः वेवास्थामात्र हैन त्यो निर्माणाधीन भवनको नामसमेत पुस्तिकामा उल्लेख गरिएको छैन । निर्माणाधिन सदाबहार खेलकुद समाजको भवन त्यो संस्था हो जुन संस्थाले कपनमा भएको आकासेधाराको पहिचानलाई अन्तराष्ट्रिय स्तर सम्म ह्याण्डबल मैदानको रुपमा चिनाएको थियो ।

 
यस वर्षको बजेटले महिलाहरुको विषयमा वाध्यताका कारण छुट्याउनु बाहेक भएकाले आफ्नो कुनै विशेष योजना भने दिन सकेन । अघिल्ला वर्षको समिक्षासमेत बजेटले उल्लेख गर्न सकेको छैन । फेरि एकपटक तालिम केन्द्रित कार्यक्रमका लागि १५ लाख रुपैंया महिला संस्थाहरुलाई बाँडिने काम हुने भएको छ । आगामी वर्षको बजेट तर्फ गाविसले आकस्मिक तथा विविध योजनातर्फ रु १४,०००० (चौध लाख) विनियोजन गरेको छ , युवा, पर्यटन तथा विशिष्ट क्षेत्र तर्फ बजेट अभाव देखाएर आकस्मिकतर्फ यत्रो रकमविनियोजन गर्नुलाई स्थानीयहरुले आफ्ना कार्यकर्ताहरुको योजनालाई पछि दिने आश्वासन रकम देखाइएको हुन सक्ने समेत बताए । २०६९ पौष २८ र २०७० पौष २७ का गाउँ परिषदका निर्णायक व्यक्तिहरुले यस बजेटलाई निगाह बक्स गरेको नभई स्थानीय जनताहरुको कर र राज्यले प्रदान गरेको नागरीकहरुको अधिकार लाई मध्यस्थतामात्र गरेकाहुन् । विकास संग प्रत्यक्षजोडिएका विषयहरु भएकाले आम नागरीकहरुले बजेटलाई स्विकार्ने छन् र भविष्यमा यसको समिक्षा समेत गर्दे जानेछन् ।

तपाइँको प्रतिक्रिया ।