४७ जनाले गरे रक्तदान
[pullquote]सहकारीहरु सामाजिक गतिविधिमा लाग्नुपर्छ – दिपक पनेरु[/pullquote]
कपनअनलाइन÷२८ पौष
कपनको सहकारीका क्षेत्रमा क्रियाशील संस्था सप्तदेव बचत तथा ऋण सहकारी संस्थाले हिजो पौष २७ गते रक्तदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा ४७ जना स्वयंसेवी रक्तदाताले रक्तदान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघका सञ्चालक दिपक पनेरुले प्रमाण पत्र वितरण गर्नुभएको थियो । उक्त अवसरमा कपन अनलाइनसँग कुरा गर्दै पनेरुले सहकारी संस्थाहरु सामाजिक कार्यक्रममा सदस्यहरुसँग सम्पर्कमा रहिरहनुपर्ने र यस्ता कार्यले संस्थाको विश्वसनीयता अझ बढ्ने बताउनुभयो ।
कार्यक्रमका बारेमा बोल्दै संस्थाका अध्यक्ष शंकरराज न्यौपानेले सामाजिक क्षेत्रमा क्रियाशील युवाहरुद्वारा सञ्चालित संस्थाले यसअघि नै यस्ता सामाजिक कार्यक्रम गर्नुपर्ने आवश्यकता महसुस गरेतापनि संस्थालाई सुदृढ बनाउन लागेका कारण सामाजिक गतिविधिमा कमी देखिएको र अब उप्रान्त संस्थाले सामाजिक गतिविधिलाई समेत प्राथमिकता दिने बताउनभयो ।
कार्यक्रमको सहआयोजकमा युवा एकीकरण क्लब रहेको थियो भने कपनका अन्य क्रियाशील क्लब तथा व्यापारिक प्रतिष्ठानहरु कार्यक्रमको सहयोगी संस्थाका रुपमा रहेको र उनीहरु सबैलाई संस्थाले धन्यवाद ज्ञापन गरेको आफ्नो प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।