शंखरापुरको ३३२० औँ स्थापना दिवस  सम्पन्न

शंखरापुरको ३३२० औँ स्थापना दिवस  सम्पन्न

कपन अनलाइन

काठमाडौं, फागुन १५ ।ऐतिहासिक नगरी शंखरापुरको ३३२० औँ स्थापना दिवस दिवस सम्पन्न भएको छ ।

फागुन १४ गते हलिं नेवाः गुथि सक्व कचाको आयोजनामा उक्त दिवस सम्पन्न भएको हो।

कार्यक्रमको उद्घाटन गर्दै शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले शंखरापुरको धरोहरका रुपमा रहेको बज्रयोगिनी र शालिनदी, ईन्द्रायणी, सलम्बुदेवी लगायतका धार्मिक क्षेत्रको विकास गरि धार्मिक सर्किट बनाउन सकिने विचार व्यक्त  गरेका थिए ।

उनले शंखरापुर स्थापना दिवसलाई कुनै एक जातजातिको मात्रै नभई सम्पूर्ण नगरवासीहरुको अपनत्व कायम हुनेगरि मनाउनुपर्छ भन्ने बताए ।उनले बौद्ध हिन्दू धर्मको संगम स्थलका रुपमा बज्रयोगिनीलाई लिन सकिने भन्दै संस्कृति बचाउन नगरपालिकाले दायित्व बहन गर्ने भएतापनि सबै विषय आर्थिक क्रियाकलापसँग मात्रै जोडिए संस्कृति परम्पराको जगेर्ना गर्न गाह्रो हुने बताएका थिए ।
उप मेयर शुक्रलक्ष्मी श्रेष्ठले सम्पदा जोगाउनको लागि नगरपालिकाले काम गरिरहेको बताउँदै विभिन्न क्षेत्रमा नगरपालिकाले काम गर्दै गरेको बताइन ।

हलिं नेवाः गुथिका केन्द्रिय अध्यक्ष जुजुमान  श्रेष्ठले भने शंखरापुरको जन्म दिवस मनाउनुले अन्य छिमेकी गाउँ सहरहरुलाई पनि पे्ररणा मिल्ने बताउँदै आगामी दिनमा हुन गइरहेको ११ औँ तःमूज्या (अधिवेशन)को लागि पनौतिमा पुग्न समेत अनुरोध गरेका थिए । उनले हलिं नेवाः गुथिको स्थापना आर्थिकरुपमा समेत नेवार समुदायको उन्नति गर्नको लागि भएको बताए ।

कार्यक्रममा वडा अध्यक्षहरु विष्णुप्रसाद श्रेष्ठ र राधाकृष्ण श्रेष्ठले यो हलिं नेवाः गुथिको कार्यक्रमहरुमा आफूहरुको निरन्तर साथ सहयोग रहने बताउँदै नगरपालिकाले यस कार्यक्रमलाई आवश्यक सहयोग गरेको विचार व्यक्त गरेका थिए ।

कार्यक्रममा इतिहासविद प्रकाशमान सक्वले शंखरापुर नगरको इतिहासबारे व्याख्या गरेका थिए । उनले जसरी शंखरापुर नगरी ३३२० वर्ष अगाडि स्थापना भएको थियो । सोही समय अथवा सो समयभन्दा अगाडि पछाडि स्थापना भएका अन्य गाउँ सहरहरुबारे पनि अध्ययन हुनुपर्ने विचार व्यक्त गरेका थिए ।

फोटो सौजन्य: लावण्य सन्देश

तपाइँको प्रतिक्रिया ।