​घुस रकम सहित वडा अध्यक्ष पक्राउ

​घुस रकम सहित वडा अध्यक्ष पक्राउ

कपन अनलाइन

रुपन्देही, फागुन १५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले सेवाग्राहीसँग घुस लिँदै गर्दा रुपन्देहीमा दुई जनालाई पक्राउ गरेको छ ।

अख्तियार बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालका अनुसार रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नं. ५ का अध्यक्ष श्रवणकुमार यादव र उच्च अदालत बुटवल इजलासका सरकारी वकिल कार्यालय सहयोगी महेन्द्र यादव घुस सहित पक्राउ परेका हुन् ।

जग्गाको चार किल्लाको सिफारिस बनाइदिने भन्दै वडाबासीसँग ७० हजार रुपैयाँ लिँदै गर्दा वडा अध्यक्ष यादवलाई अख्तियारको कार्यालयले पक्राउ गरेको हो ।

तपाइँको प्रतिक्रिया ।