टेक्सास कलेज कामपा- ७ को सृजनात्मक प्रदर्शनी कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौँ , फागुन ७ । टेक्सास कलेज कामनपा ७ ले आयोजना गरेको सृजनात्मक प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । कामनपा ७ का वडा अध्यक्ष शुद्ध कुमार डङ्गोल द्वारा उद्घाटन भएको सो कार्यक्रममा विद्यार्थी, शिक्षक,शिक्षिका, जन प्रतिनिधि,सन्चार कर्मी, बौद्धिक व्यक्तित्व, सामाजसेविको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा टेक्सास कलेजका विद्यार्थीले बनाएका विज्ञान र गणित विषयका ज्ञान बर्दक सृजनात्मक प्रदर्शनी सामग्रीको आफ्नो विद्यालय र अन्यत्र विद्यालयका विद्यार्थीले अबलोकन गरेका थिए ।
विद्यार्थीले शिक्षण सिकाईको क्रममा के जाने कति जाने भनेर विद्यालयले मुल्यांकन तथा अवलोकन गर्ने क्रममा विद्याथीहरुले अध्यायन गरे जति प्रयोगात्मक माध्यमबाट व्यावहार देखाउन सफल भएको कुरा टेक्सास कलेजका एक विद्यार्थीले वताएका छन।
उक्त सृजनात्मक प्रदर्शनी कार्यक्रममा करिव ३५ वटा विद्यालयका विद्यार्थी र शिक्षकले सो टेक्स्स कलेजाका विद्यार्थीको क्षमता प्रदर्शनिको मुल्यांकन र अवलोकन गरेका थिए ।
शिक्षण सिकाईका साथ साथै प्रयोगात्मक क्रियाकलापबाट अगाडि बढ्दा शिक्षणमा नयाँ र थप सुधार आउने भएकाले सो सृजनात्मक प्रदर्शनी कार्यक्रम राखेको विद्यालयका सहायक प्रधानध्यापक श्याम सुन्दर श्रेष्ठले बताएका छन।
तपाइँको प्रतिक्रिया ।