युवा कवि दामोदर भट्टराइका २ कविता
कपन अनलाइन ०७० पुष ०९ गते
कपन अनलाइन ‘कविता अंश’मा युवा कवि दामोदर भट्टराइद्वारा हालसालै रचित २ वटा कविता समावेश गरिएको छ ।
कवि दामोदर भट्टराई
[su_frame][highlight]मान्छे[/highlight][/su_frame]
अग्लो कदले हैन, विचारले बन्छ मान्छे ।
आफुले नै आफैलाई महान किन ठान्छ मान्छे ।
लास माथी लास राखी आफ्नालाई नै खान्छ मान्छे ।
आफुले नै आफैलाई महान किन ठान्छ मान्छे ।
बोल्ने र गर्ने फरक साह्रै नाटक रर्छ मान्छे ।
बनाउन मेहनत हैन, भत्काउन बल गर्छ मान्छे ।
आमालाई नै बेच्ने गरी , आफनै गोजी भर्छ मान्छे ।
आफुले नै आफैलाई महान किन ठान्छ मान्छे ।
भगवान हैन मानव, तै पनि वरदान दिने सोच्छ मान्छे ।
रावणको रुपमा पनि आफुलाई ब्रहमा ठान्छ मान्छे ।
लतपतिको रातो हातले पनि, शान्ती खान खोज्छ मान्छे ।
आफुले नै आफैलाई महान किन ठान्छ मान्छे ।
सुन्दर पालुवा निमोठेर नयाँ पालुवा फेरी रोप्छ मान्छे ।
काँडा झिकेर पहिला, भाला फेरी रोप्छ मान्छे ।
भगवानको समेत आदेश नमान्ने समयमा आफ्नालाई दाश बनाउन खोज्छ मान्छे ।
लाश माथीको सत्ता चलाउन खोज्छ मान्छे ।
चढेर हैन लडाएर माथी जान खोज्छ मान्छे ।
भ्रमपूर्ण सपना आफुले नै आफैलाई महान किन ठान्छ मान्छे ।
[su_divider]
कविता नं. २
[su_frame][highlight]मान्छे भित्रको अमान्छे[/highlight][/su_frame]
सुन्दैछु आज देशका मुर्धन्य ले देह त्यागनु भयो रे
मलामीको लाइन म कोहि वेजोडले हाँस्दै भन्दै थियो
मेरो लागनीले दोब्बर फाइदा लियो रे !
साच्चै नै असल स्वभाका थिए उनि, एकदम कर्तव्य निष्ठ,
सबैको भलो सोच्थे ।
बीचमा नै बोल्ने वानीका वक्ता भनिदिए,
‘हैन वेलावेलामा चाँही दुःखै दिन्थे’
हो मा हो मिल्यो हा मा हा मिल्यौ ।
मलामीकोबीच नै रमिताको मेला बन्यो
देख्दै छु आज, मुर्धन्यका वरीपरि हिसाब किताब गर्नेको भेला बन्यौ ।
बलेको आगाको राप संगै शरीरबाट उनी तिनै मुर्धन्य टाढा गए ।
थाहा छैन किन हो किन चिताको वरीपरि पनि मोल मोलाईको सम्झौता हुन्छ ।
लाग्छ सबैको बाटो एउटै नै हो स्थान बरु फरक हुन्छ ।
त्यहि भीडमा लडाई हुन्छ,
एउटा जित्छ अर्को हार्छ ।
हार र जितको खेलमा खेलको कुनै मर्म हुन्न
आँखा अगाडिको रित्तो हातले संकेत गर्दा पनि
शरीरसम्म पुग्ने भाव खै किन हो आत्मामा छुन्न ।
भो आमा, अर्को जुनी पाइन्छ भने,
मान्छे भित्र आमान्छे बन्न म फेरी मान्छे हुन्न ।