गगन थापाको चुनाव खर्च ९ लाख ५१ हजार

कपन अनलाइन ०७० पुष ९ गते
काठमाडौं क्षेत्र नं. ४ मा बिजयी उम्मेदवार गगन थापाको चुनावी खर्च जम्मा ९ लाख ५१ हजार भएको छ । आज नेपाली कांग्रेस क्षेत्रीय उपसभापति केशव ढकालले कपन अनलाइनलाई दिएको जानकारी अनुसार सभासद् गगन थापाको तर्फबाट नेपाली कांग्रेसका क्षेत्रीय सचिव श्यामकृष्ण संगतले निर्वाचन आयोगमा पेश गरेको खर्च विवरणमा सो कुरा उल्लेख गरिएको छ ।
चुनावमा उठ्न लागि धनी मानिस हुनै पर्ने भन्ने हल्ला बजारमा चलिरहेको बिजयी सभासद्हरुले आआफ्नो चुनावी खर्च विवरण पेश गरिरहेका छन् । तर अहिलेसम्म कुनै पनि विजयी सभासद्ले १२ लाखभन्दा धेरै खर्च भएको देखाएका छैनन् । सभासद्हरुले पेश गरेको चुनावी खर्च यथार्थभन्दा ५ गुनाभन्दा कम हुने गरेको कुरा पनि सवत्र चर्चाको विषय बनिरहेको छ । यद्यपि अधिकांश सभासद्ले अहिलेसम्म चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश गरेका छैनन् ।

तपाइँको प्रतिक्रिया ।