किसुनजीको सम्मानमा शशिविक्रम थापाको बालन गीत सार्वजनिक

कपन अनलाइन ०७० पुष ९ गते
सन्त नेता स्व. कृष्णप्रसाद भट्टराईको ९० वार्षिक पुण्य तिथिको अवसरमा गायक तथा संगीतकार शशिविक्रम थापाको पौराणिक वालन संगीत सार्वजनिक गरिएको छ । भट्टराई आश्रम बाँडेगाउँमा आयोजित एक विशेष कार्यक्रममा राष्ट्रकवि माधव घिमिरेले वालन संगीतको लोकार्पण गरेका थिए । नेपाली राजनीतिको शिर्ष तथा विशिष्ट पुरुष स्व. कृष्णप्रसाद भट्टराईको बाल्यकालदेखि जीवनका सवै कालखण्डलाई सो बालन गीतमा समाहित गरिएको छ । यस बालन गीतको रचना पनि शशिविक्रम थापाले नै गरेका हुन् । कार्यक्रममा सिनेमाकर्मी जगदिश्वर थापाद्वारा निर्माण गरिएको सोही बालन संगीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो ।

1533137_10202783777375026_1450954700_nkk

भट्टराई आश्रम बाँडेगाउँमा आयोजित विशिष्ट कार्यक्रममा देशको राजनीति तथा प्रशासनिक क्षेत्रका विशेष व्यक्तिहरुको उपस्थितिमा शशिविक्रम थापाले शिव ताण्डव स्त्रोत भजन गाएका थिए भने युवा संगीतकर्मीहरु जगन्नाथ धौगोडा तथा विराज पोखरेलको आवाज व्याण्डले पनि आफ्नो प्रस्तुति दिएको थिए । स्व. भट्टराइले सुन्दरीजल जेलमा ०१८ देखि ०२० सालसम्म बस्दा लेखेको अंग्रेजी डायरीलाई पनि कार्यक्रममा सार्वजनिक गरिएको थियो । कार्यक्रममा स्वामी आनन्द अरुण तथा वरिष्ठ पत्रकार युवराज घिमिरेले बोलेका थिए भने डा. रामशरण महत, पूर्णबहादुर खड्का, गोपालमान श्रेष्ठ, प्रदिप ज्ञवाली, दमनाथ ढुंगाना, नरहरि आचार्य, दीपकुमार उपाध्याय, निलाम्बर आचार्य, रुक्मांगत कटुवाल, पिएल सिंहलगायत ४ दर्जन नेपाली राजनीतिका हस्तिहरुको उपस्थिति थियो ।

jjhkhjkh

तपाइँको प्रतिक्रिया ।