पर्यटन क्षेत्र र बिकासमा नेपाली वास्तुकलाको योगदान !

पर्यटन क्षेत्र र बिकासमा नेपाली वास्तुकलाको योगदान !

कपन अनलाइन

काठमाडौं,फागुन ४/गंगा लिगल

यसको मुख्य केन्द्र नेपालको राजधानी काठमाडौं । नेपाली वास्तुकला ––(Nepalese Architecture) प्यागोडा शैली नेपालको आफ्नो वास्तुकला शैली ‘अतिथि देवो भव’ हाम्रो देशको आदर्श हो । यो आदर्श मात्र नभएर धार्मिक, सामाजिक दायित्व पनि हो । यो दायित्व निभाउँदा हामीलाई हृदयान्तरमा अत्यन्त आनन्दको छाल उर्लेर आउँछ अनि आनन्दमय शान्ति दिन्छ । तसर्थ यो प्रत्येक मानवको जीवनको प्रमुख अंग र दायित्वको वोध हो । यसलाई अंगिकार गतीले जीवन जगतमा शान्ति मात्र होइन यसले समाज र राष्ट्रलाई उन्नतिको ढोका खोल्ने मार्ग दर्शन गराउँछ ।
आज हाम्रो समाज र राष्ट्रिय जीवनमा प्रगतिको मापदण्दलाई उत्थान गर्नुछ । मौका यही हो यसलाई कसैले चुकाउनु हुन्न जसले राष्ट्रलाई समृद्धि तिर मार्ग दर्शन गरिरहेछ । पर्यटन एउटा यस्तो राष्ट्रिय उपलब्धीको नाम हो जसले समयलाई नगुमाउने सुअवसर प्रदान गरिरहेको हुन्छ तसर्थ हामी नेपालीहरु यो पर्यटन वर्षलाई सबै नेपाली उत्सुक भै ठूलो जागरण ल्याउँछौं जसले गर्दा नेपाल र नेपालीको जीवन हर्ष उल्लास मात्र नभएर शान्तिमय अनि समृद्धिमय पनि बनोस् । हुनत हामी भन्छौं धन मात्र ठूलो कुरा होइन । हुन त ‘मुना मदनमा’ मुनाले भनेकी थिइन् –‘हातका मैला सुनका थैला के गर्नु धनले साग र सिस्नु खाएको बेस आनन्दी मनले ।’ हुनत यो पनि वास्तविकता हो तर धनै भएन भने पनि गुजारा कसरी गर्ने ? प्रयाप्त सम्पत्ति भयो भन्दैमा मनमानी गर्ने होइन यसलाई यथा योग्य स्थानमा लगाउन सके समृद्धिमय जीवन या देश अरु समृद्धिमय बन्न पुग्छ जस्ले परिवार, समाज र राष्ट्रलाई आनन्दित तुल्याउँछ । तसर्थ पर्यटन एउटा राष्ट्र उन्नतीको यस्तो मार्ग हो जसले आपसी सौहाद्रताको भावना जगाउँछ एक देशको अर्को देशसँग मित्र भावको स्थायीत्व प्रदान गर्छ । जस्ले परिवार समाज राष्ट्रलाई समन्वयात्मक रुपले प्रतिष्ठित गराउँछ । तसर्थ हामीसँग हाम्रा प्राचीन राष्ट्रिय सामाजिक विविध दृश्यावलोकन गर्न लायकका कुराहरु धेरै छन् ।यिनीहरु नै विदेशीहरुको लागि आफ्नो कृति राख्ने मार्ग मात्र नभएर देश विदेशसँग चिनापर्ची र यसबारे लेखेर आफु साथै देशबाट प्राप्त वस्तुहरुको लेखाजोखा गरी मूल्याङ्कनको तराजुमा राखेर यस्लाई लोकप्रिय बनाउनमा यो पर्यटन वर्ष र पर्यटकहरुको ठूलो हात र जिम्मेवारी पनि निभाउनु पर्छ ।
तसर्थ तलका कुराहरुलाई तिनीहरुले अत्यन्त मनन, अध्ययन, चिन्तन मात्र नगरेर हृदयगम गरेर विश्व मै पुर्याउने एक ठूलो दायित्व वोधका माध्यमहरु हुन् । जसलाई हामी नेपालीको अतिथि देवो भवः पूर्ण गर्न सकौं ।
भूमिका ः– वास्तु भन्ने शब्द संस्कृतका वास् धातुबाट बनेको हो, जसलाई वासस्थानको रुपमा प्रयोग गरिन्छ । तसर्थ वासस्थान सम्बन्धी कला कृतिलाई नै वास्तुकला Architecture भनिन्छ । मानिस जंगल, गुफा, कन्दराको जीवन छोडेर नवपाषाणकाल जब साना–साना झुपडी बनाएर बस्न थाले त्यसै बेलादेखि वास्तुकलाको बिकास हुन थाल्यो । समयका साथ–साथै मानिसले आफ्ना घरहरु आवश्यकता अनुसार ठूला, साना तथा अनेक कलाकृतिले सजीएका बनाउन थाले पछि देवस्थलहरु बन्न थाले पछि त त्यसैबाट वास्तुकलाको बिकासमा नयाँ मोड देखिन थाल्यो । फलस्वरुप विभिन्न वैदिक साहित्यहरु, ब्राम्हण साहित्य स्मृति ग्रन्थहरुले त वास्तुकलाका अनेक भेदहरुको व्याख्या गर्न पुगे ।
यहि परिपेक्षमा वास्तुकलाको बिकास हुन पुगेको पाइन्छ । ऐतिहासिक कालमा नै ‘सिन्धुघाटीको’ सभ्यता तथा त्यस पछिका अनेक कला नमुनाहरु हेर्दा वास्तुकला विविध रुपमा विकसित हुँदै आएको पाइन्छ । ई.पु. तेस्रो शताब्दी देखि पोलेका ईटाको प्रयोग पनि वास्तु निर्माणमा हुन थाले पछि भने वास्तुकला विश्व वास्तुकलाको इतिहासमा उल्लेखनीय स्थान ओगट्न पुग्यो । यहि परिपेक्षमा वास्तुकला बिकास हुँदै गएको पाइन्छ । लिच्छवी कालको वर्णनबाट त्यो समयमा भवन, मन्दिर, विहार आदि ईंट काठ, टायल प्रस्तर आदिको प्रयोग हुन्थ्यो भन्ने देखिन्थ्यो ।
पछि मध्यकालमा खास फरक देखा परेन निर्माण कार्यमा काष्ठ, प्रस्तर, ईंटा, टायल आदि नै देखा परेको पाइन्छ । दरवार, भवन सरह त। कच्चा पदार्थबाट बनेका वस्तु पनि विभिन्न प्रकोप आएर पनि केही शेष आज पनि रहेको पाइन्छ ।
लिच्छवी कालमा नेपाल राज दरवारहरु अनेक बने, मन्दिर, विहार, स्तुप त्यसको शिलालेख पाइन्छ । इतिहासकार हयामिल्टन, ब्राउन, हयावेल आदिले नेपालमा प्यागोडा शैली चीनबाट आएको हो भनेका छन् भने पर्सिवल ल्याण्डनले होइन यो नेपालकै आफ्नो शैली हो भनेका छन् ।

तल केही नेपाली शैलीका मन्दिरहरुको वर्णन गरिन्छ
१) न्यातपोल देवल :-
भक्तपूरका राजाहरु भूपतिन्द्र मल्लको नाम श्रेष्ठ मानिन्छ । मध्यकालीन साहित्य, संस्कृति कलामा भक्तपूरको जुन स्थान छ त्यसमा राजा भूपतिन्द्र मल्लको योगदान सर्वोपरि मानिन्छ । भक्तपूरको तौमढी टोलको ‘न्यात पोल देवल’ (पाँच तले देवल)को निर्माण राजा भूपतिन्द्र मल्लले ने.सं. ८२२ मा पूरा गरेका थिए । नेपाली शैलीको यो मन्दिर मध्यकालीन सर्वश्रेष्ठ मन्दिर मध्ये हो । राजा देवी भवानीका सारै भक्त थिए । त्यसैको देवीको प्रतिमा स्थापित गरि यो मन्दिर उनकै लागि बनाइएको हो ।
चतुएकोण आकारको छ तले सिंढी माथि यो पाँच तले मन्दिर उभिएको छ । मुख्य प्रवेश दक्षिणमा छ, प्रवेश गर्ने सिंढी प्रस्तरको बनेको छ । यहाँ सबभन्दा तल्लो तहमा दुई विशाल पुरुष मूर्ति छन्, जसलाई जयमल र पत्ता भनिन्छ । शक्तिका प्रतिकहरु शक्तिशाली सिंह, शादेल र अन्तिम तहमा देवीका जोडी जोडी मूर्तिहरु राखिएका छन् । मन्दिरको संरक्षण यिनीहरुको काम मानिन्छ ।
मन्दिरको भूई तलामा बाहिर विशाल काठका खम्बा र तिन माथि दलिन र जिदालहरु बोझ थाम्नको लागि र यी खम्बा अनेक काठका बुट्टा कुँदिएका छन् भने चारैतिर ढोकामा तोरण राखिएका छन् । मुख्य ढोका माथि राखिएको काठको तोरण मन्दिरको देवीको परिचय दिन्छ । या तोरणमा १८ हात युक्त महिषासुर मर्दिनीको भव्य मूर्ति कुँदिएको छ । त्यसमा देवीको मूर्ति जसले दानवको अन्त गरेकी थिइन् । ५ खण्ड छानाहरु तलबाट क्रमशः मारिएको शरीर अनुरुप बढ्दै गएर निकै सानो भएको छ, यस माथि सुनौलो गजुर छ । तल विशाल काठका खम्बा छन् ।
२) चांगु नारायण  :-
मानदेवको चांगु शिलालेख अनुसार सं. ३८६ (४६४) पहिलेदेखि नै ‘दोल पर्वत’ का नामले प्रसिद्ध थियो । त्यहाँ विष्णुको मन्दिर थियो हाल यस ठाउँमा प्रसिद्ध नारायण मन्दिर रहेकोले यस ठाउँको लोकप्रिय नाउँ चांगु नारायण भयो । यो मन्दिर नेपाली शैलीमा महत्वपूर्ण छ । चांगु नारायण मन्दिरको आगन भरि मानदेवदेखि आधुनिक काल सम्म करिब १४, १५ वर्षका कला कृतिहरु छरिएर रहेका छन् । काठमार्डौ देखि टाढा र अलग रहेको यो ठाउँ, केही सत्तल कला वस्तु नाश भएको स्थितिमा पनि छन् ।
यो मन्दिरको वास्तुशैली नेपालमा अन्य प्यागोडा शैली अनुरुप छ । मन्दिर चतुएकोण आकारको छ । यसको पुन निर्माण करिब १० वर्ष अघि मात्र भएको हो । मध्यकालमा यस मन्दिरको जीर्णोद्धार भइरहन्थ्यो । मध्यकालमा राजा शिव सिंहकी रानी गंगा रानी र पछि कान्तिपुरका शासक भास्कर मल्लको समयमा भएको थियो । यस्को निर्माणमा काठ ईंट ज्यादा र प्रस्तर र धातु प्रयोग भएको छ । धातुको प्रयोग मूल ढोकाहरु, तोरण गजुर भएको छ । पहिलो या तल्लो तलामा गरुड बाहन विष्णुको प्रस्तर मूर्ति छ । दुवै तलामा टुँडालहरु र शिवका अनेक मूर्तिहरु छन् । अन्य देवी देवताका करीब ४० मूर्तिहरु कुँदिएका छन् जुन पर्यटकहरुको लागि केन्द्र बिन्दु भएको छ ।
मन्दिरको चारैतिर ४ मुख्य ढोकाहरु र २÷२ अन्य ढोकाहरु छन् । ढोकाहरु अति सुन्दर कारीगरी पूर्ण
छ । यसमध्ये पश्चिमतिरको ढोका खुला राखिन्छ । मन्दिरको पहिलो तलामा छाना टायलको र दोस्रो पीतलको पाताको बनेको छ । दोस्रो र अन्तिम तहको छाना माथि टायलको र दोस्रो पीतलको पाताले बनेको छ । दुबै तलामा मझौला आकारको झ्यालहरु बनेका छन् । दोस्रो र अन्तिम तहको छाना

माथि सुन्दर गजुर राखिएको छ । यसरी सम्पूर्ण कुराले यो मन्दिर अति सुन्दर देखिन्छ ।

३) पशुपतिनाथ मन्दिर  :-
काठमाडौं देवपाटनमा स्थित पशुपतिनाथ को मन्दिर सम्पूर्ण हिन्दूका आराध्य देव
हुन । योे मन्दिर विश्वमा नै प्रसिद्ध छ । यो मन्दिर दर्शन गर्न र यसको वास्तु शैलीहरुको अध्ययन र लेखन गर्न पनि ठाउँ ठाउँका विद्वानहरु प्नि पर्यटकका रुपमा नेपालको राजधानी काठमाडौं उपत्यकामा आउने गर्छन । यो मन्दिरको दर्शन मात्र नभएर यसको वास्तुकला सम्बन्धी बिषयमा विविध अध्ययन गरि लेख्ने र संसारमा पु¥याउने गर्दछन् ।
यो क्षेत्र पशुपतिनाथको निवासले यसको गरिमा बढाउने अत्यन्त सुन्दर मार्ग पनि बनेको छ । पीतलको २ तले छाना भएको चतुएकोणकार २ तले पेटीको माथि अवस्थित यो मन्दिर वाग्मती नदीको पश्चिम किनारामा अवस्थित छ । वरि परि धर्मशाला, पौवा, सत्तल भवनहरु बीचमा उभिएको यस मन्दिरले सम्पूर्ण ‘देवपाटन’ को वातावरणलाई नै मोहक बनाएको छ ।
वंशावली अनुसार यो मन्दिरको श्रय राजा धर्म दत्तलाई दिइएको छ । धेरै इतिहासकारहरुको विश्वासमा यो मन्दिरको मुख्य निर्माण शैली नेपाली छ र मूल रुपमा अरु मन्दिर भन्दा फरक छैन तर यस्को ईंटा र काठ जस्ता सामाग्री धातुले झण्डै पूर्णतया छोप्ने प्रयास गरिएको छ ।
सबभन्दा तल्लो तला भुगर्भ पवित्र स्थल (Sanctum)हो । यहाँ केन्द्र भागमा पशुपतिको आकर्षक लिङ्ग स्थापित छ । यो लिङ्ग महादेव वा पशुपतिको स्वरुप हो । (१) सद्योजात (२) तत्युअष (३) वामदेव (४) अघोट (५) इशान शिव लिङ्गको टुप्पामा छ । यसरी शिवका ५ रुपको प्रतिनिधित्व पशुपति शिव लिङ्गले गरेको छ ।
पशुपतिको मूल प्रवेश द्वार पश्चिम पट्टि छ । आगनबाट खुड्किला चढदै मूल ढोकासम्म पुगिन्छ र ढोकाबाटै शिव लिङ्गको दर्शन गरिन्छ । पुरोहित (भट्ट) र अन्य सम्बन्धीत व्यक्तिहरु यस खण्डमा प्रवेश गर्न सक्छन् । मूल ढोका बाहेक अरु तिनै ढोकाहरु दिनमा एक पटक निश्चित समयमा खोलिन्छ । अरु समय ३ ढोकाहरु बन्द हुन्छन् । निश्चित समयमा खुल्ने हुँदा चार ढोकाबाट पशुपतिको दर्शन हुन्छ । चार ढोकामा चाँदी पीत्तल आदिको प्रयोग भएको पाइन्छ । ढोका बाहिर एक पेटी छ जस्लाई प्रदक्षिण पथ भनिन्छ । भूईं देखि माथिल्लो तलामा भण्डार रहन्छ ।
मन्दिरमा आकर्षक टुडालहरु ऋाकर्षक पूण तरिकाले र जालीदार धातुका पर्दाहरुले भित्री भागलाई छोपेको हुन्छ । मन्दिरको गजुर भाग अति आकर्षक छ । अग्लो गजुर र छत्र रहेको छ । एक छेउमा त्रिशुल पनि छ । यो खण्ड धेरै उज्यालो र चम्किलो छ ।
१० फुट लामो विशाल साँडेको मूर्ति मूल ढोकाको पश्चिम पट्टी राखिएको छ । आगनमा विभिन्न मूर्तिहरु र अभिलेख छन् । चारैतिर सत्तल छन् । आँगनको पूर्वी भागमा कैयन खुड्किला उत्रेर आर्य घाट आई पुग्छ । त्यस तल्लो भागमा पनि साना
साना मूर्ति राखिएका छन् । प्रसिद्ध विरुपाक्ष मूर्ति त्यही छ । शिखर शैली नेपालमा विभिन्न किसिमका मन्दिरहरुमा शिखर शैलीको मन्दिर पनि प्रशस्त मात्रामा छन् । शिखर या हिमाल झै माथि तिर चुलिदै गएको मन्दिरको शैलीलाई शिखर शैली भनिन्छ । यो शैलीलाई प्राचीन युगमा या वैदिक युगमा आगो र धुँवाबाट बच्न यो मन्दिर भारतमा गुप्त कालमा शुरु भएको मानिन्छ । यो छाना नभएको चुच्चो आकारको शैली हो । विस्तारै यो शैली नेपालमा पनि आईपुग्यो ।
यो शैली नेपालको मध्य कालमा निकै चर्चित भइसकेको थियो । यस किसिमको मन्दिर काठमाडौं उपत्यकामा प्रशस्त छरिएको पाइन्छ । जस्तै – पशुपतिको ब्रम्हा मन्दिर यो सानो छ तर आकर्षक छ ।

कृष्ण मन्दिर पाटन  :-
नेपाल सम्बत् ७५७ तदअनुसार १६३७ ईं.मा बनाएको पाटनको प्रसिद्ध कृष्ण मन्दिर यस शिखर शैलीको एक अनुपम उदाहरणीय मन्दिर हो । पाटन दरवारको सामुन्ने स्थित यो मध्य मन्दिर राजा सिद्धि नरसिंह मल्लको कृति हो । शैली र कलाकारीताको मधुर समन्वयले यो नेपाली वास्तुकलाको एक अत्यन्त बहुमूल्य निधि बनेको छ ।
यो मन्दिर चारतले पेटीका माथि पूर्व तिर फर्काइ बनाएको छ । तलामा करीब २ तला फिट चौडाई र ५ फिट उचाई भएका आठ आठ वटा खम्बाहरुले मन्दिरको सम्पूर्ण शरीरलाई थामेको छ । पहिलो र दास्रो तलामा चारै तिर मन्दिरका प्रति कृतिहरु गजुर सहित राखिएको छ । तिनको संख्या २१ छ । सम्पूर्ण मन्दिर हेर्दा पहाडको स्वरुप जस्तो लाग्दछ । यसैले यस्ता वास्तु कृतिहरुलाई शिखर शैलीका कृतिहरु भनिएको हो र पूर्व तिर प्रवेश भागमा सिढींहरु
छन् ।तिनको दुई तिर पखेटा युक्त सिंहका २ जोडीहरु राखिएका छन् । ढोकाबाट पश्चिम पसे पछि तुरुन्तै उत्तर तिर अनि दक्षिण फर्केर पहिलो तलामा स्थित राधा रुक्मणि सहितको कृष्णको मूर्ति भएको अ.दलानमा पुगिन्छ । मुख्य देवस्थल पनि पूर्वै फर्केको छ । भ¥याङ र देवस्थलको बनावट पचम पुसण अनुसार भएको मानिन्छ । मुख्य दश अवतारहरु मत्स्य, कुर्म, वराह, नरसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्धका प्रस्तरका मूर्ति छन् । मन्दिरको वरिपरि प्रदक्षिण पथ छ । प्रस्तर जस्तो धातुबाट यस्का विविध सुक्ष्म कालीगडी गर्ने सबै शताब्दीको नेपाली कला उच्च कोटीको रहेको छ ।
यही प्राङ्गणको तल्लो छेउमा अर्को दुई तले राधा कृष्णको प्रस्तर मन्दिर छ यस्तै शिखर शैलीका अनेक मन्दिरहरु बजार सडकमा पनि अवलोकन गर्दा थाहा हुन्छ ।

ब्रम्हा मन्दिर पशुपति  :-
पशुपति मन्दिरको पश्चिम उत्तर कुनामा स्थित यो मन्दिर सानो छ तर धेरै आकर्षक छ । यो मूर्ति ठाउँमा नभएर पूर्व द्धारको तोरण माथि ब्रम्हाको मूर्ति भएको यो मन्दिर ब्रम्हाकै लागि बनाईएको थियो भनिन्छ । यो सुन्दर मूर्ति शिखर शैलीको मन्दिरको उत्कृष्ट नमुना हो ।

पाटन महा बौद्ध  :-
समय समयमा प्रस्तर बाहेक माटो र ईंटामा शिखर शैलीका मन्दिर बने । मन्दिरहरुमा पाटनको महाबौद्ध मन्दिर उत्कृष्ठ नमुना हो यस्लाई ईंटले भव्य र दर्शनीय बनाएको छ । मन्दिरमा सर्वत्र बुद्धको मूर्ति कुँदिएको छ । जस्ले गर्दा हजारौं सुन्दर बुद्धै बुद्ध भएको भाव हुन्छ ।
मन्दिरको भुई तलामा बुद्धको प्रतिमा राखिएको छ । माथिल्लो तलाको चार कुनामा चार ससाना गुम्बजहरु छन्, यस्मा सानो प्रदक्षिणा गर्ने ठाउँ छ । वंशावली अनुसार पाटनका अमयराज नामक बौद्ध पण्डितले वोध गयाको मन्दिर शैलीमा यसको निर्माण गर्न शुरु गरे र उनको छोरा जीवराजले राजा जीव सिंह मल्लका पालामा ने.सं. ७०५ (१५८५ इं.सं.) मा यस्को निर्माण पूरा गरेका थिए ।
ईंटको अर्को मन्दिर पाटन दरवार चोक मै छ । यस शैलीमा बनेका स्वयंभू स्थित प्रताप र अनन्तपुर मन्दिरहरु शान्ति पुरका राजा प्रताप मल्लले नें.सं. ७७५ मा आफ्नो र आफ्नी रानी अनन्त प्रिया देवी नाममा बनाएका थिए । यी मन्दिरहरु तला विहीन छन् । दुवै मन्दिरको ढोकामा रहेका २,२ द्वारपालहरु कलाका दृष्टिले महत्वपूर्ण छन् । मानव आकारमा शरीरमा काग, कुकुर लाटोकोसेर र सुंगुरको शिर जोडी तिनीहरुलाई विचित्रको रुप कलाकारले दिएको छ । मन्दिरको माथिल्लो भाग चुलिएको छ ।
ईंट र प्रस्तरमा बनेका शिखर शैलीका मन्दिरहरु काठमाडौं उपत्यका तीन वटै शहरमा यत्रतत्र छन् जस्को संक्षेपमा वर्णन गर्न संभव छैन । तसर्थ यही छोटकरीमा दिेने प्रयास भएको हो ।
यी सबै उपरोक्त कुराहरुमा पर्यटकहरुलाई बोध हुने वास्तुकला विषय भएकाले अवश्य यस्मा ध्यान आकर्षण हुनेछ ।

 

तपाइँको प्रतिक्रिया ।