५औं कोका–कोला मोःमोः उत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक
कपन अनलाइन
काठमाडौं, फागुन ४ । कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ ।
यस वर्ष, मोःमोःउत्सव मःम भन्दा पर अझै विभिन्न परिकारका नेपाली खानाहरुको उत्सव मनाउँदै छ । यो अभियानको ट्यागलाइन “खाना जे होला स्वाद बढाउन कोका–कोला” रहेको छ, जसको अर्थ खाना जे भएपनि कोका–कोलाले त्यसको स्वाद बढाएर कुनै पनि क्षणहरुलाई उत्सवमा परिवर्तन गर्दछ ।
यो टिभीसीमा अभिनेत्री साम्रागी आर.एल. शाह र अलिशा राई र गायिका केन्जल श्रेष्ठ, जेय अथर र आइजेन लगाएत रहेका छन् । साम्रागी रेष्टुरेन्टमा गएर साथीहरुसँग बसेर कोक र मःमः (कोक र मःमःको जेस्चर प्रयोग गरि) अर्डर गरेर टिभीसी शुरु हुन्छ । उनका साथीहरु (अलिशा राई, केन्जल श्रेष्ठ, जेय अथर र आइजेन) फोनमै व्यस्त छन् र एकअर्कासँग कुराकानी समेत गरिरहेका हुदैनन् । सबैको मःम आइपुग्छ तर साम्रागीको मःम चाहिँ कोकको बोटल सहित आइपुग्छ । सबैजना फोनमै आँखा गाडेर मःम खाइरहेका हुन्छन् । त्यसपछि साम्रागीको कोकको बोटल पप हुन्छ र त्यो आवाजले सबैको ध्यान तानिन्छ र अन्तत उसका साथीहरुले आफ्नो फोनबाट आँखा हटाउछन् ।
बाकीँ साथीहरुले त्यसपछि आफ्ना लागि कोक अर्डर गर्छन् । अब, सबैजनाले कोकको साथ खानाको मज्जा लिइरहेका छन् र एकअर्कासँग रमाइलो गर्दै छन् । जब बिल आइपुग्छ सबैजना मजाक गरेर बिल तिर्नबाट बच्नका लागि फेरि फोनमा ढुबेको जस्तो गर्दछन् । त्यसपछि उनीहरु साम्रागीलाई हेर्छन र हास्छन् ।