नेपाल भ्रमण २०२० को सन्दर्भ

नेपाल भ्रमण २०२० को सन्दर्भ

कपन अनलाइन

काठमाडौं, माघ २९  । आज हामी नेपाल भ्रमण बर्ष २०२० सफल पार्ने अभियानमा छौं । नेपाल भ्रमण बर्ष २०२० आजको प्रयास होइन । पर्यटन संवद्ध सरकारी र निजी क्षेत्रले केही बर्ष अघि देखि नै यसको तैयारी गरेका हुन् ।

बर्ष भरिमा बीस लाख पर्यटन भित्राउने यसको लक्ष छ भने पाँच लाख पर्यटक चीनबाट मात्र भित्राउने लक्ष छ । भ्रमण बर्षको सुरुआत उत्साहजनक नै मान्नु पर्दछ । सरकारी तह विगतमा भन्दा यो पटक जिम्मेवार र सकृय बनेको अनुभुत गरिएकै हो ।

पर्यटन मन्त्रालय सम्हाल्न आइपुग्नु भएको युवा मन्त्री योगेश भट्टराइको सोच र सकृयता उल्लेखनिय मान्नु पर्दछ । देशको एक मात्र अन्तर्राष्टिय हवाइ अड्डाको क्षमता विस्तार, विभिन्न जिल्लाका हवाइ अड्डाहरुको स्तरोन्नति, सडकको अवस्थामा सुधार, र सम्पदाहरुको पुनर्निर्माण आशातित रुपमा अगाडी बढेकै हो ।

विगत एक बर्षमा पर्यटन पूर्वाधारको विकास कार्यहरु यथोचित भएकै मान्नु पर्दछ । साथै मित्र राष्ट चीनका राष्टपति सि जिन पींगको भम्रणले नेपालमा चीनीया पर्यटकको संख्यामा बृद्धि हुने अनुमान गरिएको थियो ।

यिनै पृष्टभूमिलाइ ध्यानमा राखि पर्यटनको क्षेत्रमा खास गरी होटल व्यावसायमा निजी क्षेत्रले प्रसस्त लगानी गरेका छन् । अझै थप लगानी गरिरहेका छन् ।

आगामी दश बर्ष नै पर्यटन दशक मनाउने सोच र आह्वानले देशको पर्यटन क्षेत्र एक पटक जुरुक्क उट्ठ्न खोजेको सजिलै अनुमान गर्न सकिन्छ ।
मानवीय तैयारी आशालाग्दो भए पनि प्राकृतिक घटना क्रमले भ्रमण बर्षको शुरुआत मै केही विषम परिस्थिती ल्याइदियो ।

पर्वतीय पर्यटनमा हिमपातका कारण आरोहीहरुले सास्ती मात्र भोग्नु परेन केही हिउँमा हराएका पनि छन् । हिमपातको दुर्घटना सेलाउन नपाउँदै चीनको बुहान शहरमा फैलिएको नोबेल कोरोना भाइरसका कारण चीनीया पर्यटक आगमनमा भारी संख्या कटौती भएको छ ।

साथै अन्य देशबाट नेपाल आउने पर्यटकमा समेत भाइरसको त्रास फैलन गै पर्यटक आगमनमा कमी आएको छ । यसले हाम्रो पर्यटन विकासको क्षेत्रमा अल्पकालिन र दीर्घकालिन असर पर्न सक्ने हुँदा संवद्ध सरकारी निकाय तथा निजी क्षेत्र गम्भीर भै समस्यया समाधानको खोजीमा जुट्नु जरुरी छ ।
तात्किालिक असरहरुः
पर्यटन व्यावसायको बिक्री बस्तु एचयमगअत भनेको त्यस्ता वस्तु र सेवा हुन् जसलाइ समयको गति संग संगै बेच्दै जानुको विकल्प हुन्न ।

अन्य औद्योगिक उत्पादन जस्तो बजार कमजोर हुँदा वा माग कम हुँदा भण्डारण गरी राख्ने र माग बढी हुँदा पुनः बजारमा निकालेर बेच्ने जस्तो हुँदैन ।

जस्तै यातायात क्षेत्रका सडक वा हवाइ टीकट र सीटहरु, होटलका कोठाहरु, टुर अपरेशनका प्याकेजहरु, हाम्रा प्राकृतिक र धार्मिक साँस्कृतिक सम्पदाका दृष्यहरु, जुन दिन बेच्ने हो त्यो दिन बेच्न सकिएन भने त्यो फेरी बेच्न सकिन्न ।

पूर्ण रुपले खेर जान्छ । यस अर्थमा यो अत्यन्त संवेदनशील र जोखिमयुक्त व्यावसाय हो । हाम्रो जस्तो भर्खर भर्खर आर्थिक विकासले गति लिन थालेको देशमा निजी क्षेत्रले आफ्नो क्षमता भन्दा ठुला ठूला जोखिम बहन गर्न सक्दैनन् ।

अन्ततः यसको परिणाम भनेको व्यावसायबाट पलायन हुनु नै हो जसले देशको आर्थिक विकासको गतिलाइ नकारात्मक असर गर्दछ ।
अर्को कुरा निजी क्षेत्रका अधिकांश व्यावसायहरुले बैंकबाट ऋण लिएर लगानी गरेका छन् । देशको होटल व्यावसायमा मात्र बैंकहरुको ठूलो लगानी छ । आज अकास्मात चीनमा भाइरस संक्रमणको कारण पर्यटक संख्यामा एक्कासी कमी आउँदा यो देशको पर्यटन कुदीरहेको गाडीमा ब्रेक लागे झैं भैरहेको छ ।

कैंयौं व्यावसायहरु नियमित वैंकको किस्ता बुझाउनै नसक्ने अवस्थामा छन् । यो आर्थिक समस्याको चक्र हो । जबसम्म पर्यटक हुन्न्, तब नियमित स्थानीय खाद्य आपूर्ति तथा उत्पादनको बजार अवरुद्ध हुन्छ । अब यो समस्या किसान हुँदै स्थानीय बजार सम्म पुग्छ । हुँदै हुँदै यो चक्र देशको समग्र अर्थतन्त्र सम्म पुग्दछ ।
दीर्घकालिन असरहरु
नेपाल पर्यटन विकासको दृष्टिले अत्यन्त धेरै संभावना रहेको देश हो । यस विषयमा चर्चा गरिरहुनु नै पर्र्र्दैन । हामीले हामीसंग रहेका सम्पदाको पहिचान गर्नु र त्यसलाइ विश्व बजारमा बेच्नु मात्र पर्दछ । अन्य उत्पादनहरुलाइ हामी आफैले सिमा पार सम्म लैजानु पर्दछ ।

अनेकन वाधा व्यवधान बेहोर्दै ग्राहक सम्म पुर्याउनु पर्दछ भने पर्यटनको हाम्रो  प्रकृति र सम्पदा हेर्न विश्व बजारका मानिस यहीँ आउँछन् । हामीले बोकेर वहाँ जानु वा लैजानु पर्दैन । उनिहरुले हाम्रो घरैमा पैसा ल्याइदिन्छन् । यो हाम्रो भाग्य हो ।

तर पर्यटन हेर्दा जति रोमान्चकारी देखिन्छ गर्दा त्यत्ति नै संवेदनशील र जोखिमयुक्त छ । यो पर्यटनको विशेषता हो । साना भन्दा साना कारणाहरुले पनि यसलाइ असर पार्दछ । आजको विकसित विश्वमा कुनै पनि कुरा छिप्दैन ।

सन्चारले सजिलै यहाँका कुरा छिन भरमै वहाँ पुर्याइदिन्छन् । साना साना कुराहरुले समेत मानिसको भ्रमण गर्ने स्थानको रोजाइ बदलिदिन्छ ।

बाढी, सुनामी, भुकम्प, राजनीतिक आन्दोलन, रोग व्याधी आदिको जोखिम मोलेर कोही पनि मानिसहरु भ्रमण गर्दैनन् । बरु उनिहरु अर्कै गन्तव्य तिर लाग्दछन् । यिनै कारणले देश बाहिरबाट आउने पर्यटकको संंख्या घटबढ भैरहन्छ ।

यो सामान्य प्रकृया हो । पर्यटनको यो नियमलाइ बुझ्न सकिएन भने उद्योगमा संकट आइरहन्छ । संकटापन्न उद्योगले देशको आर्थिक उन्नति हुन सक्तैन ।
समाधानका उपायः
हाल पर्यटनको क्षेत्रमा आएको यो समस्या आकस्मिक हो र यो छिट्टै समाधान हुन पनि सक्तछ । केही समय लिन पनि सक्तछ । दैनिक अन्तरदेशीय हवाइ यातायात समेत अवरुद्ध हुँदा मानिस आवागमनमा रुकावट आएको छ र यसले आर्थिक समस्या ल्याएको छ ।

तत्काल यो समस्याको समाधान भनेको सरकार र निजी क्षेत्र एकै ठाउँमा आएर समस्याको समाधानमा संयुक्त भै लाग्ने नै हो । सरकारको सयहोग विना यो संकटको मोचन हुन मुस्किल छ । आज व्यावसायीहरुलाइ बैंकको किस्ता बुझाउने समस्या ज्वलन्त छ ।

यातायात संगै आर्थिक कृयाकलाप पनि अवरुद्ध छ । चीनीयाँ पर्यटन संस्थाहरु समेत बन्द भैदिँदा ठूलो रकम उता अड्किएको छ । तसर्थ राज्यले यतिबेला अभिभावकको भूकिका नखेल्ने हो भने समग्र पर्यटन उद्योग धरासायी नहोला भन्न सकिन्न ।

संकटको बेला उद्योग जोगाउनुको सट्टा उल्टै त्यसैमाथी थप तनाव पर्न गयो भने टिक्न गाह्रो  हुन्छ । तसर्थ सरकारले बैंकहरुसंग बसी केही महिना किस्ता समायोजन गर्न सघाउनु पर्दछ । व्यापार सुचारु भएपछी व्यावसायी आफै सक्षम हुनेछन् ।
दोश्रो कुरा भ्रमण बर्षको सुरुआत मै समस्याका बादल देखिनाले अब आन्तरिक पर्यटनको विकास गर्नु नै एक मात्र विकल्प हो । यसका निम्ति पनि सरकारले सामान्य प्रचार प्रसार मात्र भन्दा ठोस कार्यक्रम ल्याउनु पर्दछ ।

हरेक तप्काका मानिसहरु आफ्नो देश घुम्ने हेर्ने बानीको विकास गराउनु पर्दछ । हाल सरकारी कार्यालयहरुमा हप्ताको एक दिन दिइने छुट्टीलाइ दुइ दिन बनाउन सके छोटा छोटा भ्रमण कार्यक्रमहरु हुने गर्दछन् ।

त्यस्तै सरकारी कर्मचारीहरुलाइ खर्च सहितको अनिवार्य एक हप्ते भ्रमण विदाको व्यवस्था गर्ने हो भने बाह्य पर्यटक नहुँदा समस्यामा परेका व्यवसाय उक्सीने छन् ।

अरुको मात्र भर पर्नु पर्ने समस्याको पनि अन्त हुनेछ । निजी क्षेत्रका यातायात, भ्रमण प्याकेज, होटल, रेष्टुरेण्टहरुले पनि भ्रमण बर्षको विशेष आकर्षण र साविक मूल्यमा भारी छुटको व्यवस्था गर्नुपर्दछ । यस्तो हुन सके थप पर्यटन प्रवद्र्धन हुने आशा र विश्वास गर्न सकिन्छ ।

तपाइँको प्रतिक्रिया ।