दोस्रो टोखा महोत्सवको तयारी तिब्र

कपन अनलाइन

काठमाडौं माघ २९  ।  दोस्रो टोखा महोत्सवको व्यवस्थापकीय जिम्मेवारी बाडफाड  भएको छ ।  नेवाः गुथि टोखाले टोखामा क्रियाशिल सामाजिक संघ,संस्था बौद्धिक  व्यक्तित्व, व्यवसायी तथा पत्रकारहरुको भेला गरी विभिन्न उपसमितिहरु गठन गर्दै जिमेवारी बाडफाड  गरिएको हो  ।टोखा नगरपालिकाको आयोजनामा आउँदो फागुन २३ देखि २५ गतेसम्म हुन लागेको दोस्रो टोखा महोत्सवलाई आयोजना गर्दै छ । नेवाः गुथि टोखाका अध्यक्ष देवराज डंगोलको अध्यक्षतामा बसेको  भेलाले  जिमेवारी बाढ-फाढ  गर्दै  उपसमितिहरुको गठन गरिएको हो । गठित उपसमितिहरुले छिटै आफ्नो उपसमितिको पूर्णता गरी त्यसको विवरण गुथिलाई बुझाउनुने छन्  । उपसमितिमा बढिमा २० जना तथा आवश्यकता अनुसार सदस्यहरु थप्न सकिनेगरि प्रावधान बनाइएको छ  ।

टोखा नगरपालिका २ वडाका अध्यक्ष दिपकराज जोशीले गठित उपसमितिमा सक्रिय तथा सबै नगरपालिकाका सदस्यहरु सहभागिहुने गरी अगाडि बढन सबै संयोजकहरुलाई सुझाव दिएका थिए । साथै उनले महोत्सव आयोजनाका लागि टोखा न.पा. २ र ३ वडा सक्रिय र सक्षम रहेको भन्दा सबै जनाले आफ्नो जिम्मेवारीलाई सहि ढंगमा निर्वाह गर्न समेत आग्रह गरेका थिए ।

टोखा नगरपालिका २ वडाका अध्यक्ष दिपकराज जोशीले गठित उपसमितिमा सक्रिय तथा सबै नगरपालिकाका सदस्यहरु सहभागि हुने गरी अगाडि बढन सबै संयोजकहरुलाई सुझाव दिएका थिए । उनले महोत्सव आयोजनाका लागि टोखा न.पा. २ र ३ वडा सक्रिय र सक्षम रहेको भन्दा सबै जनाले आफ्नो जिम्मेवारीलाई सहिढंगमा निर्वाह गर्न समेत आग्रह गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।