लिबर्टी एकेडेमी गोकर्णेश्वर ८ द्वारा आयोजित अन्तर बिद्यालय स्तरीय जिल्ला ब्यापी दोस्रो लिबेर्टी कप सेभेन ए साइड फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

लिबर्टी एकेडेमी गोकर्णेश्वर ८ द्वारा आयोजित अन्तर बिद्यालय स्तरीय जिल्ला ब्यापी दोस्रो लिबेर्टी कप सेभेन ए साइड फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

कपन अनलाइन

काठमाडौं, माघ २२ ।गोकर्णेश्वर नगरपालिका वडा नं ८ अत्तरखेलमा संचालित लिबर्टी एकेडेमीले अन्तर बिद्यालय स्तरीय जिल्ला ब्यापी दोस्रो लिबर्टी कप सेभेन ए साइड छात्र/छात्रा फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ।माघ २४ गते बाट सो प्रतियोगिता आयोजना गर्न लागिएको सो प्रतियोगीताको बुधबार  खेल तालिका सार्वजनिक गरिएको हो ।

खेलकुदको विकास विद्यालय तहबाटै शुरु हुने भएकाले खेलाडीलाई फुटबलमा लाग्ने प्रेरित गर्नुको साथै विधार्थीका बीचमा स्वस्थ्य प्रतिस्पर्धा, शारीरिक र मानसिक रुपमा दुरुस्त रहन यस्ता प्रतियोगिता सहयोगी हुने विश्वासकाका साथ् अन्तर  बिद्यालय स्तरीय जिल्ला ब्यापी दोस्रो लिबर्टी कप सेभेन ए साइड छात्र/छात्रा फुटबल प्रतियोगिताको दोस्रो संस्करण आयोजना गर्न लागिएको लिबेर्टी एकेडेमीका प्रिन्सिपल ओम प्रसाद ढकालले जानकारी गराएका छन। अत्तरखेल शिवपुरी चोक स्थित खेल मैदानमा हुने सो प्रतियोगितामा ३५ वटा बिध्यालयले सहभागिता जनाएका छन, जसमा छात्र तर्फ २७ र छात्रा तर्फ १४ वटा टिमले सहभागिता जनाएका छन । प्रतियोगिताको उद्घाटन खेल माघ २४ गते बिहान ७:३० बजे हुने पनि जानकारी गराउदै प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको  बताएका छन्  ।

लिबर्टी एकेडेमी प्लस टु मुख्य  प्रायोजक रहेको सो प्रतियोगितामा छात्र र छात्रा तर्फका दुवै टिमका  प्रथम स्थान हैसिल गर्नेले नगद पुरस्कार रु २० हजार सहित आकर्षक  ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने दितिय हुने टिमले नगद रु १० हजार सहित  आकर्षक ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ। त्यसै गरि प्रतियोगितामा तृतीय हुने टिमले नगद पुरस्कार रु ५ हजार सहित  आकर्षक ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ। त्यसै गरि प्रतियोगितामा  उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट रक्षक, म्यान अफ द म्याच लाइ पनि ट्रफीको व्यवस्था  गरिएको पनि जानकारी गराए ।प्रतियोगिता संचालन गर्नको लागि करिब ४ लाख रुपैया खर्च हुने अनुमान गरेको पनि उनको भनाइ रहेको छ ।सो प्रतियोगितालाइ अत्तरखेल युवा समाजले संयोजन गर्ने भएको छ ।

प्रतियोगिताका संयोजक  एबम  अत्तरखेल युवा समाजका सचिब दिनेश राइले खेल अवधीभर खेलाडीहरुको मनोबल उच्च पार्न सम्पुर्ण खेल प्रेमी दर्शकहरुलाई  खेल अवलोकनको लागि उपस्थिती भईदिन समेत अनुरोध गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।