लुम्बिनी कलेजले प्रायोजन गरेको प्याब्सक अन्तर बिध्यालय फुटसल प्रतियोगीताको दोस्रो दिनका खेलहरु सम्पन्न

लुम्बिनी कलेजले प्रायोजन गरेको प्याब्सक अन्तर बिध्यालय फुटसल प्रतियोगीताको दोस्रो दिनका खेलहरु सम्पन्न

कपन अनलाइन

काठमाडौं माघ २३। लुम्बिनी कलेजले प्रायोजन गरेको निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) अन्तर-विद्यालय फुटसल प्रतियोगिताको आज दोस्रो दिनका खेलहरु सम्पन्न भएको छ ।“विकास, अनुशासन र गतिशीलता खेलाडिको पहिचान” “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” भन्ने मुल नाराका साथ शुरु भएको प्रतियोगिता माघ २४ गते  सम्म लुम्बिनी फुटसल ग्राउण्ड, चुच्चेपाटीमा जारी रहेको छ  सो प्रतियोगितामा काठमाडौं उपत्यकाका ६०  वटा विद्यालयका ६४ वटा टिमको  सहभागिता रहेको छ।

आज भएको दोस्रो दिनको पहिलो खेल अंकुर स्कुल र छहारी स्कुल बीच भएको थियो जसमा छहारी स्कुलले अंकुर स्कुललाई १-६ गोल अन्तरले पराजित गरेको थियो। त्यसै गरि दोस्रो खेल प्रशान्ति स्कुल र मान्डु स्कुल बीचको खेलमा प्रशान्ति स्कुलले मान्डु स्कुललाइ ३-० गोल अन्तरले पराजित गरेको थियो। त्यसै गरि आजै भएको अर्को खेल पायोनियर पब्लिक स्कुल  बि र प्रारम्भ स्कुल बीच भएको थियो। जसमा प्रारम्भ स्कुलले पायोनियर पब्लिक स्कुललाई ५-० गोल अन्तरले पराजित गर्दै आर्को चरणमा प्रवेश गरेको छ भने आजै भएको अर्को खेलमा  सगरमाथा स्कुलले के टि एम बोन्साई स्कुललाइ ३-० गोलअन्तरले पराजित गरेको छ ।

त्यसै गरि अर्को खेलमा पायोनियर ए र त्रिनेत्र बीच भएको थियो जसमा त्रिनेत्रले पायोनियर ए लाइ २-१ गोल अन्तरले पराजित गर्न सफल भयो ।त्यस्तै ज्ञान चक्षु र प्राक्सिस ए बीच को खेल ३-३ गोल को बराबरीमा सकिए पश्चात खेल पेनाल्टी शुटआउटमा गएको थियो, जसमा प्राक्सिस ए ले ज्ञानचक्षुलाइ ३-१ गोल अन्तरले पराजित गरेको थियो।त्यसै गरि ए जी एम र हाम्रो सन् साइन बीच को खेल पनि  १-१ गोलको बराबरीमा सकिए पछि खेलको निर्णय पेनाल्टी शुट आउट मार्फत लिइएको थियो। जसमा ए जी एमले हाम्रो सन् साइनलाइ २-१गोल अन्तरले पराजित गर्यो ।आजै भएको आठौ खेल फेयरी ल्याण्ड स्कुल र ग्रिनफिल्ड बीच भएको थियो। उक्त खेलमा ग्रिनफिल्डले फेयरी ल्याण्ड स्कुललाइ ३-० गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको थियो ।त्यसै गरि अर्को खेल   ध्रुबतारा स्कुल र प्रिन्सटन स्कुल बीच भएको थियो। उक्त खेलमा ध्रुब तारा स्कुलले प्रिन्सटन स्कुललाई२-० गोल अन्तरले पराजित  गर्दै अर्को चरणमा प्रवेश गरेको छ।

आज भएको प्रि क्वाटर फाइनल  खेल   प्रारम्भ र सगरमाथा स्कुल बीच भएको थियो, जसमा सगरमाथाले प्रारम्भ स्कुललाई २-१ गोल अन्तरले पराजित गरेको छ। त्यसै गरि ग्रिनतारा स्कुल र लिटिल मुन बीच भएको खेलमा लिटिल मुनले ग्रिनतारालाइ ५-० गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ । त्यसै गरि आजै भएको अर्को खेल छहारी स्कुल र प्रशान्ति स्कुल बीच भएको थियो। निकै नै प्रतिस्पर्धात्मक बनेको सो खेलमा छहारी ले प्रशान्ति स्कुललाइ १-० गोल अन्तरले पराजित गर्न सफल भयो। त्यसै गरि एपेक्स र त्रिनेत्र बीचको खेल २-२ गोलको बराबरीमा सकिए पश्चात पेनाल्टीमा एपेक्सले त्रि नेत्रलाइ ३-२ गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ भने प्राक्सिस बि र कान्तिपुर बिचको खेलमा कान्तिपुरले प्राक्सिसलाइ ३-० गोल अन्तरले पराजित गर्न सफल भयो।

त्यसै गरि बोधी सधन र  पुष्पलाल स्कुल बिचको खेलमा पुष्पलाल स्कुलले बोधी सधन स्कुललाइ ८-० को भारि गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ ।आजै भएको आकाश गंगा र ग्रिनफिल्ड बिचको खेलमा ग्रिन फिल्डले आकाश गंगालाइ ५-२ गोल अन्तरले पराजित गर्न सफल भयो। त्यसै गरि जोन स्कुल र भिमेश्वर स्कुलको खेल निर्धारित समय सम्म पनि ०-० बराबरीमा सके पश्चात भएको पेनाल्टी शुट आउटमा जोन स्कुललाइ भिमेश्वर स्कुलले ३-२ गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ ।

त्यसै गरि आजै भएको विनायक स्कुल र लिटिल मुन स्कुल बीचको खेलमा विनायक स्कुलले लिटिल मुन स्कुललाइ २-० गोल अन्तरले पराजित गर्न सफल भयो भने आज भएको अन्तिम खेल विट्स एकेडमी र के भि एस बीच भएको थियो। निकै नै प्रतिस्पर्धात्मक बनेको सो खेल निर्धारित समय सकिदा १-१ गोल को बराबरी भए पछि रेफ्रीले पेनाल्टी शुट आउट मार्फत निर्णय लिएका थिए ।जसमा विट्स एकेडेमीले के भी एस स्कुललाइ ५-४ गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ।

 प्रतियोगितामा  उत्कृष्ट  ४ टिमले नगद पुरस्कार  क्रमश  १० हजार , ८ हजार , ७ हजार र ५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र पाउने छन्  भने व्यक्तिगत विधा तर्फ उत्कृष्ट  खेलाडी , उत्कृष्ट  गोलरक्षक र सर्बाधिक गोलकर्तालाई पुरस्कृत गरिने प्याब्सक  अध्यक्ष गेन्द्र लामा ले जानकारी गराए । भोली अन्तिम दिन क्वार्टर फ़ाईनल , सेमी फ़ाइनल र सिर्ष ४ स्थानका लागी खेल हुनेछ।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।