एक श्लोकी छोटा कविता !

एक श्लोकी छोटा कविता !

कपन अनलाइन

काठमाडौँ,माघ २१ /नवराज न्यौपाने मौन

एक:वीर
सहेर चोट वीरले, हजार ज्यान पाल्दछ
झुकाइ माथ काँतरै,इमान खेर फाल्दछ
नदेउ साथ भ्रष्टको, उ स्वाभिमान बेच्दछ
नखोस ताज वीरको, उ सत्य मात्र देख्दछ

दुई: देश
दुखेर देश अति नै लमतन्न पर्छ
सहेर मर्म मनमा जब आँशु झर्छ
चिनेर आज जननी उपचार गर्द्यौ
मिलेर शान्त बस लौ अधिकार भर्द्यौ

तीन  : भारत
बतासमा उडी गयो रुवाइ आज गन्थन
छ देश आज मर्ममा गरौं विचार मन्थन
सधैँ कुटील खेलमा चलेर बोल्छ भारत
विचारशून्य छौं अहो अझै बुझिन्न सार त

चार :अठोट
हिमाल कहिल्यै बूढो हुन्न भए म नै हुन्छु
हिउँ हुन्न पुरानो त भए म नै हुन्छु
हिमाल,पहाड,तराई,नेपाल सबको साझा हो
नेपाल कहिल्यै टुक्रा हुन्न भए म नै हुन्छु

पाँच :शहर
हामीले नै जनसगरमा एक बेहान ल्याई
चम्काऔं है चमक छबि झैं स्रोतबाटै फिजाई
चोखो साँचो नर नियतका आँकुरा फुल्नु पर्छ
सिङ््गै धर्ती लहलह बनी सिर्जना झुल्नु पर्छ
छस् भानु(१
रम्घा डाँडा पुलकित छटा जन्मिए भानुभक्त
ज्यूदै मर्दा मनुज जुनि यो हुन्छ सार्है बिरक्त
भन्ने बुझ्दै युगयुग हुने काव्यधारा बनाए
लाखौं लाखौं अमुक मुटुमा काव्यले स्थान पाए

सात : भानु २
जन्मे भानु यही कतै तनहुँको रम्घा छ जो गाउँमा
लेखेथे कविता सयौं हरफका एक्लासको ठाउँमा
भोगी दुख्ख सबै अहो जिवनमा सम्झे सधैँ श्रीहरि
गाए रामकथा सबै सरल नै कैल्यै नभुल्ने गरी

आठ :शहीद्
हाम्रा प्यारा शहिदहरुको रक्तले देश बन्छ
साँची माया हृदयतलमा सुस्तरी बढ्नु भन्छ
के गर्दा छौ ढुलुमुलु गरी देशका मानानीय
मिल्दै चाँडो सहमति गरौं भन्छ सारा दुनियाँ

नौ :विदेशी सहयोग
किसिम किसिम दाता अर्थको दान गर्छन्
फरक फरक नेता गर्विलो ज्ञान छर्छन्
रकम खरच गर्नू पारदर्शी बनाई
गरिब जनहरूको बुझ्नु राम्रो भनाई

दश: नेपालीपन
त्यागी स्वार्थ सधैँ सबै जन मिली हाँसेर बाँच्नै सिकौं
फैलाई ममता अगाल समता नाचेर बाँच्नै सिकौं
पीडा भो मनमा अहो विधि तिमी यो दुख्ख सारा बुझ
कम्ता छैन यहाँ सबै प्रकृतिको नेपालको पौरख

एघार: संस्कार
बाबा र आमा अनि देव मान्नु
कर्तव्य आफ्नो कहिल्यै नभुल्नु
यात्रा छ हाम्रो नरजन्म सारा
यात्री बनेरै दिउँ है इसारा

बाह्र स् धर्म
म कृष्ण(राधिका पुजें ,घुमेर देव दर्शन
घमण्ड लिन्न लिन्न क्यै, भुलेर देव कीर्तन
छ आज साथ भाग्यको,सदा छ ढोग श्रीहरि
पुकार गर्छ वत्स यो, सुवास छर्छु बेसरी

तेह्रस्एकता
गरौं काम राम्रो नियालेर बाटो
नहोस् दुश्मनी क्यै बियाँलो र फाटो
गरौं देशको लागि सत्कर्म सारा
जुटौँ एकतामा नरोकी इशारा

चौधस्नक्कलीलाई
झुलुक्क देख्न पाएमा ,फुरुक्क हुन्छु मै पनि
टुप्लुक्क आउछ्यौ भन्दै, पिर्लिक्क हेर्छु तैपनि
खल्खली पसिना आयो, सम्झना मात्र झल्झली
म जस्तो सक्क्ली को छ, भन लौ नक्कली कली

पन्ध्रस्नेता
मबाट गल्ति हुन्न क्यै तिमी भनेर भन्दछौ
हजार गल्ति गर्दछौ असत्य जो छ बोल्दछौ
नबिर्स आज एकता जहाँ भलो छ देशको
सुधार मानसीकता भलो गरी स्वदेशको

चुँदी ,तनहुँ , हाल कपन, काठमाडौं ।

तपाइँको प्रतिक्रिया ।