निजि तथा आवासीय बिध्यालय संघठन(प्याब्सक)को अन्तर बिद्यालय फुटसल प्रतियोगिता माघ २२ गते बाट

निजि तथा आवासीय बिध्यालय संघठन(प्याब्सक)को अन्तर बिद्यालय फुटसल प्रतियोगिता माघ २२ गते बाट

कपन अनलाइन 

काठमाडौं, माघ २०।निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) ले  अन्तर-विद्यालय फुटसल प्रतियोगिता गर्ने भएको छ।“विकास, अनुशासन र गतिशीलता खेलाडिको पहिचान” “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” भन्ने मुल नाराका साथआगामी माघ २२, २३ र २४ गते लुम्बिनी फुटसल ग्राउण्ड, चुच्चेपाटीमा हुन लागेको हो । प्रतियोगितामा काठमाडौं उपत्यकाका ६४ वटा विद्यालयको सहभागिता रहने निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) अध्यक्ष गेन्द्र लामाले  पत्रकार सम्मेलन मार्फत जानकारी गराए ।

 प्रतियोगिता मार्फत् देशका लागि उत्कृष्ट खेलाडीहरु जन्माउने हाम्रो लक्ष्य रहनुको   साथै विभिन्न विद्यालयहरूबीच  आपसी भाईचाराको सम्बन्ध स्थापित हुने विश्वासका साथ प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष लामाले जानकारी गराए ।पत्रकार सम्मेलनमा थप जानकारी दिदै आयोजक संस्थाका महासचिव राजन श्रेष्ठले विद्यार्थीहरूको सिर्जनात्मक क्षमतालाई प्रस्फुटन गर्न र अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिन यस वर्ष चौथो संस्करणको अन्तर विद्यालय फुटसल प्रतियोगिता आयोजना गर्न लागिएको  बताए ।लुम्बिनी एकेडेमी मुख्य प्रायोजक भएको उक्त प्रतियोगितामा कक्षा नौ सम्म अध्ययनरत विद्यार्थीहरूको  मात्र सहभागीता  रहने पनि जानकारी गराए ।

प्रतियोगितामा पहिलो , दोस्रो , तेस्रो र सान्त्वना स्थान हासिल गर्ने टिमलाइ नगद पुरस्कार  क्रमशः रू १०,हजार  रू ८हजार , रू ७हजार  र रू ५हजार का साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यसै गरि सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, डिफेण्डर, उदयमान खेलाडी र प्रशिक्षकहरूलाई पनि मेडल, प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।  प्रतियोगिताको  क्वाटरफाईनल पछिका खेलहरूमा ‘म्यान अफ दि म्याच’ को ट्रफि प्रदान गरिने पनि प्याब्सकले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।