कपन गाविसको नयाँ सचिवमा भुवनेश्वर लामिछाने, लोमस आचार्यको सरुवा

कपन अनलाइन मंसिर १८ गते

कपन गाविसको नयाँ सचिवको रुपमा काभ्रेस्थली गाविस निवासी भुवनेश्वर लामछिाने आएका छन् । स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागका शाखा अधिकृत रहेका भुवनेश्वर लामिछानेले कपन गाविसको आफ्नो कार्यभार संहालेका छन् । उनले हिजो मंसिर १७ गतेबाट आफ्नो कार्यभार संहालेका हुन् ।

करिब २० महिना अघि कपन गाविसमा सचिवको रुपमा आएका लोमस आचार्य नियमित सरुवाको क्रममा कपनबाट  भएका छन् । कपनमा बसेर काम गर्दा निकै जनपक्षीय तथा सकारात्मक काम गरेकाले चर्चित एवम् प्रशंसापात्र रहेको आचार्य स्थानीय विकास मन्त्रालयमा सरुवा भएका हुन् । सरुवा भैसके पनि नयाँ सचिवलाई कपनको बारेमा जानकारी गराउन उनी केही दिन कपन गाविस भवनमा भने उपस्थित रहेका छन् । मंसिर २० गते उनले बिदा लिने छन् । आचार्यको बिदाई कार्यक्रमको तयारी भैरहेको कपन गाविस श्रोतले जनाएको छ ।

 

तपाइँको प्रतिक्रिया ।