राजु श्रेष्ठलाई समानुपातिकमा पार्न सयौँ कार्यकर्ताहरु देउवा निवासमा

कपन अनलाइन०७० मंसिर १७
यतिखेर देशभरी समानुपातिकमा सिफारिस भएका नामहरुबाट को को व्यक्ति सभासद् हुने भन्ने चर्चा सबैभन्दा धेरै चलिरहेको छ । सबैभन्दा बढि मत पाएर ठूला दल बनेका नेपाली कांग्रेस र एमालेमा को को अब सभासद् हुने हुन् भन्ने बारे चर्चासहित विवाद पनि शुरु भएको समाचाहरु आइरहेको छ । यसै प्रसंगमा ठूलो मत अन्तरले नेपाली कांग्रेसको युवा नेता गगन थापाले विजय हासिल गरेको काठमाडौं क्षेत्र नंं ४ बाट समानुपातिकमा सिफारिस भएका नेपाली कांग्रेसका नेता राजु श्रेष्ठलाई समानुपातिकमा सभासद् बनाउनु पर्छ भन्ने आवाज चारैतिर जोडतोडले उठ्न थालेको छ । काठमाडौंको ग्रामीण भेक समेटेर राजु श्रेष्ठलाई समानुपातिकमा सभासद् बनाउनु पर्ने आवाज उठाउँदै करिब ५०० नेपाली कांग्रेसका अगुवा कार्यकर्ता आज नेपाली कांग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवा निवास पुगे । उनीहरुले देउवालाई दुई क्षेत्रबाट बिजय भएकोमा बधाई दिँदै समानुपातिकमा राजु श्रेष्ठलाई जसरी पनि सभासद् बनाइनु पर्ने माग जोरदाररुपले उठाए । महिला समूह, बृद्ध कांग्रेसी अग्रजहरु झण्डासहित देउवा निवास पुगेर देउवालाई अबको प्रधानमन्त्रि हुन पनि सुझाव दिए । प्रत्यूत्तरमा वरिष्ठ नेता देउवाले स्थानीयहरुको माग एवम् भावनालाई समेटेर सभासद् कसलाई बनाउने भन्ने निर्णय गर्ने बताए ।

राजु २
तत्कालिन द्वन्द्वकालमा माओवादी पिडितसमेत रहेका राजु श्रेष्ठ स्थानीय रुपमा परिचित समाजसेवी युवा नेता भएकाले उनको पक्षमा कार्यकर्ताहरु उर्लिएको सहभागि एक स्थानीय नेका कार्यकर्ताले बताए । उनले काम गर्ने मानिसलाई अगाडि बढाउन कार्यकर्ताहरु यसरी एकजुट भएको बताउँदै उनले पार्टी सभापति शुशिल कोइरालाको निवासमा ढोका ढक्ढक्याउन पनि पुग्ने बताए । सहभागिहरुमा क्षेत्र नं. ४ का सबै गाविस तथा नगरका वडाका कार्यकर्ताहरुको सहभागिता भए पनि राजु श्रेष्ठ स्वयम् भने सहभागि थिएनन् । देउवाका छिमेकीसमेत रहेको राजु श्रेष्ठ भने घरमै थिए । उनलाई कार्यकर्ता तथा स्थानीयहरु देउवाको घरमा जान लागेको थाहा दिएका थिए । कपन अनलाइनसँग कुरा गर्दै उनले प्रत्यक्षमा भन्दा पार्टीको सिट कम भएको कारणले समानुपातिकमा सबैलाई समेट्न पर्ने भएकोले पार्टीलाई निर्णय लिन त्यति सजिलो नभएको बताए । उनले काठमाडौंको उत्तरी ग्रामीण भेकबाट पहिलोपटक समानुपातिकमा सिफारिस पाएको हुँदा यस क्षेत्रका मानिसको राजनीतिक नेतृत्वमा पहँुच बढाउन पनि सभासद्मा आफ्नो नाम जाने आशा भने रहेको बताए । तर पार्टीले सिफारिस गरेन भने पनि खासै दुःख मानउ नरहेको उनले थपे । यद्यपि उनका नाममा देउवाको घरमा पुगेको कार्यकर्ता भने जसरी पनि राजु श्रेष्ठलाई सभासद् बनाउनै पर्छ भन्ने भावना बोलिरहेका थिए । राजु श्रेष्ठलाई समानुपातिकमा उम्मेदवारी दिएका कारण पनि गगन थापाको विजयी परिणाममा यति धेरै मत संख्या भएको हो भन्ने कार्यकर्ताहरुको भीड थियो ।

राजु १
राजु श्रेष्ठ नेपाली कांग्रेसले समानुपातिकमा सिफारिस गरेका ३३५ जना उम्मेदवारहरुमध्ये माओवादी द्वन्द्वपिडितसमेत रहेकाले उनको सभासद हुने मौका राम्रो रहेको कार्यकर्ता बताइरहेका छन् । यो विषयमा राजु श्रेष्ठ स्वयं पनि द्वन्द्व पिडितहरुको पिडाको सम्बोधनका लागि पनि आफू सभासद् हुने आशा राख्छन् । पार्टीमा गरेको योगदानको हिसाबले पनि आफू कमजोर नरहेको उनले बताए । तर उनले फेरि पनि थपे प्रजातान्त्रिक पार्टीमा रहेकोले आफू पर्यो भने ठीक र नपरे बेठीकको कुरा आफूले नगर्ने बताउँदै पार्टीको निर्णय शिरोधार्य हुनेछ ।
राजु श्रेष्ठ नेपाली कांग्रेसभित्र देउवा पक्षधर भनेर चिनिन्छन् । कतिले उनलाई देउवाको किचेन क्याविनेटको मानिस पनि भन्ने गर्छन् । त्यसै आधारमा उनको सभासद् हुने मौका शतप्रतिशत रहेको भन्ने कार्यकर्ता तथा सर्वसाधारण पनि कम भने छैनन् । राजु श्रेष्ठ स्वयम्ले पनि वरिष्ठ नेता देउवा आफ्नो छिमेकी पनि रहेको तथा सम्पर्क र सम्बन्धको हिसाबले पनि उहाँसँग प्रगाढता रहेको भन्न छुटाएनन् ।

तपाइँको प्रतिक्रिया ।