आज नारायणगोपालको २३ औं स्मृति दिवस

कपन अनलाइनमंसिर १९ गते
नारायणगोपाल नेपाली सांगीतिक क्षेत्रका विशिष्ट नक्षत्र हुन् । नारायणगोपाल नेपाली भाषाका विशिष्ट र पहिला गायक थिए । स्वरसम्राट उपाधिले विभुषित नारायणगोपाल आजको दिन नेपाली सांगीतिक आकाशाबाट सशरीर बिलय भएको २३ वर्ष बितेको छ ।  उनले करीव ५०० वटा नेपाली गीतहरू गाएका छन् । उनका गीतहरू नेपाली चलचित्र तथा नाटकहरूमा पनि प्रयोग गरिएका छन् ।

http://youtu.be/WRli1W5oiu8

नारायणगोपाल गुरुबाचार्यको जन्म वि.सं. १९९६ असोज १८ गते बुबा आशागोपाल गुरुबाचार्य र आमा रामदेवी गुरुबाचार्यको सन्तानका रूपमा काठमाण्डौको किलागलमा भएको हो । वि.सं. २०२७ साल फागुनमा पेमालाका साथ यिनको विवाह सम्पन्न भए पनि सन्तान भएनन् । चार जना दाजु-भाइ र ३ जना दिदी-बहिनीमध्येका एक नारायण गोपालले मानविकी शास्त्रमा स्नातकोत्तर गरे । भारतको बडोदामा शास्त्रीय संगीतको अध्ययन थालेर पूरा नगर्दै छाडे । डिस्क र टेपमा गरी जम्मा २ सयवटा जती गीतहरू रेकर्ड गराए ।

तपाइँको प्रतिक्रिया ।