प्रमुख प्रशासकीय अधिकृत नहुदा बुढानिलकण्ठको कार्य सम्पादनमा समस्या

प्रमुख प्रशासकीय अधिकृत नहुदा बुढानिलकण्ठको कार्य सम्पादनमा समस्या

कपन अनलाइन 

काठमाडौँ ,पौष २८  ।

लामो समय देखि प्रमुख प्रशासकीय अधिकृत नहुदा बुढानिलकण्ठ नगरपालिकाको कार्य सम्पादनमा असर परेको छ  ।

यस अघिका प्रमुख प्रशासकीय अधिकृत कुमार कोइराला सरुवा भएको लामो समय वितिसक्दा पनि नया प्रमुख प्रशासकीय अधिकृत नआउदा नगरपालिकाको दैनिक कार्यसम्पादन र अन्य महत्वपूर्ण नीति   निर्माणका काममा असर पुगेको छ  ।

पटक पटक प्रमुख प्रशासकीय अधिकृत परिवर्तन हुदा नगर प्रमुखको शुसासनको मुख्य लक्ष्म निकै असर परेको एक जनप्रतिनिधि बताउछन।

पहिलाका प्रमुख प्रशासकीय अधिकृत कोहि भ्रस्टाचारमा त् कोहि छोटो समयमानै सरुवा भए संगै चर्चामा आएको बुढानिलकण्ठ नगरपालिकामा अहिले प्रमुखका रुपमा आउन नया कर्मचारी हच्किएकोले ढिलाई भएको चर्चा पनि चल्न थालेको छ ।

यस विषयमा नगरप्रमुखको निरन्तर ताकेता पश्चात मन्त्रालयले उचित पात्रको खोजीलाई तीव्र पारेको र केहि दिनमा नै नया प्रमुख प्रशासकीय अधिकृत आउने नगरपालिका श्रोतले बताएको छ।

नगरपालिकामा रहेका कर्मचारीको कार्यशैलीमा परिवर्तन ल्याउदै शुसासन र कार्यसम्पादनमा चुस्तता ल्याउनुपर्ने प्रमुख दायित्व लिन सक्षम व्यक्तिलाई पठाउन मन्त्रालयले तयारी थालेको श्रोतले बताएको छ।

नया आउने प्रमुख प्रशासकीय अधिकृत संग कसैलाई नटेर्ने र कार्य सम्पादनमा सधै उदासिन रहने कर्मचारीलाई परिचालन गर्नु पर्ने प्रमुख जिम्मेवारी नया आउने प्रमुख प्रशासकीय अधिकृतको रहनेछ ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।