सेवानिवृत जीवन नेपालमा बिताउने फिलिपिनी राजकुमारी मारियाको इच्छा

सेवानिवृत जीवन नेपालमा बिताउने फिलिपिनी राजकुमारी मारियाको इच्छा

कपन अनलाइन

काठमाडौँ ,पौष २८ ।

फिलिपिनी राजकुमारी मारिया लीयोनारो टोरेसले आफ्नो निवृत जीवन नेपालमा बिताउने योजना रहेको बताएकी छन ।

टोरेसको सामाजिक संस्था वि केयर फर ह्युमानिटि र जाम्लिंग बुद्ध फाउन्डेसन विच नेपालमा विविध क्षेत्रमा सामाज सेवाका लागि हस्ताक्षर कार्यक्रममा बोल्दै राजकुमारी मारियाले नेपालको प्राकृतिक सुन्दरता र नेपालीको व्यवहारले आफुलाई निकै आकर्षित गरेको बताउदै त्यसले यहाँ केहि गर्न प्रेरित गरेको बताएकी थिइन्  ।

नेपालीको जस्तो सुकै दुखमा पनि८ खुसि रहन सक्ने बानीले आफुलाई निकै आकर्षित गरेको बताउदै राजकुमारी मारियाले एक पटक नेपाल भ्रमण नगर्ने व्यक्तिले धेरै कुरा गुमाउने धारणा राखेकी थिइन्  ।

आफ्नो संस्थाले विस्वका धेरै देशमा विविध समाजसेवाको काम गरेको र अवका दिनमा नेपालमा शिक्षा ,स्वास्थ्य र अन्य क्षेत्रमा कामगर्ने जानकारी दिएकी छन  ।

तपाइँको प्रतिक्रिया ।