यज्ञश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गोकर्णेश्वर -४ को छैठौं बार्षिक साधारण सभा समपन्न

यज्ञश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गोकर्णेश्वर -४ को छैठौं बार्षिक साधारण सभा समपन्न

कपन अनलाइन

काठमाडौँ, पौष २८। गोकर्णेश्वर नगरपालिकामा वडा नं ४  गोकर्णमा संचालित यज्ञश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले छैठौ बार्षिक साधारण सभा समपन्न गरेको छ। सुनगाभा ब्यान्केटमा गत पौष १९ गते  शनिबार समपन्न उक्त छैठौ बार्षिक साधारण सभाको प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता ,आर्थिक संयोजक तथा वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना रहेका थिए भने बिशेष अतिथिमा  नेफ्स्कुन  केन्द्रीय संचालक सदस्य न्हुच्छे नारायण श्रेष्ठ (मिलन),  गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्री कुमार श्रेष्ठ, सहकारी अभियन्ता एबम कास्कुन पुर्व कोषाध्यक्ष गोबिन्द बहादुर काफ्ले ,महाशक्ति साकोस  प्रेम कुमार बस्नेत ,सुगम साकोसका अध्यक्ष रबि कुमार पौडेल,यज्ञडोल जगडोल युवा क्लबका अध्यक्ष संजय पौडेल,जगडोल रेसीडेन्ट ग्रुप का अध्यक्ष राजेश पौडेल, सुगम वेल फेयर सोसाइटिका अध्यक्ष श्यामराजा गौतम, श्री जन जागृति माविका शिक्षक सुरेन्द्र गौतम  लगायत संस्थाका पदाधिकारी शेयर सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता यज्ञश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष लक्ष्मण श्रेष्ठले गरेका थिए भने कार्यक्रम संचालन करुणा श्रेष्ठले गरेकी थिइन्।राष्ट्रिय गान संगै सुरु भएको सो कार्यक्रममा प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता ,आर्थिक संयोजक तथा वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगानाले पानसमा दिप प्रज्वलन सहित गरेका थिए। कार्यक्रममा यज्ञश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक  प्रकाश मणि पौडेलले स्वागत मनतब्यसहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए। उनले  संस्थाका विविध गतिविधिको बारेमा जानकारी गराउदै भविष्यमा सो संस्थालाई थप प्रभावकारी रुपमा अघि बढाइने समेत बताए ।

कार्यक्रममा यज्ञश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड अध्यक्ष लक्ष्मण श्रेष्ठले आर्थिक   बर्ष २०७५/०७६ को प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। संस्थाले विशेष बचत ,आवधिक बचत, नारी बचत, बाल बचत, खुत्रुके बचत जस्ता विभिन्न योजनाहरु संचालन गर्दै आएको छ । भने बिभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न सामाजिक क्रियाकलापमा सक्रिय सहभागिता जनाउदै आएको छ ।  आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारीले देशको समग्र आर्थिक क्षेत्रको विकासमा संस्थाले आगामी वर्षहरुमा थप नयाँ कार्यक्रम र योजनाहरु अगाडी बढाउदै लैजाने  समेत बताए । कोषाध्यक्ष क्रिष्टिना श्रेष्ठले आर्थिक प्रतिबेदन प्रस्तुत गरेकी थिइन्  भने उनले आ.व ७६/७७ को लागि अनुमानित बजेट  समेत प्रस्तुत गरेकी थिइन्।

कार्यक्रममा नेफ्स्कुन  केन्द्रीय संचालक सदस्य न्हुच्छे नारायण श्रेष्ठ (मिलन),  गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्री कुमार श्रेष्ठ, सहकारी अभियन्ता एबम कास्कुन पुर्व कोषाध्यक्ष गोबिन्द बहादुर काफ्ले ,महाशक्ति साकोस  प्रेम कुमार बस्नेत ,सुगम साकोसका अध्यक्ष रबि कुमार पौडेल,यज्ञडोल जगडोल युवा क्लबका अध्यक्ष संजय पौडेल,जगडोल रेसीडेन्ट ग्रुपका अध्यक्ष राजेश पौडेल, सुगम वेल फेयर सोसाइटिका अध्यक्ष श्यामराजा गौतम,लगायतले शुभकामना मन्तब्य राखेका थिए । उनीहरुले निक्षेप र कर्जामा केन्द्रित भएर काम गर्ने हुनाले सहकारीको माध्यमबाट आर्थिक परिवर्तन हुने जानकारी दिँदै राज्यको क्षेत्रबाट सहकारीलाई ध्यान दिन अनुरोध गरेका थिए । सहकारीले सबै किसिमको नागरिकको क्षमता वृद्धिमा सहकारीले ठूलो भूमिका खेल्दै आएको बताउदै उद्यमी बन्न र बनाउन सहकारीले मुख्य भूमिका खेल्दै आएको पनि बताएका थिए।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता ,आर्थिक संयोजक तथा वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना ले सहकारी आन्दोलनले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सहकारी संस्थाहरुले सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने धारणा राखेका थिए। उनले गोकर्णेश्वर नगरपालिकालाइ समृद्द बनाउनको लागि सहकारीको बिशेष भूमिका रहेको बताएका थिए।

 गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष श्री कुमार श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन भइ सात जना संचालक समितिको  निर्वाचन भएको थियो । उक्त निर्वाचन बाट  राम श्रेष्ठको अध्यक्षतामा नया ७ सदस्यीय संचालक समिति गठन भएको छ ।जसमा उपाध्यक्ष राम श्रेष्ठ, सचिब करुणा श्रेष्ठ, कोषाध्यक्ष अन्जु श्रेष्ठ, सदस्य प्रकाश मणि पौडेल, कृष्ण राम श्रेष्ठ, प्रोशिष श्रेष्ठ,चुनिएका छन् ।कार्यक्रममा प्रमुख अतिथी लगायतलाइ गोकर्णेश्वर नगरपालिका वडा नं ३ जगडोलमा स्थाई बसोबास गर्ने कलाकार मकर ध्वज लामा द्वारा निर्मित सुन्दर पैन्टिंग मायाको चिनोको रुपमा प्रदान गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।