काठमाडौँ क्षेत्र नं. ४ को पछिल्लो चुनावी अवस्था, कस्को अवस्था कस्तो छ ?

कपन अनलाइनसमाचार विश्लेषण०७० कार्तिक २८
चुनावको दिन आउन अब धेरै दिन बाँकी छैन । चुनावी नतिजाको आंकलन चारैतिरबाट हुन थालेको छ । मिडियाहरु कसले जित्ला भन्ने विषयहरुम आआफ्ना समाचारहरु सार्वजनिक गरिरहेका छन् । देशभरीको चुनावी अवस्था हेर्ने हो भने त्रिपक्षीय चुनावी भिडन्त हुने आंकडा सार्वजनिक भैरहेको छ । विशेष गरेर एमाओवादी, नेपाली कांग्रेस र एमाले बीचको त्रिपक्षीय चुनावी भिडन्त हुने कुरा पक्का भैसकेको छ । केही क्षेत्रमा भने मधेशवादी दल, राप्रपा, राप्रपा नेपाल, नेमकिपाजस्ता दलहरु यी दलहरुसँग प्रतिस्पर्धा गर्न सक्छन् ।

देशका केही क्षेत्रहरु यस संबिधानसभाको निर्वाचनमा विशेष चर्चित रहेका छन् । तीमध्ये काठमाडौं जिल्लाको क्षेत्र नं. ४ पहिलो पंक्तिमा पर्दछ । प्रखर वक्ता गगन थापा र जनयुद्धका कमाण्डर पासाङका कारण चर्चित यो क्षेत्रको चुनावी नतिजाको बारेमा चारैतिर अड्कलबाजी चलिरहेको छ । सुरुमा चारैतिर यो क्षेत्रमा गगन र पासाङको चुनावी युद्ध भनिने गरिए पनि परिस्थितिले एमालेका युवा नेता निर्मल कुइँकेललाई पनि बलियो बनाएको छ । दिनदिनै घरदैलोलगायत बिबिधखाले राजनीतिक कार्यक्रममा व्यस्त रहेका यी तीन पार्टीसँगै यस चुनावमा राप्रपा नेपालका तर्फबाट उम्मेदवार भएका सिनेकर्मी उद्धब पौडेलका कारण चुनावी नतिजा उलटफेरको डर पनि रहेको छ । उम्मेदवारहरु विभिन्न विकासे आश्वासन तथा वचन दिँदै हिँडेको अवस्थामा यस क्षेत्रमा कमैमात्र संबिधान बनाउने विषय चर्चामा छ । मतदातालाई संबिधान बन्ने विषयमा खासै सकारात्मक हुन नसकेको कारण पनि उनीहरु विकासका विषयमा केन्द्रित भएका हुन् ।

Three-Party_flag11
जनता वा मतदाताहरु स्वयम् संबिधानभन्दा विकासे वचनमा धेरै आकर्षित भएपछि उम्मेदवारहरु विकासे वचनमा धेरै लालयित भएका हुन् । यसरी विकासे वचन दिनेहरुमा सुरुदेखि नै यो क्षेत्रमा विकासमा प्रतिवद्ध भनेर अगाडि बढेका एमाले उम्मेदवार निर्मल कुइँकेल सबैभन्दा अगाडि छन् । त्यसैगरी काठमाडौं क्षेत्र नं. ४ मा बसोबास गर्न थालेपछि विकासमा धेरै काम गरेको बताउने एमाओवादीका पासाङ पनि विकासे वचन दिइरहेका छन् । संबिधानसभाको लागि आवश्यक व्यक्ति भनेर चिनाइएका नेपाली कांग्रेसका गगन थापा सामान्यतया विकासे वचन कम दिने गरेता पनि मतदाताहरु विकासतिर मात्र आकर्षित देखिएकाले विकासे वचन दिन वाध्य देखिएका छन् ।

यस क्षेत्रमा महानगरपालिकाको वडामा भन्दा गाविसमा बढि विकासे आश्वासन छापिन थालेको छ । नयाँ बनिरहेका बस्तिमा आवश्यक आधारभूत विकासलाई मतदाताले मुद्धा बनाए पछि क्षेत्र नं. ४ को चुनावी माहौल संबिधानतिर भन्दा विकासतिर केन्द्रित भएको हो । बौद्धिक भनिने केही मतदाता संबिधानसभा संबिधान बनाउनका लागि भएकोले विकासलाई खासै महत्व दिन तिर नलागे पनि अधिकांश मतदाता आफ्ना आधारभूत आवश्यक्ता पूरा गर्न भोट हाल्न लागेको परिभाषा लगाउन थालेका छन् । मतदाताको यही भावनाको अध्ययन गरेर होला एमाओवादीका उम्मेदवार पासाङ चुनाव जिते गृहमन्त्री वा रक्षामन्त्री हुन्छन् भनेर आफ्ना कार्यकर्तालाई भनाई रहेका छन् । नेपाली कांग्रेसका गगन थापा र एमालेका निर्मल कुइँकेल क्षेत्रको भने र गाउँको विकासमा दिनरात तल्लिन हुने र यसका लागि मन्त्रि हुनु नहुनुको खासै अन्तर नरहेको बताइरहेका छन् ।

तीनवटै दल कपन केन्द्रित

kapan vdc  mapधेरै जनसंख्या भएकोले तीनै दल कपन गाविसमा केन्द्रित रहेकोले यस गाविसमा करिब समान आंकडाको मत आउने देखिएको छ । एमाओवादीले अरु पार्टीले भन्दा धेरै मत पाउने हल्ला चले पनि खासमा उनीहरुको सांगठनिक स्वरुप तुलनात्मक रुपमा कमजोर भएकोले सबैभन्दा धेरै मत लिन सजिलो देखिएको छैन । अघिल्लो संबिधानसभाको निर्वाचनले देखाएको आंकडामा टेकेर हेर्ने हो भने कपन गाविसमा नेपाली कांग्रेस औसत हैसियतमा देखिन्छ तर गगन थापाको व्यक्तिगत नामको भोट पनि आउने भएको यो चुनावमा कांग्रेसलाई मजबुत नै मान्न सकिन्छ तर सुस्त चुनावी गतिबिधिले केही घाटा पुर्याउन सक्छ । पहिलादेखि राम्रो संगठन भएको मानिएको एमालेले यसपाला पनि कपनका घरदैलोमा देखाएको उपस्थितिले राम्रो मत लिने सम्भावना रहेको छ । तुलनात्मकरुपमा कमजोर उम्मेदवार मानिए पनि निर्मल कुइँकेलको सांगठनिक अनुभव तथा कपनमा मिठाराम अधिकारी हुनुको प्रत्यक्ष फाइदा एमालेले लिन सक्छ । पछिल्ला दिनमा भएका केही सर्वेक्षणले पनि यो गाविसमा एमालेलाई बलियो देखाएको छ । सर्वेक्षणमा दोस्रो स्थानमा नेपाली कांग्रेस र तेस्रो स्थानमा एमाओवादी देखाएकोमा एमाओवादी कार्यकर्ताले सर्वेक्षणप्रति रोष प्रकट गरेका छन् । एमाओवादीका उम्मेदवार पासाङले कपनबाछ ६००० मतको आशा गरेका छन् । नेपाली कांग्रेस तथा गगन थापाले कपन गाविसबाट ४००० मत आशा गरेका छन् भने एमालले यस गाविसबाट ५००० मत आशा गरेको छ ।

वडा नं. ७ को नतिजा सबैभन्दा महत्वपूर्ण

कपनमा तीनैदल केन्द्रित भएको अवस्थामा सबैभन्दा ठूलो मतदाता भएको महानगरपालिकाको वडा नं. ७ मा जुन दलले सबैभन्दा बढि मत लिनसक्छ उसले चुनावी नतिजा आफ्नो पोल्टामा पार्न सक्ने देखिन्छ । करिब १३००० मतदाता रहेको वडा नं. ७ मा चावहिल एरिया पर्दछ । ९ वटा मतदान केन्द्र रहेको यो वडामा ५ केन्द्रमा अग्रता लिनेले चुनाव जित्ने देखिन्छ । केही महिना अघि एमालेले महत्वपूर्ण केही व्यक्तिहरु पार्टी प्रवेशले उत्साहित एमाओवादी यस क्षेत्रमा आफूले अग्रता लिने बताइरहेको छ । अघिल्लो संबिधानसभा चुनावमा सबैभन्दा बढि मत लिएको नेपाली कांग्रेसले यसपाला पनि बढि मत लिने आशामा छ । सुप्रभा घिमिरेका कारण केही मनोवैज्ञानिक असर परे पनि गगन थापाको यात्रामा उद्धब पौडेलले केही बाधा हाल्न सक्ने देखिन्छ । तर गगन थापालाई व्यक्तिगत भोट आउने भएकाले चुहिएका भोट कभर हुने आशामा नेपाली कांग्रेस छ । पार्टीका केही प्रभावशाली व्यक्ति पार्टी छाडेर एमाओवादी प्रवेश गरेपछि वडा नं. ७ मा एमाले हल्का समस्यामा देखिए पनि उसको सांगठनिक अवस्था कमजोर नरहेको कार्यकर्ताहरु बताइरहेका छन् । यस वडामा ३००० मत लिने पार्टीले अग्रता लिन सक्ने देखिन्छ ।

एमाओवादीले महांकालमा अग्रता लिने सक्ने

pasangअघिल्लो संबिधानसभा निर्वाचनमा नेपाली कांग्रेसले सबैभन्दा बढि मत ल्याएको महांकाल गाविसमा यसपाला एमाआवादीले अग्रता लिन सक्ने देखिएको छ । पछिल्ला दिन थुप्रै विभिन्न पार्टीका मानिस एमाओवादीमा प्रवेशले उत्साहित एमाओवादी महांकाल गाविसमा सक्रियता पनि बढाएको छ । एमाओवादी क्षेत्र नं. ४ चुनाव प्रचार समितिका संयोजकको निवास साथै अरु केही महत्वपूर्ण पार्टीका व्यक्तिहरु यहि गाविसमा बसोबास गर्ने भएकाले त्यसको फाइदा लिने अनुमान गर्न सकिन्छ । यद्यपि एमालेको चुनवी परिचाल समितिका संयोजक पनि यहि गाविसका पूर्व गाविस अध्यक्ष रहेकाले एमालेले पनि आफ्नो अवस्था मजबुत रहेको बताइरहेको छ । एमाओवादी यस गाविसबाट २००० देखि २५०० मत लिने सोचमा रहेको छ ।

वडा नं. ७, ३३,१ र चुनिखेलमा कांग्रेसले अग्रता लिन सक्ने

DSC_7613हालै सार्वजनिक भएका केही सर्वेक्षण तथा चुनावी क्रियाशीता देख्दा वडा नं. ७ मा नेपाली कांग्रेसले अग्रता लिन सक्ने बताइन्छ । यस वडाका ६ वटा बुथमा नेपाली कांग्रेसले अग्रता लिन सक्ने देखिन्छ । एमाओवादीको कमजोर सांगठनिक आधार तथा एमालको भर्खरै भत्केको संगठनको फाइदा नेकाले लिनसक्ने देखिन्छ । नेपाली कांग्रेस यो वडामा ३००० मत लिने योजनामा छ । गगन थापाको निवास रहेको कामनपा वडा नं. ३३ मा विगतमा झै नेपाली कांग्रेसको मजबुत अवस्थामा छ । एमाओवादीको अवस्था निकै नै कमजोर रहेको यो वडामा एमाले दोस्रो हुने देखिन्छ । यो वडामा गगन थापाले ३५०० मत पाउने अनुमान गरिएको छ । कुनै जमाना राप्रपाको गढ मानिने वडा नं. १ मा गगन थापालाई सबभन्दा बढि मत आउने करिब पक्का रहेको छ । थोरै मतदाता रहेको यो वडामा समानुपातिकमा भने नेपाली कांग्रेसले कमजोर मत पाउने देखिन्छ । गाविसहरुमध्ये नेपाली कांग्रेसले सबैभन्दा कम मत रहेको चुनिखेल गाविसमा अग्रता लिन सक्नेछ । वैद्य माओवादीको प्रभाव रहेको मानिएको यस गाविसमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति न्हुच्छेनारायण श्रेष्ठ बसोबास गर्छन् । यस गाविसमा पनि एमालेले नै नेपाली कांग्रेसलाई टक्कर दिने देखिन्छ ।

कपन, चपली र वडा नं. ८ मा एमालेले अग्रता लिन सक्ने

603255_415210691914454_614883641_nसबैभन्दा बढि मतदाता रहेको कपन गाविसमा एमालेले अग्रता लिन सक्छ । राम्रो सांगठनिक स्वरुप तथा पूर्व गाविस अध्यक्ष मिठाराम अधिकारीको व्यक्तिगत प्रभावलाई एमालेले भजाउन सक्ने देखिन्छ । यस गाविसमा एमालेले ४००० देखि ४५०० मत लिन सक्ने देखिन्छ । सर्वेक्षण तथा वर्तमान अवस्था हेर्दा नेपाली कांग्रेसले कपन गाविसमा एमालेलाई पछ्याउने देखिन्छ । त्यसैगरी चपली गाविसमा पनि एमालेले अग्रता लिने सक्ने अनुमान गरिएको छ । स्थानीय स्तरमा सांगठनिक स्वरुपदेखि नै चपली गाविसमा एमाले मजबुत रहेको एमालेको दावी छ । थोरै जनसंख्या रहेको यो गाविसमा एमालेले १५०० देखि १८०० मत लिन सक्ने बताइएको छ । यस गाविसमा पनि एमालेलाई नेपाली कांग्रेसले पछ्याउनेछ । यस क्षेत्रका एमाले उम्मेदवार निर्मल कुइँकेलको निवास रहेको महानगरपालिकाको वडा नं. ८ मा एमालेले अग्रता लिने बताइन्छ । उम्मेदवारको वडा हुनुको फाइदा एमालेले लिन खोजेको देखिन्छ । यस वडामा त्रिपक्षीय प्रतिष्पर्धा रहे पनि एमाले र कांग्रेसको बीच नै चुनावी प्रतिष्पर्धा हुने देखिन्छ ।

तपाइँको प्रतिक्रिया ।