भोलि सिफल चौरमा पासाङको चुनावी सभालाई प्रचण्डले सम्बोधन गर्ने

कपन अनलाइनकार्तिक २८ गते
एमाओवादीका उच्च व्यक्तिमध्ये एक मानिने नन्द किशोर पुन पासाङको चुनावी सभालाई केन्द्रिय अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने भएका छन् । प्रचण्डद्वारा विशेष सम्बोधन हुने चुनावी सभा भोलि कार्तिक महिनाको अन्तिम दिन वडा नं. ८ को सिफलको चौरमा हुन लागेको हो । क्षेत्र नं. ४ को चुनावी जोडघटाउ गर वा मर को अवस्थामा पुगेको बेला पासाङको चुनावी कार्यक्रमलाई सघाउन प्रचण्ड आउन लागेको हुन् । पासाङको चुनावी सभालाई सम्बोधन गर्न अर्का नेता बाबुराम भट्टराईसमेत आउन सक्ने जनाइएको छ ।

DSC_0090सिफलको चौरमा दिनको २.०० बजे आयोजना हुने कार्यक्रमको व्यवस्थापकीय तयारी भैरहेको एमाओवादी क्षेत्र नं. ४ चुनाव परिचालन समिति सचिवालय सचिव मुरारी भण्डारीले कपन अनलाइनलाई बताए । चारवटा गाविस र चारवटा नगरका वडाहरुबाट झाँकीसहितको र्याली आउने तयारी भैरहेको पनि उनले बताए । काठमाडौं जिल्लाका हेभिवेट उम्मेदवार मानिने पसाङको क्षेत्र नं. ४ को सबै ठाउँमा प्रथम चरणको घरदैलोको कार्यक्रम सकिएको जानकारी दिँदै सचिव मुरारी भण्डारीले सबै ठाउँमा एमाओवादीको जनलहर उर्लेको जनाए ।

तपाइँको प्रतिक्रिया ।