घरदैलो हो कि विजय जुलुस पत्तो लगाउन गारो
कपन अनलाइन०७० कार्तिक १६
अघिल्लो दिन नै माइकिङ गरिएको थियो घरदैलोको बारेमा । सबै कार्यकर्तालाई एसएमएस गरेर उपस्थित हुन भनिएको थियो । यो घरदैलो यादगार बनाउन लागि केही व्यक्ति मरिहत्ते गरेर लागि परेका थिए । गगन थापाले पनि घरदैलो राम्रो हुनु पर्ने निर्देशन दिएका थिए । कपनबाट ५००० मत लिनुु पर्ने मान्यताका साथ हिँडेको कपन कांग्रेसको चुुुनाव परिचालन समिति तथा इकाई कमिटि पनि बुथ तथा ब्लकका आफ्ना साथीहरुसँग अघिल्लो दिन बिहानैदेखि भेटघाटमा व्यस्त थिए । कार्यक्रम थियो शनिवार १६ गते कपनको वडा नं. १ मा गगन थापाको घरदैलो ।
अघिल्लो दिनको तयारीको करामत बिहान ६.३० बाटै देखियो । कार्यकर्ताहरु बिहानै चिया खाने गरी पुष्पलाल स्कूल अघि जम्मा हुन थाले । ७ बज्दा नबज्दै घटराज भट्टराई चोकमा गाडीहरु जाम हुने अवस्था आइसकेको थियो । अघिल्लो दिन नेका क्षेत्रीय कार्यालयबाट ल्याइएको ५०० झण्डा बाँडिसकिएको थियो । तर उम्मेदवार गगन थापा भने कपनकै पैयूटारमा ७ जनालाई एमाओवादी र एमालेबाट नेपाली कांग्रेसमा प्रवेश गराउँदै थिए । पैयुँटारबाट घटराज भट्टराई सालिक चोकमा गगन थापा पुग्दा करिब १००० कपनवासी उनलाई कुरिरहेका थिए । उपस्थिति देखेर गगन थापा आफै पनि अचम्मित रहे । ५ मिनेट उपस्थित समर्थकहरुको भीडलाई सम्बोधन गरे उनले । घरदैलोको अन्तिमसम्म साथ दिन आग्रह गरे थापाले ।
थापाले भनेजस्तै समर्थकको भीडले छाडेन उनलाई । चोक चोकमा गगन थापालाई स्वागत गर्न घडाहरुको व्यवस्था समर्थकहरुले गरेका थिए । ९ ठाउँमा राखिएका घडायुक्त द्वारबाट हिँडेका गगनलाई समर्थकहरुको घरघरबाट माला, खादा तथा अबिर गगन थापालाई लगाउँदा धेरै सडकमा हिँड्ने तथा रमिता मान्नेहरुले बिजय जुलुशको संज्ञा दिइएको देखियो । घरदैलोमा हिँड्ने समर्थकहरु पनि बिजय जुलुशजस्तै भयो कि भन्ने आभाष गर्दै थिए । मादल, झ्यालीसहितको सांगीतिक माहौलमा तिहार लागेको नेपाली समाजले द्यौसीभैलो पनि घरदैलोमा आभाष गर्न पाए । आउँदो २३ गते कपनमा हुने चुनावी सभाको पूर्व तयारीस्वरुप पनि यो घरदैलोलाई लिइएको थियो । कपन १ मा रहेको सबै समर्थक बिदाको दिन भएको बाहिर आउन् भन्ने सोचका साथ तयारी गरिएको जानकारी दिए बुथ कमिटिका संयोजक सुन्दर चालिसेले ।
वडा नं. १ को करिब ७५ प्रतिशत भाग घरदैलो सकिँदा दिनको १२.०० बजिसकेको थियो । तर समर्थकको भीड जस्ताको तस्तै खाना पानी बिना । बाटामा एमालेका सूर्यचिन्हधारी जुलुससँग भेट पनि भयो । निर्मल कुइँकेलसँग हात मिलाएर अगाडि बढे गगन थापा । साँझसम्म कपन १ मै व्यस्त रहे गगन थापा ।