कपनमा उर्लियो एमालेलहर

कपन अनलाइन०७० कार्तिक १७

नेकपा एमाले कपनले हिजो शनिवार कपनमा उम्मेदवार सहितको घरदैलो सम्पन्न गरेको छ । कपन ह्याण्डबल मैदानबाट दिउँसो १२ बजे निस्किएको करीब १५०० को जुलुस कपनको मित्रनगर, उसुक्वान, पैंयाटार, जगडोल, कृष्णमन्दिर हुँदै पुनः ह्याण्डबल मैदानमा आएर समापन हुँदा साँझको करीब ७ बजिसकेको थियो ।

जुलुसको उत्साह हेर्दा क्षेत्र ४ मा एमाले विजयी हुनेमा कुनै शङ्का नभएको एमालेका उम्मेदवार निर्मल कुइकेलले बताए । कार्यक्रम को अन्त्य तिर पनि जुलुस घटेर हैन बढेर आएको देख्दा जुलुसको भव्यता सहजै अनुमान गर्न सकिन्थ्यो । । घरदैलोमा सहभागी मतदाताबीच एमाले उम्मेदवारले अन्तरक्रिया पनि गरे । यही रुपको घरदैलो कपनका बाँकी वडामा फेरी गरिने एमाले कपनका निर्वाचन परिचालन संयोजक मीठाराम अधिकारीले बताए ।
DSC08898

[heading]जम्काभेट भयो एमाले – काँग्रेसको[/heading]

ह्याण्डबलबाट शुरु भएको एमालेको विशाल र्यालीको काँग्रेसको र्यालीसंग मित्रनगर सकिने सिमानामा जम्काभेट भएको थियो । निर्मल कुइँकेल र गगन थापाले हात मिलाएर आत्मियता साँटे । एमालेको र्याली मास्तिर उक्लियो, कांग्रेसहरु तल्तिर झरे ।
DSC08856-001

[heading]मीठारामको चुनावी कौशलता[/heading]
एमाले कपनका लागि मीठाराम अधिकारी सर्वस्वीकार्य नेताका रुपमा चिनिन्छन् । एमालेका काठमाडौंका जिल्ला सदस्यसमेत रहेका अधिकारीको लामो चुनावी परिचालनको अनुभव यसपालि पनि देखियो । कपनको भूगोल र स्थानीयसंग परिचित अधिकारीले जगडोलमा खाजाको व्यवस्था गरी कार्यकर्ताको ख्याल राख्ने नेताको परिचय फेरी दिन भ्याए । र्याली शुरु हुँदाका बखत सहभागी कार्यकर्ता चाडपर्वको दिनको साँझको समयसम्म सक्रिय बनाइरहनु उनको संगठक व्यक्तित्वको नमूना हो ।
कपन वोडा नम्बर ७ मा  भोट माग्दै निर्मल कुइकेल  साथमा  मिठाराम अधिकारी

[heading]मतदाताको गुनासो परिचय पत्र(भिडियोमा)[/heading]
मतदाता परिचयपत्र

कपनमा घरदैलोमा आएका एमाले उम्मेदवार निर्मल कुइकेललाई कपनवासी स्थानीयले मतदाता परिचय पत्र नपाएकोमा गुनासो प्रकट गरे । कुइकेलले परिचय पत्र चाडै आउने आश्वासन दिए ।

तपाइँको प्रतिक्रिया ।